आज मिति : २०८२ जेष्ठ १६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

अफ्रिकामा आखाँको ज्योति प्रदान गर्दै नेपाली चिकित्सक डा. बेन लिम्बू

डा. लिम्बुले विगत १९ बर्ष देखि नेपालका बिभन्न दुर्गम क्षेत्रहरुमा आँँखा उपचार सेवा प्रदान गर्दै आउनु भएको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 15, 2022
in News
A A
0
Dr. Ben limbu main photo
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ३ फागुन २०७८

विश्व कोरोना माहामारीबाट गुज्रिरहेको अवस्थामा नेपालका वरिस्ठ आँँखा सर्जन डा. बेन लिम्बु नेत्तृव टोली हाल पश्चिमी अफ्रिकाको शेरा लियोनमा निशुल्क आँँखा शिविर मार्फत सयौ दृष्टीविहिनहरुका आँँखा सल्यक्रिया गर्न क्रममा सक्रिय हुनुहुन्छ ।

डा. लिम्बु पश्चिमी अफ्रिकाको शेरा लियोनका राष्ट्रिय आँँखा उपचार कार्यक्रमको निमन्त्रणामा २३ माघ २०७८ का दिन फ्रि टाउन पुग्नु भएको थियो ।

शेरा लियोनको कुल जनसंख्या ८२ लाख रहेको र ५० बर्ष माथिका प्रति १०० नागरीक मध्ये ६ जना अन्धोपनको शिकार हुने गरेको स्थानिय तत्थाङकहरुले प्रमाणित गरेको पाइन्छ । हाल सम्म यस देशमा जम्मा ६ जना आँँखा बिषेशज्ञ रहेको देखिएता पनि प्रायले सर्जरी नगर्ने हुदा धेरै बिरामीहरु आँँखा उपचारबाट बञ्चित भएको पाईन्छ ।

Eye camp 1
Eye health camp 1

विश्वका अन्य मुलूकमा झै अन्धोपनको प्रमुख कारक मोतिबिन्दु रहेको भएता पनि यहाँ शिविरमा आएका अधिकांश बिरामीहरु मोतिबिन्दुको अत्यन्त अन्तिम चरण र जटिल अवस्था लिएर शिविर आईरहेको जानकारी डा. लिम्बुले दिनुभएको छ ।

शेरा लियोनको राजधानी फ्रि टाउनबाट दक्षिण पूर्वमा अवस्थित बो शहरको सरकारी अस्पतालमा हाल ४ दिने नि शुल्क आँँखा शिविर सञ्चालन भइरहेकोमा पहिलो २ दिनमा १८० जनाको सफल मोतिबिन्दुको सर्जरी भइसकेका छ भने सयौ दृष्टीविहिनहरु नयाँ दृष्टी पाउने पर्खाइमा छन् । धेरै बिरामीहरु दुवै आँखा नदेखी लाठीको वा परिवारजनको सहारामा शिविर स्थान वरपर हिडडुल गरिरहेको साथै ती मध्ये धेरै बिरामी युवा उमेर समुहको हुनु दुखद कुरा रहेको वहाँ बताउनु हुन्छ । यस शिविरमा भाग लिन देशको विभिन्न प्रदेश, दुर दराजमा बसोबास ग्रामिण भेगका स्थानिय र केहि संख्यामा सगै रहेको देशहरु लाईबेरीया र गिनिइबाट समेत आँखा बिरामीहरु शिविर सञ्चालन भइरहेको जानकारी आएको पाईन्छ ।

Eye camp 2

शिविर सञ्चालनले अन्धोपनको स्थायी समाधान नदिने भऐकोले निशुल्क आँँखा शिविर सगैं स्थानिय चिकित्सकहरुलाई सर्जरीको तालिम र सीप हस्तान्तरण गराईने उनको भनाइ छ । निशुल्क आँँखा शिविर सकिए लगतै शेरा लियोनको राजधानी फ्रि टाउनको सरकारी आँँखा अस्पतालमा ३ दिने निशुल्क अकुलोप्लास्टिक सर्जरी गरिने जस अन्तर्गत आशु धेरै बग्ने, आँँखा छाला वरिपरीको समस्या, सानो ठूलो आँँखा, आँँखा क्यानसर लगाएतका समस्याको सर्जरी जानकारी प्राप्त भएको छ ।

डा. लिम्बुले विगत १९ बर्ष देखि नेपालका बिभन्न दुर्गम क्षेत्रहरुमा आँँखा उपचार सेवा प्रदान गर्दै आउनु भएको र अन्तराष्ट्रिय जगतमा पनि पहिले देखि सेवा र योगदान प्रदान गर्दै आइरहेको पाइन्छ । उहाँले यस अघि नै पपुवा न्युगिनी, इन्डोनेशिया र इथियोपियामा समेत आँँखा उपचार तालिम तथा शिविर सञ्चालन गरी सकेको जानकारी दिनु भएको छ ।

Dr. Ben limbu
Dr. Ben limbu

शिविरको आयोजना र्र्सिजकल आइ एक्पिडिसन, लोमा लिण्डा युनिर्भिसटी र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहयोगमा शेरा लियोनको स्वास्थ्य मन्त्रालय स्थानिय सहयोग र संम्योनयनमा भरहेको हो । डा. बेन लिम्बुको नेतृत्वमा अमेरीकाका डा. जैफ इङ, डा. जोयल स्यान्डी, डा. एन्ड्रु, डा. क्रिस्टिना र नेपालबाट सर्जरी एसिस्टेण्ट रीना लिम्बु सम्मेलित टोलीले आँँखा उपचार प्रदान गरिरहेको जानकारी डा. लिम्बुले बताए।

Tags: AfricaCorona Virus #Covid19Dr. Ben LimbuEye health Camp
Nisarga hospital Dhangadhi
Previous Post

सुदुरपश्चिम प्रदेशमै पहिलो पटक निसर्ग अस्पतालमा अब कलेजो सम्बन्धि सेवा शुरु

Next Post

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

20 minutes ago
776
Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

22 hours ago
790
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

23 hours ago
789
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने
News

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

2 days ago
886
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ

2 days ago
804
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

3 days ago
844
Next Post
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,045)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...