Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालका रोग विशेषज्ञहरु के भन्छ्न?

Nam Raj Bhatta by Nam Raj Bhatta
May 27, 2025
in News
Reading Time: 1 min read
A A
0
Corona virus

Corona virus

586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १३ जेठ २०८२

भारतमा कोभिड-१९ (कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड-१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगाल राज्यमा समेत फेला परेका छन्।

कोरोना संक्रमण भएका ७ जना व्यक्तिहरूको ज्यान गएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ र यसका उप-भेरियन्टहरू एलएफ ७ र एनबी १.८ हाल विश्वका विभिन्न देशहरूमा फैलिएको पाइएको छ ।

एसीयाली देशहरू सिंगापुर, हङकङ, चीन, थाइल्यान्ड र भारत जस्ता देशहरूमा नयाँ केसहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । यसरी यसरी अन्य देश र भारत समेत कोरोना संक्रमण बढेको खबरपछि नेपालमा पनि यसबारे चासो बढ्न थालेको छ । केही वर्षअघि जस्तै महामारीको रुप लिएर सताउने त होइन भन्ने चिन्ता आम व्यक्तिमा बढेको पाइन्छ ।

नेपालमा कोरोना संक्रमण फैलिने सम्भावना कस्तो छ ? अहिले देखिएको नयाँ भेरियन्ट कत्तिको संक्रमाक र घातक छ ? यस खालका जिज्ञासा धेरैको मनमा हुन सक्छ ।

नेपालमा के छ सतर्कता

नेपालमा कोभिड-१९ भाइरसबारे धेरै तथ्य आइनसकेको र धेरै डराउनेपर्ने अवस्था नभएको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । ‘अहिले फैलिएको भेरियन्ट कति संक्रामक र कति घातक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ’ डा. पुन भन्छन्, ‘छिमेकी मुलुकहरूको तथ्याकं हेर्दा धेरै संक्रामक र घातक भएको देखिँदैन, त्यसैले डराइहाल्नु पर्ने अवस्था छैन।

कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा सङ्क्रमण देखिने सम्भावना बढी हुने भएकाले सचेत भने भइरहनुपर्ने उनको भनाइ छ । विगतमा कोभिड उतारचढाव भोगिसकेकाले पनि यसबारे चासो चिन्ता धेरै हुनु स्वभाविक रहेको पुन बताउँछन् ।

सब-भेरियन्टहरू देखिएलगत्तै धेरैको मनमा यसको संक्रामकता र जटिलतालाई लिएर चासो, चिन्ता र जिज्ञासा उत्पन्न भएको देखिने डा. पुनले बताए । कहिलेकाहीँ  घातक पनि बन्न सक्छ त्यसैले सतर्क हुन एकदमै जरुरी छ।

कसैलाई यसका लक्षणहरू देखिएमा सामान्य रुघाखोकी हो कि भनेर लापरबाही नगर्न डा. पुनको सुझाव छ ।

सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । कोरोना सङ्क्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकोले सङ्क्रमितको सङ्ख्या बढेको बेला मानिसहरू कोरोनाको आशंका गर्न सक्छन् । तर, यो कोरोनाको सब-भेरियन्ट नै हो कि हैन भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्ने डा. पुन बताउँन्

के छ सरकारको तयारी ?

यो कोरोनाको नयाँ भेरियन्टसँग धेरै डराइहाल्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । छिमेकी देशतिर नयाँ कोरोना संक्रमितहरू भेटिएपछि सरकारले पूर्वतयारी थालिसकेको उनले जानकारी दिए ।

‘छिमेकी मुलुकमा नै यो फैलिएकोले हाम्रो भारतसँग जोडिएका १७ वटा नाकामा रहेका स्वास्थ्यकर्मीहरूलाई सचेत रहन निर्देशन गरिसकेका छौँ’ प्रवक्ता बुढाथोकीले भने, ‘कस्तो अवस्थामा शंका र परीक्षण गर्ने भनेर सम्झाएर परीक्षण किट पनि पठाइसकेका छौँ ।’

डा. बुढाथोकीका अनुसार बाँकी थप नाका र अस्पतालहरूमा बिरामी आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भनेर निर्देशन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि नमुना लिएर जिन सिक्वन्सिङ आग्रह गरिएको छ । साथै टेकु अस्पताललाई पनि तयारी रहन निर्देशन दिइएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

नेपालमा यो देखिएको छैन । छिमेकी मुलुकमा पनि केही मात्रामा मात्र देखिएकोले खासै नडराउन उनको आम व्यक्तिहरूलाई सुझाव छ ।

कोरोनाको नयाँ भेरियन्टको परीक्षण भइनसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुवेदी बताउँछन् । ‘नयाँ भेरियन्टको परीक्षण भएको छैन, तर आवश्यक परेको खण्डमा हामी परीक्षण गर्न सक्छौँ’ सुवेदीले भने । नियमित कोरोना परीक्षण भने भइरहेको र परीक्षणमा कोरोना सङ्क्रमितहरू बढेको नदेखिएको सुवेदीले जानकारी दिए ।

अन्य देशमा संक्रमण बढेको थाहा पाएपछि शंकास्पद लक्षण देखिएपछि परीक्षण गर्न आउने व्यक्तिहरूको सङ्ख्या भने पछिल्लो समय केही मात्रामा बढेको सुवेदीले बताए ।

सतर्कता जरुरी

कोभिड–१९ का प्रजातिले आफ्नो स्वरूप बदलिरहने हुँदा सधैँ ढुक्क हुन नसकिने डा. पुन बताउँछन् । त्यसैले सतर्कता अपनाएर स्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी रहेको उनको भनाइ छ । पहिले देखि भन्दै आएका साबुन पानीले पटक–पटक हात धुने । धेरै भीडभाडमा नजाने, मास्क लगाउने । साथै खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने परीक्षण गर्न जाने लगायतको कुरामा सचेत हुनुपर्ने डा. पुनको सुझाव छ।

Tags: Corona Virus #Covid19India
SummarizeShare234ScanTweet147

Related articles

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.