नेपाल औषधि व्यवसायी संघ बर्दियामा कृष्ण पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
सातौ वार्षिकोत्सब तथा तेस्रो जिल्ला अधिवेशनले कृष्ण प्रसाद पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दीपक ढुंगाना, उपाध्यक्ष थोक मंगलराम थारु, उपाध्यक्ष खुद्रा देबेन्द्रराज काफ्ले चयन भएका छन् ।
यस्तै महासचिवमा मधु बुढाथोकी, कोषाध्यक्षमा सावित्री चौधरी, सचिवमा शंकर न्यौपाने र उप कोषाध्यक्षमा टिकाराम चौधरी चयन भएका छन् ।
यस्तैगरी सदस्यहरूमा शोभान चन्द ठकुरी, खडक बिश्वकर्मा, बलराम भट्टराई र युगलकिशोर शाह रहेका छन् । कार्यसमितिको तीन वर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले संघलाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिवद्वता जनाए । पौडेलले संगठन विस्तार, सदस्यबीच समन्वय अभिवृद्धि, नियमित कार्यक्रम सञ्चालन, क्षमता विकास तथा पारदर्शी प्रशासनिक प्रणाली अपनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे ।
यस्तै संघका अध्यक्ष सुरेश कुमार रेग्मीको अध्यक्षता तथा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको प्रमुख आतिथ्यता भएको सातौ वार्षिकोत्सब तथा तेस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, बाँकेका अध्यक्ष अजयदेव अवस्थी, दाङका अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए








