काठमाडौं, २८ असोज २०८०
बरिष्ठ मस्तिष्क तथा मेरुदण्ड शल्य चिकित्सक डा. राजिब शाहले हजारौको ब्रेन ट्यूमर, स्पाइन सर्जरी तथा अन्य नसा सम्बन्धि शल्यक्रिया गरेर पछिल्लो पुस्ताका डाक्टर मध्ये लोकप्रिय बन्दै गएका छन।
पहिलो पुस्ताका न्युरो सर्जन डा. उपेन्द्र देवकोटा र पुरानो पिडीका न्युरो सर्जन डा. बसन्त पन्त, डा. गोपाल रमण शर्मा, डा. राजिब झा, डा. पवन भण्डारी र डा. प्रविण श्रेष्ठ लगायत चिकित्सकहरुले हजारौको ब्रेन स्पाइन तथा नसा रोग सम्बन्धि शल्यक्रिया गरेको ज्वलन्त उदाहरण बनिसकेको छ।
भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा. राजिब शाह पनि पछिल्लो पुस्ताका लोकप्रियता बन्ने मध्येका एक हुन् । डा. शाहले बिगत ४ वर्षको दौरानमा हजारौको सफल शल्यक्रिया गरी सबैको मन जितेका छन्।
सिराहाको गोलबजारमा जन्मिएका डा. शाहले चाइना बाट एमबिबिएस पास गरी साउथ एसियाकै प्रतिष्ठित मानिने बंगबन्दु शेख मुजिब मेडिकल युनिभर्सिटीबाट डिग्री हासिल गरी निरन्तर बिरामीको सेवा गरिरहेका छन्।
हसिलो मुहार र मिजासिला स्वभाव भएका डा. शाहले गरेका बिरामीको चेकजाँच राम्रो भएपछि पनि उनलाई उपहार लिएर भेटघाट गर्नेको पनि कम्ती छैन।
डा. शाहले भक्तपुर क्यान्सर अस्पतालमा न्युरोसर्जरी बिभाग स्थापना गरी हप्तामा चार दिन ओपिडी सेवा र दुई दिन शल्यक्रिया गर्ने गरेको बताए। हाल बिभागमा डा. शाह लगायत ३ जना चिकित्सक र ७ जना नर्सहरु रहेका छन्।
डा. शाहले भने, बीर अस्पताल र टिचिङ अस्पतालमा बेड नपाएर सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा आउने गर्छन्। जसबाट बिरामीको लागि उपचारको लागि मुख्य केन्द्रबिन्दु अस्पताल जस्तै बनेको छ भक्तपुर क्यान्सर अस्पताल। जहाँ शल्यक्रिया, ब्रेन सर्जरी, केमोथेरापी र रेडिएसन थेरापी भएकोले बिरामीलाई उपचार गर्न सहज भएको छ। जसले गर्दा बिरामीले बिबिध अस्पतालमा भौतारिएर उपचार गर्न बाट मुक्त भएका छन्।
नशा तथा मेरुदण्डका विरामीको समयमै उपचार गर्न सके रोगबाट मुक्त हुन र नर्मल जीबन बिताउन सहज हुने डा. शाहले बताउछ्न। नेपालमा विशेष गरी ब्रेन ट्यूमर र स्पाइन ट्युमर सम्बन्धि चिकित्सक थोरै मध्ये पनि हुन डा. शाह।
उनले क्जटिल सर्जरी जस्तै स्पाइन ट्युमर, ब्रेन ट्यूमर, ट्रमा सर्जरी , टाउकोमा रगत जमेको, स्टोक र नशा च्यापिएको तथा अन्य नशा सम्बन्धि शल्यक्रिया सम्बन्धिको १५ बर्षे अनुभव रहेको बताए।
डा. शाह भक्तपुर क्यान्सर अस्पताल बाहेक उनले बिगतमा अन्नपूर्ण न्युरो अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि सेवा दिइसकेका छ्न।