Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

किटजन्य रोग बढ्ने क्रममा : किट नियन्त्रण सुपरभाइजरको दरबन्दी शुन्य

Nam Raj Bhatta by Nam Raj Bhatta
September 16, 2022
in News
Reading Time: 1 min read
A A
0
किटजन्य रोग बढ्ने क्रममा : किट नियन्त्रण सुपरभाइजरको दरबन्दी शुन्य
627
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३१ भाद्र २०७९

साउन दोश्रो साता देखि देश ब्यापक रुपमा देखा पर्न थालेको र हाल सम्म १३ जनाको ज्यान लिई सकेको डेंगी रोग संक्रमित एडिज लामखुट्टेको टोकाईको कारणले एक मानिस बाट अर्को मानिसमा सर्ने गर्दछ। यस रोगको प्रभाव यस बर्ष ७५ जिल्लामा देखा परेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक बिदेशी नागरिक नेपाल भ्रमण गर्न आएको बेला देखा परेको डेंगी रोग हरेक बर्ष यसको प्रकोप बढ्दो क्रममा रहेको छ । सन् २००५ मा भने यो रोग देखा परेन तर त्यसपछि हरेक बर्ष अर्थात सन् २००६ देखि नेपालमा डेंगी संक्रमण हुदै आएको छ ।

Mosquito

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको तथ्यांक अनुसार हरेक दुइ देखि तिन बर्षको बिचमा यस रोगले महामारीको रुप लिदै आएको छ । पहिलो पटक सन् २०१० मा चितवन र आसपासका क्षेत्रहरुमा यस रोगको महामारी भएको थियो । त्यसपछि बिभिन्न स्थानमा यस रोगको महामारी फैलिदै आएको छ र सन् २०१९ मा सनसरी चितवन, कास्की लगायतका जिल्लाहरुमा महामारी फैलिदा हाल सम्मकै उच्च संख्यामा अर्थात १७९९२ जनामा डेंगी रोग देखा परेको थियो र त्यस बेलामा ६ जनाको दुखद निधन भएको थियो ।

सन् २०२२ मा सेप्टेम्बर १५ तारिख सम्मको तथ्यांक अनुसार १३ हजार भन्दा बढी मानिस संक्रमित भै सकेको र १३ जनाको ज्यान गइसकेको छ । जानकारहरुका अनुसार अझै दुई हप्तासम्म यस रोगको संक्रमण तिब्र रुपमा फैलिन सक्ने सम्भावना रहेको छ ।

नेपालमा डेंगी, चिकन गुनिया, स्क्रबटाईफस जस्ता किटजन्य रोगको संक्रमण दर बर्षेनी बढ्दो क्रममा रहेको छ । त्यसैगरि औलो, कालाजार र हात्तीपाईले रोग निवारण गर्ने भनि काम हुँदै गरेको छ । यिनी रोग हरुको निर्धारित लक्ष्य हासिल गर्न र किट जन्य रोगको प्रभावकारी नियन्त्रणको लागि किट सम्बन्धि काम गर्ने कर्मचारीको पनि अति नै आवश्यकता पर्ने गर्दछ ।

Mosquito

नेपालमा संघियता लागु हुनु भन्दा पहिला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत बिभिन्न निकायमा भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्ट हरुको दरबन्दी कायम थियो र किट नियन्त्रणका लागि कर्मचारीहरु काम गर्दै आएका थिए । हाल भने उक्त दरबन्दी नै नरहने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी संरचना बनाएको कुरा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा कार्यरत भेक्टर कन्ट्रोल अधिकृत हेम राज जोशीले बताए । एका तिर किटजन्य रोगको समस्या तिब्र रुपमा बढ्दै गएको छ भने अर्को तिर काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको छ ।

इन्टोमोलोजिस्ट र भेक्टर कन्ट्रोल सुपरभाइजर हरुले रोग सार्ने लामखुट्टे लगायतका बिभिन्न किटहरुको अध्ययन गर्ने, यिनीहरुको आनी बानि पत्ता लगाउने र कुन किटले रोग सारेको छ र उक्त किटलाइ कुन तरिकाले सजिलै संग नियन्त्रण गर्न सकिन्छ भन्ने कुराहरु खोजि गर्ने काम गर्दथे । हाल यस्ता कर्मचारी हरुको अभावले रोग सार्ने किट सम्बन्धि थप अध्ययन अनुसन्धान गर्न नसकिएको र भबिस्यमा पनि सरकारले यस किसिमको कर्मचारीको दरबन्दी कायम नगर्ने हो भने थप समस्या आउन सक्ने देखिन्छ। यस बिषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dengue preventionEDCDHem Raj joshiMosquitoes
SummarizeShare274ScanTweet147

Related articles

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

by Nam Raj Bhatta
July 1, 2026
0

सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्र अछाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ जनाको सफल शल्यक्रिया गरेको छ। अस्पतालले एकै दिनमा हाडजोर्नीसम्बन्धी विभिन्न जटिल प्रकृतिका...

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

by Nam Raj Bhatta
July 1, 2026
0

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ G (Lions Clubs International District 325 G) अन्तर्गत चिकित्सकहरूको विशेष र विशिष्ट क्लब "लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्स" को अध्यक्षमा बालरोग विशेषज्ञ...

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

by Nam Raj Bhatta
June 30, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट...

Bharatpur hospital

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल

by Nam Raj Bhatta
June 28, 2026
0

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    821 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने
  • वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.