Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्यमन्त्री बस्नेत

Nam Raj Bhatta by Nam Raj Bhatta
July 20, 2023
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्यमन्त्री बस्नेत
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहूँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसकेको बताएका छन् ।

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई बेलायतबाट भिडियो सन्देश मार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिसत परिवारमा मोवाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहूँच पुर्याउन दत्त चित्त भएर लाग्नु पर्ने बेला आएको बताए । ५५ प्रतिसत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहूँच पुगेको तथ्यांक प्रस्तुत गर्दै सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहूँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने मन्त्री बस्नेतले बताए । सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृदि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृदिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिए ।received 583541473721321

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनु पर्नेमा जोड दिदै एकद्वार प्रणाली पूर्ण रुपमा लागु भइनसेकाले मन्त्रालयका महासाखा पिच्छे फरक फरक तथ्यांक आउने समस्या रहेको बताए । सल्लाहकार खड्काले सूचना प्रविधिको प्रयोगले जनतालाई दुख दिने काम भन्दा कसरी सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सल्लाह दिए । स्वास्थ्य सेवामा सूचना प्रविधिको पहूँच बढाउन स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार नीति, नियम र निर्देशिका बनाइसकेको जानकारी दिदै खड्काले ती नीति नियमलाई परिमार्जन गरि कार्यन्वयनमा लौजानु पर्ने आवश्यकतामा जोड दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहूँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतिको सामना गर्न सकिने दावी गर्दै स्वास्थ्य मन्त्रालयले यसका विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महासाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर बर्षै भरि डिजिटल स्वास्थ्य दिवस मनाउनु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, सूचना तथा प्रविधि मन्त्रालयका अधिकारी, प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र क्षेत्रिय स्वास्थ्य निर्देशनालयका अधिकारीको सहभागिता रहेको छ । कार्यक्रममा विभिन्न विज्ञहरुले सूचना प्रविधि र स्वास्थ्य सेवाका बिषयमा प्रस्तुतिकरण गर्ने छन् । कार्यक्रमको अन्तमा डिजिटल हेल्थ घोषणापत्र जारी गरिने छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.bikash devkotaNational Digital Health Day
SummarizeShare235ScanTweet147

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.