नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अबदेखी शनिबार पनि अस्पतालको ओपीडी सहित प्रयोगशालाद लगायतका सेवा दिने भएको छ।
थापाथलिस्थित नर्भिक हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हो। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो।
अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो।
सिइओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श, प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला हुनेछ्न।
यी सेवाहरु वैशाख महिनाका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले बताए।








