काठमाडौं, १४ जेठ २०७८
नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबार चिकित्सक, नर्स तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण प्रति नेपाल डेन्टल एसोसिएसनले घोर भत्सना गरेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्वन्धित अपराधीहरुलाई हदैसम्मको अपराध मुद्धा चलाई कडा कारवाही गर्न सरकारसंग माग गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ।
कोभिड -१९ बाट संक्रमित भई गम्भीर अवस्थामा पुगेको बिरामीको मृत्यु लाई कारण भनाई अस्पताल हाताभित्र आइसियुमा नै प्रवेश गरी बिरामीको उपचार सेवामा दिन रात नभनी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि गरिएको आक्रमण प्रति ध्यानाकर्षण भएको एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो।
कोभिड -१९ महामारीको कारण सिर्जित विषय परिस्थितिमा ज्यानको प्रवाह नगरी जोखिम मोल्दै रातदिन आफ्नो कार्यक्षेत्रमा खटिरहेका स्वास्थ्यकर्मी प्रति मानवीय व्यवहार समेत नगरी दुव्यवहार गर्ने , हातपात गर्ने , ज्यान नै लिन खोज्ने र अस्पताल जस्तो पवित्र मन्दिरलाई तोडफोड गर्ने जस्ता निन्दनिय कार्यको घोर भत्सना गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याइ कडा कारबाही हुनुपर्ने एसोसिएसनका केन्द्रीय सदस्य डा. हरि प्रसाद ओलीले जानकारी दिनुभयो।