• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत

HNN Staff by HNN Staff
January 3, 2021
in News
A A
0
Doctors operate brain tumor while the patient sings song
Share on FacebookShare on TwitterShare on LinkedIn

नमराज भट्ट काठमाडौं, ०९ पौष २०७७ (यो समाचार हाम्रो पडकास्टमा पनि सुन्न सकिन्छ)

सुनसरी रामदेवी नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षिय दीपिका डाँगीलाई २ महिना अगाडि दाहीने शरीर बाङ्गो भएर बेहोस भईन । उपचारको लागि नजिकै विराटनगर जानुभयो। विराटनगर नोबेल अस्पतालमा पुगेपछि उहाँलाई डाक्टरले MRI गर्न लगाउनुभयो। । MRI को रिपोर्ट आएपछि ब्रेन ट्युमर शल्यक्रिया गर्नुपर्ने रहेछ ।

त्यहाँ सम्भव नभएपछी वीर अस्पतालमा‌ उपचारको लागि आउने निर्णय गरेकी थिइन्न । वीर अस्पतालमा एक हप्ता अगाडि शल्यक्रिया गर्नको लागि भर्ना भइन । एक हप्तापछि शल्यक्रिया गर्ने सहमति भयो। शल्यक्रिया गर्नु भन्दा अगाडी डाक्टरहरूको सुझावमा होसमै शल्यक्रिया हुन्छ भन्ने परामर्श भयो। अधिकांश शल्यक्रिया गर्नको लागि धेरैजसो बेहोस पारेर गरिन्छ तर उहाँको होसमै शल्यक्रिया गर्ने निर्णय भएको थियो।

यतिमात्र होइन शल्यक्रिया गर्दागर्दै बिरामीले गीत पनि गाएकी छिन्। जुन गीत थियो फूलको आँखामा फुलै संसार । यो गीत गाएर आफूखुसी भएको डांगी बताउँछिन्। डाँगी भन्नुहुन्छ यस्तो पनि मेरो शल्यक्रिया होसमै हुन्छ भनेर सोचेकी थिइन डाक्टरहरूको सल्लाहमा शल्यक्रिया गर्नु भन्दा अगाडि मसँग धेरै कुरा राख्नुभएको थियो।Brain tumor patient who sang during operation

अन्तमा त्यही भएको रहेछ, एनेस्थेसिया डाक्टरहरूको सल्लाह र सुझावमा भएको थियो। जुन शल्यक्रिया चार घण्टाको हुन्छ भनेर बिरामीसँग परामर्श र जानकारी पहिले नै गराउनुभएको थियो । तपाईंलाई होसमै राखेर शल्यक्रिया गर्छु भन्दा म धेरै डराएकी थिए डाँगी भन्छिन् ‌ । नडराउनु होला, पहिला पनि यस्तो शल्यक्रिया भइसकेको छ तपाईं जवान हुनुहुन्छ भन्ने सम्झाउनु भयो ।

“त्यसपछि मेरो हिम्मत आयो र मनमा पनि डर कम भयो त्यसपछि यस्तो होसमै शल्यक्रिया गर्न पाउँदा म धेरै खुसी छु। यो शल्यक्रिया गर्दा मलाई सबै थाहा छ शुरुमा मेरो टाउकोमा १२ ओटा सुइ लगाउनु भयो। त्यो बेलामा पुरै होसमा‌ थिए । सूई हान्दा टाउको माथिको भाग लट्टिएको थियो। त्यसपछि डाक्टरहरूले गित गाउँन लगाउनुभयो , मैले शल्यक्रिया गर्नु भन्दा अगाडि नै भनेकी थिएँ थिए आनी छोइङ डोल्मा कै गित गाउँछु भनेर । अन्तमा मेरो आमाबुबा दाजुभाइ डाक्टरहरुको सहयोगमा मैंले सफल शल्यक्रिया गर्न पाउँदा म खुसीका साथ आज डिस्चार्ज पछि घर फर्किदै छु।”

शल्यक्रिया गर्ने डाक्टरहरुमा प्रा.डा.राजीब झा , डा.प्रदीप कोइराला, डा.अनुज जंग कार्की ‌लगायत रेजिडेन्ट डाक्टरहरु थिए।

प्रा.डा.राजीब झा, बरिष्ठ न्यूरोसर्जन सँगको कुराकानी

१) सुन्दा मानिसहरू लाई अचम्म लाग्न सक्छ ! बिरामीको होसमै शल्यक्रिया गर्नु कसरी आँट आयो ?

Awake Craniotomy लाई नेपालीमा बिरामीलाई होसमै राखेर शल्यक्रिया गर्नु भन्ने बुझिन्छ। धेरै जसो ब्रेन ट्युमरको अप्रेसन गर्नु भन्दा पहिले पूर्ण रुपमा बिरामी लाई बेहोस पारेर अप्रेशन गरिन्छ । तर बिरामीलाई होसमै राखेर शल्यक्रिया गर्न धेरै चुनैतीहरु हुन्छन्। अप्रेशन सम्बन्धिका डाक्टरहरले बिरामी लाई होसमै राखेर बिभिन्न कार्यहरू गर्न लगाउँछौ। बिरामीलाई बोल्न लगाउँछौ।

बिरामीसँगको सल्लाह र परामर्श अनुसार कसैलाई हात त कसैलाई खुट्टा चलाउन पनि लगाउँछौ। बिरामीको आँखाको भिजन कस्तो छ त्यस अनुसार हामीले बिरामी सँग कुरा गर्दै अप्रेशन गर्छौं। यसको फाइदा के हुन्छ भने यदि प्यारालाइसिस जस्तो देख्यो भने त्यो अरु प्रविधिबाट सहज देखिदैन। लक्षण भएर बिरामी लाई होसमै राखेर अप्रेशन गर्छौं।

२) बेहोस गरेर र बेहोस नगरेर शल्यक्रिया गर्दा के फरक पर्छ ?

धेरै फरक पर्छ , किनभने मान्छेलाई मान्छेलाई बेहोसमा अप्रेशन गर्दा खेरी बोल्दैन चल्दैन तर हामी फिक्स अवस्थामा राखेर १२ देखि १६ घण्टा अप्रेशन गर्न सक्छौं। तर होसमै भएको बिरामी लाई चाहिँ अप्रेशन गर्न त्यति सहज छैन। यसमा विभिन्न चुनौती र संघर्ष हुन्छन् । कहिलेकाहीँ बिरामी लाई खोकी, हाच्छियुँ आउछ भने दिमाग बाहिर निस्कने सम्भावना हुन्छ। किनभने अप्रेशन गर्दा खेरी टाउकोबाट सानो हड्डी निकालेर गर्नुपर्ने हुन्छ। बिरामीले कराउँदा, खोक्दा रिस्क हुन्छ तर जति रिक्स भएपनि डाक्टरको हातमा‌ हुन्छ ।

३) यस्तो शल्यक्रिया नेपालमा‌ पहिलो पटक भएको हो ?

यो होसमै राखेर गरिने शल्यक्रिया पहिलो पटक होइन, यस्तो शल्यक्रिया हुन थालेको धेरै वर्ष भइसक्यो । सामाजिक सञ्जाल र प्रचार प्रसारको कमीको कारणले धेरै मानिसहरू लाई थाहा नपाएको मात्रै हो। नेपालको वीर अस्पताल लगायत अन्य बाहिरी अस्पतालमा पनि यो अप्रेशन गरिएको छ। जुन हामीले करिव १५ देखि १६ सम्म अप्रेशन गरेका छौँ।

४ ) बिरामीले गीत गाउँदै शल्यक्रिया गर्न डाक्टरलाई डिष्टब हुँदैन?

बिरामीले यदि शान्तिपूर्ण तरिकाले गीत गाउँछन् केही पनि डिष्टब हुँदैन हामीले हेर्न खोजेको वास्तवमा त्यँही हो । हामी शल्यक्रिया गर्ने डाक्टर लाई रमाईलो हुन्छ । कहिलेकाहीँ अपवादको रुपमा गाह्रो भएपनि त्यसको सामाधान गर्न‌पनि सकिन्छ।

५) ब्रेन ट्युमर को शल्यक्रिया गर्न कतिको सहज छ ?

ब्रेन ट्युमरको शल्यक्रिया गर्न हरेक क्षेत्रमा उत्तिकै चुनौती हुन्छन् । ब्रेन ट्युमरको पनि वैज्ञानिक कुरा गर्ने हो भने जोखिम मानिन्छ किनभने यस्तो किसिमको शल्यक्रिया गर्दागर्दै ब्रेनको सानो समस्या आउँदा खेरी पनि प्यारालाइसिस हुने देखि लिएर ज्यान जान सक्ने सम्म हुन्छ। त्यसैले गर्दा अरु सर्जरीको तुलनामा ब्रेन ट्युमरको सर्जरी गर्न सहज छैन।

६) कोभिडको समयमा ५ देखि ६ घण्टा लगाएर शल्यक्रिया गर्दा जोखिमपूर्ण हुँदैन?

अवश्य पनि जोखिम हुन्छ । आफ्नो प्रोफेसनल गर्दा पनि Frist priority बनेको बिरामीले गर्दा हामीले हरेक स्थितिमा काम गर्नुपर्छ। कोभिडको समयमा पनि अधिकतम रुपमा हाम्रा दायित्व पूरा गरेर काम गरिरहेका छौं। वास्तवमा यस्तो कोभिडको समयमा काम गर्दा विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। डाक्टर र बिरामीको तर्फबाट कोभिड नसरोस भनेर सुरक्षा का नियमहरू पालना गरेका हुन्छौं।

Tags: Bir HospitalProf Dr Rajiv Jha
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth

Next Post

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख #AlkaHospital

Related articles

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
News

सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccine

24 hours ago
1.1k
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid
News

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

1 day ago
526
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
News

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

2 days ago
441
बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal
News

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

3 days ago
624
Covishield-vaccine
News

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

3 days ago
585
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

4 days ago
534
Next Post
रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख #AlkaHospital

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख #AlkaHospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

बिदेशमा ४८ नेपालीको मृत्यु : चितवनका प्रशान्तको दशैंमा घर फर्किने वचन सधैंका लागि बिदा गर्यो #Covid19

बिदेशमा ४८ नेपालीको मृत्यु : चितवनका प्रशान्तको दशैंमा घर फर्किने वचन सधैंका लागि बिदा गर्यो #Covid19

9 months ago
402
कोभिड१९ को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा. रुना झा #Covid19

कोभिड१९ को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा. रुना झा #Covid19

9 months ago
400
Tulasi importance

तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व #Tulasi

2 months ago
402

Don't Miss

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

January 23, 2021
534
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

January 23, 2021
492
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
454
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
547
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
534
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
816
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (877)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In