कोरोना संकास्पद २ ब्यक्तिको वीर अस्पतालमा मृत्यु

काठमाडौं चैत,  १७

कोरोना भाइरसको आशंकामा बीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत २ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस आशंकामा आइतवार भर्ना भएका एकजना र आज बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

अस्पतालका अनुसार अधिक ज्वरो आएपछि काठमाडौंकी ती युवतीलाई भर्ना गरेर राखिएको थियो । उच्च स्रोतका अनुसार चन्द्रागिरी नगरपालिका–१५ तिनथानाकी ३८ बर्षीया युवतीको निधन भएको हो।

ज्वरो आएपछि एकसाता अघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । अस्पतालले वीरमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन ।वीरमा उपचारको क्रममा निधन भएपनि उनको कोरोना पुष्टि भने भइनसकेको अस्पतालले जनाएको छ ।

आज सोमबार  बिहान भर्ना गरिएका अर्का एकजना ५० वर्षीय पुरुषको पनि ज्यान गएको छ। बेहोस अवस्थामा अस्पतालमा ल्याइएका उनी भारतबाट नेपाल आएको खुलेको छ। उनमा पनि ज्वरो अत्यधिक आएको थियो।

दुवै बिरामीमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि थ्रोट स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको अस्पतालले जनाएको छ।

आजै कोरोना आशंका गरीएका पाटन अस्पतालको आइसीयूमा उपचाररत एक व्यक्तिको पनि मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको आज मृत्यु भएको हो । उनमा पनि उच्च ज्वरो आएको थियो ।


Next Post
ADVERTISEMENT