Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत

HNN Staff by HNN Staff
January 3, 2021
in News
Reading Time: 2 mins read
A A
4
Doctors operate brain tumor while the patient sings song
626
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नमराज भट्ट काठमाडौं, ०९ पौष २०७७ (यो समाचार हाम्रो पडकास्टमा पनि सुन्न सकिन्छ)

सुनसरी रामदेवी नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षिय दीपिका डाँगीलाई २ महिना अगाडि दाहीने शरीर बाङ्गो भएर बेहोस भईन । उपचारको लागि नजिकै विराटनगर जानुभयो। विराटनगर नोबेल अस्पतालमा पुगेपछि उहाँलाई डाक्टरले MRI गर्न लगाउनुभयो। । MRI को रिपोर्ट आएपछि ब्रेन ट्युमर शल्यक्रिया गर्नुपर्ने रहेछ ।

त्यहाँ सम्भव नभएपछी वीर अस्पतालमा‌ उपचारको लागि आउने निर्णय गरेकी थिइन्न । वीर अस्पतालमा एक हप्ता अगाडि शल्यक्रिया गर्नको लागि भर्ना भइन । एक हप्तापछि शल्यक्रिया गर्ने सहमति भयो। शल्यक्रिया गर्नु भन्दा अगाडी डाक्टरहरूको सुझावमा होसमै शल्यक्रिया हुन्छ भन्ने परामर्श भयो। अधिकांश शल्यक्रिया गर्नको लागि धेरैजसो बेहोस पारेर गरिन्छ तर उहाँको होसमै शल्यक्रिया गर्ने निर्णय भएको थियो।

यतिमात्र होइन शल्यक्रिया गर्दागर्दै बिरामीले गीत पनि गाएकी छिन्। जुन गीत थियो फूलको आँखामा फुलै संसार । यो गीत गाएर आफूखुसी भएको डांगी बताउँछिन्। डाँगी भन्नुहुन्छ यस्तो पनि मेरो शल्यक्रिया होसमै हुन्छ भनेर सोचेकी थिइन डाक्टरहरूको सल्लाहमा शल्यक्रिया गर्नु भन्दा अगाडि मसँग धेरै कुरा राख्नुभएको थियो।Brain tumor patient who sang during operation

अन्तमा त्यही भएको रहेछ, एनेस्थेसिया डाक्टरहरूको सल्लाह र सुझावमा भएको थियो। जुन शल्यक्रिया चार घण्टाको हुन्छ भनेर बिरामीसँग परामर्श र जानकारी पहिले नै गराउनुभएको थियो । तपाईंलाई होसमै राखेर शल्यक्रिया गर्छु भन्दा म धेरै डराएकी थिए डाँगी भन्छिन् ‌ । नडराउनु होला, पहिला पनि यस्तो शल्यक्रिया भइसकेको छ तपाईं जवान हुनुहुन्छ भन्ने सम्झाउनु भयो ।

“त्यसपछि मेरो हिम्मत आयो र मनमा पनि डर कम भयो त्यसपछि यस्तो होसमै शल्यक्रिया गर्न पाउँदा म धेरै खुसी छु। यो शल्यक्रिया गर्दा मलाई सबै थाहा छ शुरुमा मेरो टाउकोमा १२ ओटा सुइ लगाउनु भयो। त्यो बेलामा पुरै होसमा‌ थिए । सूई हान्दा टाउको माथिको भाग लट्टिएको थियो। त्यसपछि डाक्टरहरूले गित गाउँन लगाउनुभयो , मैले शल्यक्रिया गर्नु भन्दा अगाडि नै भनेकी थिएँ थिए आनी छोइङ डोल्मा कै गित गाउँछु भनेर । अन्तमा मेरो आमाबुबा दाजुभाइ डाक्टरहरुको सहयोगमा मैंले सफल शल्यक्रिया गर्न पाउँदा म खुसीका साथ आज डिस्चार्ज पछि घर फर्किदै छु।”

शल्यक्रिया गर्ने डाक्टरहरुमा प्रा.डा.राजीब झा , डा.प्रदीप कोइराला, डा.अनुज जंग कार्की ‌लगायत रेजिडेन्ट डाक्टरहरु थिए।

प्रा.डा.राजीब झा, बरिष्ठ न्यूरोसर्जन सँगको कुराकानी

१) सुन्दा मानिसहरू लाई अचम्म लाग्न सक्छ ! बिरामीको होसमै शल्यक्रिया गर्नु कसरी आँट आयो ?

Awake Craniotomy लाई नेपालीमा बिरामीलाई होसमै राखेर शल्यक्रिया गर्नु भन्ने बुझिन्छ। धेरै जसो ब्रेन ट्युमरको अप्रेसन गर्नु भन्दा पहिले पूर्ण रुपमा बिरामी लाई बेहोस पारेर अप्रेशन गरिन्छ । तर बिरामीलाई होसमै राखेर शल्यक्रिया गर्न धेरै चुनैतीहरु हुन्छन्। अप्रेशन सम्बन्धिका डाक्टरहरले बिरामी लाई होसमै राखेर बिभिन्न कार्यहरू गर्न लगाउँछौ। बिरामीलाई बोल्न लगाउँछौ।

बिरामीसँगको सल्लाह र परामर्श अनुसार कसैलाई हात त कसैलाई खुट्टा चलाउन पनि लगाउँछौ। बिरामीको आँखाको भिजन कस्तो छ त्यस अनुसार हामीले बिरामी सँग कुरा गर्दै अप्रेशन गर्छौं। यसको फाइदा के हुन्छ भने यदि प्यारालाइसिस जस्तो देख्यो भने त्यो अरु प्रविधिबाट सहज देखिदैन। लक्षण भएर बिरामी लाई होसमै राखेर अप्रेशन गर्छौं।

२) बेहोस गरेर र बेहोस नगरेर शल्यक्रिया गर्दा के फरक पर्छ ?

धेरै फरक पर्छ , किनभने मान्छेलाई मान्छेलाई बेहोसमा अप्रेशन गर्दा खेरी बोल्दैन चल्दैन तर हामी फिक्स अवस्थामा राखेर १२ देखि १६ घण्टा अप्रेशन गर्न सक्छौं। तर होसमै भएको बिरामी लाई चाहिँ अप्रेशन गर्न त्यति सहज छैन। यसमा विभिन्न चुनौती र संघर्ष हुन्छन् । कहिलेकाहीँ बिरामी लाई खोकी, हाच्छियुँ आउछ भने दिमाग बाहिर निस्कने सम्भावना हुन्छ। किनभने अप्रेशन गर्दा खेरी टाउकोबाट सानो हड्डी निकालेर गर्नुपर्ने हुन्छ। बिरामीले कराउँदा, खोक्दा रिस्क हुन्छ तर जति रिक्स भएपनि डाक्टरको हातमा‌ हुन्छ ।

३) यस्तो शल्यक्रिया नेपालमा‌ पहिलो पटक भएको हो ?

यो होसमै राखेर गरिने शल्यक्रिया पहिलो पटक होइन, यस्तो शल्यक्रिया हुन थालेको धेरै वर्ष भइसक्यो । सामाजिक सञ्जाल र प्रचार प्रसारको कमीको कारणले धेरै मानिसहरू लाई थाहा नपाएको मात्रै हो। नेपालको वीर अस्पताल लगायत अन्य बाहिरी अस्पतालमा पनि यो अप्रेशन गरिएको छ। जुन हामीले करिव १५ देखि १६ सम्म अप्रेशन गरेका छौँ।

४ ) बिरामीले गीत गाउँदै शल्यक्रिया गर्न डाक्टरलाई डिष्टब हुँदैन?

बिरामीले यदि शान्तिपूर्ण तरिकाले गीत गाउँछन् केही पनि डिष्टब हुँदैन हामीले हेर्न खोजेको वास्तवमा त्यँही हो । हामी शल्यक्रिया गर्ने डाक्टर लाई रमाईलो हुन्छ । कहिलेकाहीँ अपवादको रुपमा गाह्रो भएपनि त्यसको सामाधान गर्न‌पनि सकिन्छ।

५) ब्रेन ट्युमर को शल्यक्रिया गर्न कतिको सहज छ ?

ब्रेन ट्युमरको शल्यक्रिया गर्न हरेक क्षेत्रमा उत्तिकै चुनौती हुन्छन् । ब्रेन ट्युमरको पनि वैज्ञानिक कुरा गर्ने हो भने जोखिम मानिन्छ किनभने यस्तो किसिमको शल्यक्रिया गर्दागर्दै ब्रेनको सानो समस्या आउँदा खेरी पनि प्यारालाइसिस हुने देखि लिएर ज्यान जान सक्ने सम्म हुन्छ। त्यसैले गर्दा अरु सर्जरीको तुलनामा ब्रेन ट्युमरको सर्जरी गर्न सहज छैन।

६) कोभिडको समयमा ५ देखि ६ घण्टा लगाएर शल्यक्रिया गर्दा जोखिमपूर्ण हुँदैन?

अवश्य पनि जोखिम हुन्छ । आफ्नो प्रोफेसनल गर्दा पनि Frist priority बनेको बिरामीले गर्दा हामीले हरेक स्थितिमा काम गर्नुपर्छ। कोभिडको समयमा पनि अधिकतम रुपमा हाम्रा दायित्व पूरा गरेर काम गरिरहेका छौं। वास्तवमा यस्तो कोभिडको समयमा काम गर्दा विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। डाक्टर र बिरामीको तर्फबाट कोभिड नसरोस भनेर सुरक्षा का नियमहरू पालना गरेका हुन्छौं।

Tags: Bir HospitalProf Dr Rajiv Jha
SummarizeShare275ScanTweet146

Related articles

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.