Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ वटा भेण्टिलेटर हस्तान्तरण

HNN Staff by HNN Staff
August 11, 2020
in News
Reading Time: 1 min read
A A
0
चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ वटा भेण्टिलेटर हस्तान्तरण
609
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नमराज भट्ट

काठमाडौं, २७ साउन 

चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेण्टिलेटरहरुको अभाव भैरहेको छ । चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ ।

भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पुर्याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भन्नुभयो, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पुर्याएको यो सहयोग अतुलनीय छ ।’

2 scaled 1 1

फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गर्नुभयो । ‘यो सहयोगले कोभिड–१९ का बिरामीहरुको उपचारमा मद्दत पुर्याउने आशा लिएका छौं,’ चौधरीले भन्नुभयो । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ ।

पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन–९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो । प्रदेश–१ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा यी सामग्री वितरण गरिएको थियो । साथै, प्रदेश २ को जानकी मेडिकल अस्पताल, प्रादेशिक केन्द्र अस्पताल र स्वाब परिक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगन्ज), कौडेना स्वास्थ्य केन्द्र र मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पतालमा पीपीई वितरण गरिएको थियो ।

फाउण्डेसनले प्रदेश ३ का कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र (भक्तपुर), चितवन अस्पताल, हैटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर मेमोरियल अस्पताल (काभ्रे), तथा प्रदेश ४ को नवलपरासीको मध्यबिन्दू अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वत-बागलुङ-गोरखा जिल्ला अस्पताल लगायतलाई पीपीई हस्तान्तरण गरेको थियो । प्रदेश ५ का भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही), आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सशस्त्र प्रहरी अस्पताल (कोहलपुर) लगायत स्वास्थ्य केन्द्रमा पीपीई वितरण गरिएको थियो ।

दोस्रो चरणमा चौधरी फाउण्डेसनले कोभिड–१९ को परिक्षण किट सहयोग गरेको थियो । फाउण्डेसनले १००० थान ‘पीसीआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

त्यस्तै तेश्रो चरणमा फाउण्डेसनले अति संवेदनशील कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको थियो । सुदुरपश्चिम प्रदेशका सेती अस्पताल (कैलाली), डडेलधुरा – दार्चुला  – बैैतडी जिल्ला अस्पताल, महाकाली नगरपालिका लगायत कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम) अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गराएको थियो । प्रदेश २ मा जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा लगायत जिल्लाका अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रमा यी सामग्री हस्तारण गरेको थियो ।

तेश्रो चरणसम्म फाउण्डेसनले १९९ अस्पताल एवं स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

चौथो चरणमा फाउण्डेसनले उल्लेखित चार ओटा प्रदेशलाई दुई–दुई ओटा भेण्टिलेटर हस्तान्तरण गरेको हो ।

Tags: #Health and population ministryChaudhary foundationCorona Virus #Covid19
SummarizeShare257ScanTweet147

Related articles

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

by Nam Raj Bhatta
October 14, 2026
0

नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्‍याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

by Nam Raj Bhatta
October 13, 2026
0

आत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरिएको छ।...

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

by Nam Raj Bhatta
October 13, 2026
0

विश्व बाथरोग दिवस २०२६ को अवसरमा र्‍युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्‍याली सम्पन्न भएको छ। ‘Achieve Your Dreams – आफ्ना सपनाहरू...

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

by Nam Raj Bhatta
October 13, 2026
0

पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। स्ट्यानफोर्ड–एल्सेभियर सूची...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित
  • आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.