दार्चुलापारि धार्चुलामा अलपत्र परेका नेपालीलाई प्रवेशमा रोक

नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ ।

कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको  लकडाउनपछि भारतका विभिन्न स्थानबाट घर फर्किन लागेका पाँच सय ६३ जना नेपाल–भारत सीमा धार्चुलामा तीन दिनदेखि अलपत्र छन् । लामो समयदेखि सीमा नाका नखोलिएपछि दार्चुलाका दुई र बैतडीका एक गरी तीन जना नेपालीहरु सोमबार दिउँसो महाकालीमा हामफालेर पौडी खेल्दै नेपाल आएका थिए । अर्धनग्न उनीहरुलाई नेपाल प्रवेश गर्नासाथ प्रहरीले पक्रेको छ।


Next Post