बिश्वमा कोरोना संक्रमितको संख्या ३४ लाख ८४ हजार नाघ्यो भने निको भई घर फर्किनेको संख्या ११ लाख २२ हजार पुग्यो #Covid19

काठमाडौं २१, बैशाख

हेल्थ न्यूज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख ८४ हजार नाघेको छ।२४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो ।

कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । त्यहाँ यो भाइरसबाट अहिलेसम्म ११ लाख २१ हजार ५ सय ३४  व्यक्ति संन्क्रमित भइसकेका छन् । जसमध्ये ६७  हजार ७ सयको मृत्यु हुँदा १ लाख ६१ हजार ५ सय बिरामी भने उपचारपछि घर फर्किएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिँदा १ हजार ८९७ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि बढी कोरोना प्रभावित स्पेनमा संक्रमितको संख्या २ लाख ४३ हजार नाघेको छ । जसमध्ये २५  हजार ८ सयको मृत्यु हुँदा १ लाख ४२ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार पुगेको छ । त्यहाँ २८ हजार २ सय व्यक्तिको मृत्यु हुँदा ७८ हजार संक्रमित निको भएका छन् । बेलायतमा संक्रमितको संख्या १ लाख ७७ हजार नाघेको छ । जसमध्ये साढे २८  हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

फ्रान्समा १ लाख ६७ हजार, जर्मनीमा १ लाख ६४ हजार, टर्कीमा १ लाख २२ हजार, रसियामा साढे १ लाख १४ हजार, इरानमा साढे ९५ हजार, चीनमा करिब ८२ हजार ८ सय, ब्राजिलमा ९२ हजार, क्यानाडामा ५५ हजार, बेल्जियममा ४९ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् ।

दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा संक्रमितको संख्या ३७ हजार २ सय पुग्दा १ हजार २ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २ हजार ३९४ संक्रमित थपिँदा ६९ जनाको मृत्यु भएको छ । दक्षिण एसियाको अर्को बढी प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १८ हजार नाघेको छ । जसमध्ये ४ सय १७ जनाले ज्यान गुमाएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ६१९ जना नयाँ संक्रमित थपिँदा ५६ जनाको र्मतयु भएको छ ।

शनिबार बिहानसम्म बंगलादेशमा ८ हजार २ सय, अफगानिस्तान २ हजार ३ सय, श्रीलंकामा ६ सय ९०, माल्दिभ्स ४ सय ९१, नेपालमा ५९ र भुटान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा देखिएको कोरोना विश्वका २१० देशमा फैलिसकेको छ ।

आइतबार  बिहानसम्म कुल संक्रमितको संख्या ३४ लाख ८४ हजार १  सय ७६ जना नाघेको छ । जसमध्ये ११ लाख २१ हजार व्यक्ति निको हुँदा २ लाख ४४ हजार संक्रमितले भने ज्यान गुमाएका छन् ।

Next Post

Discussion about this post