Magnus pharma IRGONOL cream Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu
आज: २०८३ बैशाख १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा पहिलोपटक सामुदायिक बालवालिका आँखा कार्यक्रम सुरुवात : डा. बेन लिम्बू

Nam Raj Bhatta by Nam Raj Bhatta
April 3, 2022
in News, Research & Study
Reading Time: 3 mins read
A A
1
नेपालमा पहिलोपटक सामुदायिक बालवालिका आँखा कार्यक्रम सुरुवात : डा. बेन लिम्बू
620
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

इटहरी, १९ चैत २०७८

नेपालमा पहिलोपटक सामुदायिक बालबालिका आखाँ कार्यक्रम इटहरीमा डा. बेन लिम्बूको नेतृत्वमा शुरुवात भएको छ।

नवजात शिशु र बालबालिकाको नियमित आँखा परिक्षण अत्यन्त आवश्यक कदम भएता पनि यस कार्यलाई हाम्रो समाजमा प्राथमिकता नदिएकाले फलस्वरुप बालबालिकाको आँखाको समस्या ढिला पत्ता लाग्ने जसले गर्दा बालबालिकाहरु सदाको लागि दृष्टिविहिन वा न्युनदृष्टिबाट पिडित हुन परेको डा. लिम्बूले बताउनुभयो।

Frist photo 1

हाल विश्वभर अनुुमानित १४ लाख बालवालिकाहरु विभिन्न आँखा रोगहरुका कारणबाट अन्धोपनको सिकार बनी रहेका र  कुल बालवालिका अन्धोपन मध्ये ७५५ बालवालिकाहरु एसिया तथा अफ्रिकी मुलबासी भएको पाइऐको छ । नेपालमा गरिएको एक अनुसन्धान अनुसार १० बर्ष सम्मको बालवालिकाहरुमा अन्धोपनको प्रमुख कारण अल्छि आँखा, मोतिबिन्दु र आँखा नानीको दाग देखिन्छ । विश्वभर ५ बर्ष सम्मका बालबालिकाहरुमा अन्धोपनका प्रमुख कारणहरु मोतिबिन्दु, जलबिन्द, रेटिनोपेथि अफ प्रिमेचुरेटी र कुपोषणले आँखामा हुने समस्याहरु पर्दछन् भने दृष्टीदोष र अल्छि आँखा न्यूनदृष्टीको मुख्य कारक हुन ।

यी वाहेक बालवालिकाहरुमा देखा पर्ने रेटिनोब्लास्टोमा र रयाब्डोमायोमा जस्ता आँखा क्यान्सरहरु समयमै पहिचान नहुँदा अन्धोपन साथै ज्यानै गुमाउने उच्च जोखिम रहन्छ । बालबालिकाहरुलाई समुदाय स्तरमा नियमित आँखा स्क्रिनिङ परिक्षण गर्न सके, बालवालिकाहरुमा आउन सक्ने विभिन्न आँखा समस्या समयमै पत्ता लगाई प्रभावकारी उपचार गर्न सकिने र सम्भावित बालवालिका अन्धोपनबाट रोक्न सकिने डा. लिम्बू बताउँछन्।

Frist photo

उनले भने, मुख्य कुरा त बालवालिकाहरुले जन्मे अवस्थामा आँखा नदेख्ने तर जन्मपश्चात भने क्रमशः दृष्टीको विकास हुदै ६ देखि ७ बर्षको उमेर भित्रै दृष्टीको पुर्ण विकास भइसक्ने गर्दछ । तसर्थ जन्म देखि ७ बर्षसम्मको समय बालवालिकाहरुको दृष्टी बिकास निर्धारणको हिसावले एकदमै महत्वपूर्ण समय मानिन्छ । यस अवधिमा आँखामा कुनै समस्या आइपरे दृष्टी विकासमा अवरोध हुन गई बालवालिकाहरुमा सदाको लागि दृष्टीमा कमी वा दृष्टीविहीन हुन सक्दछ ।

अविभावकहरुमा बालबालिकालाई आँखा समस्या हुन सक्छ भने कुरामा जनचेतनाको कमी, समस्या भएमा ठम्याउन मुस्किल र बालबालिकाको आफ्नो आँखामा भएको समस्या व्यक्त गर्न नसक्ने कारणहरुले गर्दा आँखा समस्या पहिचानमा ढिलो हुने हुनाले बालबालिकाहरु प्रभावकारी उपचार लाग्ने समय सिमा बिते पछि जिवनभर दृष्टिविहिन वा न्युनदृष्टि हुन बाध्य भएकाे डा. लिम्बूले बताए।  यति मात्र नभई नवजात शिशु र बालबालिकाहरुमा आउन सक्ने आँखा क्यान्सर (Retinoblastoma ) रोग समयमा पत्ता नलागे बच्चाहरुको ज्यानै समेत जाने उच्च जोखिम हुने गर्दछ ।

 

Middle photo

विश्वका विकासित मुलुकहरुमा बालबालिकाहरुको निर्धारित समयमा नियमित आँखा परिक्षण हुने हुनाले बालबालिकाहरुमा अन्धोपना र न्यूनदृष्टीका सम्भावित जोखिम न्यून रहेको तथ्याङकले प्रमाणीत गरेको पाईन्छ तर हालसम्म नेपालमा नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकाहरुको कुनै ठोस आँखा जाँच प्रणाली नभएकोले वर्षेनी धेरै बालबालिकाहरु दिर्घ आँखा रोग साथै अन्धोपना र न्यूनदृष्टीबाट ग्रसित हुन वाध्य रहेका छन् ।

Dhamala 3

ईटहरी ग्लोबल आई हस्पिटल इटहरी उपमहानगरपालिका वडा नं ६, धरान रोड अवस्थित आँखा अस्पताल २०७६ सालबाट सञ्चालनमा छ । सुरुवाति अवस्थाबाटै यस अस्पतालले आँखामा गुनस्तरीय स्वास्थ्य शिक्षा, जनचेतना मुलक कार्यक्रम, निदात्मक, उपचारात्मक र पुनःसपना साथै निःशुल्क आँखा शिविर कार्यमा उल्लेखिनीय योगदान प्रदान गर्दै आएको हस्पिटलले जनाएको छ। हाल इटहरी उपमहानगरपालिकामा बर्षेनी ३ हजार ५ सय देखि ४ हजार नवजात शिशुहरु राष्ट्रिय खोप कार्यक्रमबाट नियमित खोप लिने गर्दछन् ।

Last photo

डा. लिम्बूका अनुसार इटहरी ग्लोबल आई हस्पिटलले राष्ट्रिय खोप कार्यक्रमबाट खोप लिने सम्पूर्ण बालबालिकाहरुलार्ई अनिवार्य आँखा जाँच गराउने उदेश्य अनुसार खोप प्रदायक स्वस्थ्यकर्मीहरुलाई लक्षित गरि “सामुदायिक बालबालिका आँखा कार्यक्रम पाठ्यक्रम विकाश कार्यशाला” अवधारणालाई अगाडि बडाएका छौ । नवजात शिशु देखि ५ वर्षसम्मका बालवालिकाहरुलाई नियमित खोप लगाउदा खोप प्रदायक स्वस्थ्यकर्मीहरुबाटै आँखा परिक्षण गराउन पाठ्यक्रम आवश्यक परेको हुनाले यस अघिनै सामुदायिक बालवालिका आँखा कार्यक्रम राष्ट्रिय पाठयक्रम विकास कार्यशाला आयोजना गरिसकेका छौ ।

Dhamala 2

यस कार्यक्रममा आँखा बिषेशज्ञ र बालवालिका आँखा बिषेशज्ञ गरी ३५ जना, अप्टोमेट्रिष्ट १२ जना, १ जना अर्थोप्टिस्ट, नेत्र सहायक १५ जना, ३ जना स्वास्थ्य शिक्षा विज्ञ, इटहरी उपमहानगरपालिका स्वास्थ्य संयोजक श्री घनश्याम सिग्देल साथै इटहरी अस्पताल ईमरजेन्सी प्रमुख राम कुमार धमला, इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस प्रतिनिधि साथै जनस्वास्थ्य विज्ञ सहित जम्मा ७४ जनाको राष्ट्रिय टोली गठन गरि पाठ्यक्रम निर्माण सम्पन्न भइसकेको र सोही पाठ्यक्रम अनुरुप नेपालकै लागि पहिलो पटक इटहरी उपमहानगरपालिकाका सम्पूर्ण स्वास्थ्य खोप केन्दहरु्रका ४७ जना स्वास्थ्यकर्मीहरुलाई बालबालिका आँखा परिक्षण तालिम प्रदान गरिनुको साथै “सामुदायिक बालबालिका आँखा कार्यक्रमको औपचारीक उद्घाटन इटहरीको होटल चिन्तन चौतरीमा शनिबारका दिन इटहरी उपमहानगरपालिकाका मेयर  द्धारीकालाल चौधरीबाट उद्घाटन गरिएको इटहरी अस्पताल ईमरजेन्सी प्रमुख राम कुमार धमलाले जानकारी दिनुभयो।

Panas batti कार्यक्रम ईटहरि उपमहानगरपालिका, ईटहरि अस्पताल र ग्लाेवल आँखा अस्पतालकाे संयुक्त साझेदारीमा सचालन हुनेछ र कार्यक्रमलाई ईटहरी उपमहानगरपालिकाकाे चालू आर्थिक वर्ष २०७८/०७९ काे रेड वुकमा पनि समावेश गरिएको छ।

उद्घाटन क्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मि गौतम, इटहरी नागरिक समाजका अध्यक्ष श्री राजु केसी, नेपाल अप्थाल्मिक सोसाइटी पुर्वाञ्चल शाखा प्रमूख डा. पुरुसोत्तम जोशी र एरिया वेल्फेयर अफिसर पूर्ण लिम्बुले कार्यक्रमको बारेमा शुभकामना मन्तव्य राख्नु भएको थियो । तालिम सकिए लगतै यस बालबालिका आँखा परिक्षण इटहरी उपमहानगरपालिकाका सम्पूर्ण खोप केन्द्रहरुबाट प्रभाव गरिने, र चेकजाँचको क्रममा आँखा खराब हुनसक्ने संकेत भएमा थप जाँचपड्ताल र उपचार ईटहरी ग्लोबल आइ हस्पिटलले १ बर्षसम्म निःशुल्क गर्नेछ ।

Dhamala 1

साथै ईटहरी ग्लोबल आइ हस्पिटलले यस कार्यक्रमको नियमित निगरानी, पर्यवेक्षण र आवश्यक समय समयको जनशक्ति तालिमको समेत थप १ बर्षसम्म व्यस्थापन गर्नेछ । एक बर्ष पश्चात यस कार्यक्रम इटहरी उपमहानगरपालिकाको मातहतमा बालबालिकाको खोपसँगै आँखा जाँच पनि अनिवार्य कार्यको रुपमा स्थापित भइ जन्मजात या जन्मेपछि आउनसक्ने आँखा रोगलाई समयमै पता लगाइ बालबालिकालाई न्युनदृश्टि वा अन्धोपन हुनबाट बचाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. लिम्बूले बताए।

Tags: Corona Virus #Covid19Dr. Ben LimbuDwarikalal ChaudharyEye HealthItahari eye global hospitalRam Kumar dhamala
SummarizeShare268ScanTweet147

Related articles

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

by Nam Raj Bhatta
April 27, 2026
0

नेपालका औषधि प्रतिनिधिहरुको गौरबशाली संगठन, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९ औँ केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको अधिवेशनबाट निरज पन्त अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका...

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको...

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

by Nam Raj Bhatta
April 26, 2026
0

 ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी...

यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने

नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने

by Nam Raj Bhatta
April 26, 2026
0

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अबदेखी शनिबार पनि अस्पतालको ओपीडी सहित प्रयोगशालाद लगायतका सेवा दिने भएको छ। थापाथलिस्थित नर्भिक हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हो। यसअघि शनिबार...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    690 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    677 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै
  • नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने
  • नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.