Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्राकृतिक दाँत प्रत्यारोपण, एक नयाँ तथा महत्वपूर्ण प्रविधि

Nam Raj Bhatta by Nam Raj Bhatta
September 14, 2020
in Articles
Reading Time: 2 mins read
A A
4
प्राकृतिक दाँत प्रत्यारोपण, एक नयाँ तथा महत्वपूर्ण प्रविधि
623
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
Dr Surendra Acharya
✍️ डा.सुरेन्द्र आचार्य

प्राकृतिक दाँत प्रत्यारोपण – परिचय :

आफ्नो पुरा वा आधा उम्रेको बुद्धि बंगारालाई किराले खाएको बचाउन नसकिने दाँतमा प्रत्यारोपण गर्ने नयाँ प्रविधिलाई अटोट्रान्सप्लान्टेसन भनिन्छ।

कृतिम दाँतको वैकल्पिक आयको रुपमा पनि बुझ्न सकिन्छ।

जैबिक तथा क्लिनिकल सिद्धान्त
बुद्धि बंगारा र प्रत्यारोपण गर्नुपर्ने दाँतको ठाउँमा भएको जैबिक तन्तुबाट दाँतको जरा बनि दाँतलाई जिवित र मजबुत बनाउँछ। यदि दातँको जराको टुप्पोमा भएको प्वाल एक‌ मिलिमिटर भन्दा बढी छ भने प्रत्यारोपण सफल दर बढी हुन्छ।

कस्तो अवस्थामा यो प्रविधिको प्रयोग गरिन्छ?

१) आधा या पूरा उम्रेको बुद्धि बंगारा छ भने ,
२) उपचार गरेर पनि बचाउन नसकिने किराले खाएको दाँतमा ,
३) चोट लागेर आफ्नो दाँत गुमाउनु परेमा ,
४) दाँतहरु आफ्नो ठाउँमा सही तरिकाले नउम्रिएको देखिएमा ,
५) ट्यूमर (Tumor) ,
६) जन्मजात अवस्थामै दाँत नमिलेको देखिएमा,

कस्तो अवस्थामा यो प्रविधि गरिँदैन?

१)शरीरमा अनियन्त्रित रोग भएमा जस्तै: मुटु, फोक्सो, मिर्गौला ,कलेजो मधुमेह र अन्य ।
२) रगत पातलो गर्ने औषधि सेवन गरेमा
३) मुख तथा दाँत सफा स्वस्थ नभएमा
४) मुख तथा दाँतमा संक्रमण भएमा
५) जुन ठाउँमा दाँत प्रत्यारोपण गर्ने हो त्यसमा पर्याप्त ठाउँ नभएमा
६) अंग प्रत्यारोपण गरेको विरामीहरुमा
तथापि माथि उल्लेखित विरामीहरुमा पूर्णरूपमा प्रत्यारोपण गर्न नमिल्ने तर सावधानीका साथ उपचारमा परिमार्जन गर्नुपर्छ।

फाइदाहरु

१) निकालेर फ्याँक्नुपर्ने बुद्धि बंगाराको प्रयोग
२) बुद्धि बंगाराबाट हुने असर बचाउन
३) उपचार खर्चमा कमी
४) दाँतको हड्डी खिउनबाट बचाउन
५) आफ्नो दाँत आफैंमा प्रयोग, प्राकृतिक पन
६) बुद्धि बंगारा र नबच्ने किराले खाएको दाँत निकाल्नै हुन सक्ने हुन्छ। त्यसैले यो प्रविधि असफल भएमा पनि कुनै नोक्सान नहुने।

बेफाईदाहरु

१) सफलताको लागि सल्यक्रिया चिकित्सकमा भरपर्ने
२) महंगो उपकरणको आवश्यकता
३) दक्ष मुख तथा म्याक्जिलो फेसियल चिकित्सकको आवश्यकता
४) कहिलेकाहीँ दाँत मरेमा आरसिटी गर्नपर्ने हुन सक्छ।

सफलताको जाँच

१) संक्रमण नभएमा , नहल्लिएमा , दाँत र गिजा एक भए, जरा तथा पल्प बनेको पाइएमा प्रत्यारोपण सफल मानिन्छ।

जटिलताहरु(Complications)

१) दाँत मर्ने सम्भावना ४ प्रतिशत
२) दाँत हल्लिने तथा निकाल्नुपर्ने
३) संक्रमण हुने

IMG ea2f9e6faa01d3d97b02dae1c29b567a V

सफलता

अनुसन्धान अनुसार प्रत्यारोपण गरेको एक वर्षपछि पनि दाँत पूर्ण रुपमा स्वास्थ्य तथा अरु दाँत जस्तै पाइएको छ।
सफलता दर ९६ प्रतिशत , त्यसैले यो प्रविधि सुरक्षित लाभदायिक तथा नँया प्रविधीको रूपमा स्थापित मानिन्छ।

उपचार योजनाहरु

मुख शरीरको प्रवेशद्वारको रुपमा मानिन्छ। त्यसैले मुख स्वस्थ हुनु भनेको पूर्ण स्वस्थ शरिर हुनु हो। तसर्थ मुख सम्बन्धी कुनैपनि शल्यक्रिया गर्नु अघि शरीरको पूर्ण जाँच तथा परीक्षण गरी रोग भए नभएको निश्चित गर्ने। यदि रोग भेटिएमा साबधानका साथ उपचार परिमार्जन गर्ने।
१) मुख तथा दाँतको पूर्ण रुपमा जाँच गर्ने
जस्तै निकाल्नुपर्ने दाँतको आकार , प्रकार लम्बाई चौडाई र वरिपरिका नसा तथा जटिल संरचनाको परीक्षण
२) किराले खाएको दाँतको परीक्षण
३) यदि प्रत्यारोपण गरेको दाँत मरेमा RCT गर्नुपर्ने बारे बिरामीलाई जानकारी दिने
४) यो प्रबिधिको फाइदा बेफाइदा जटिलता तथा शल्यक्रिया बारे पूर्ण जानकारी गरी बिरामी बाट लिखित मन्जुरीनामा दिने
५) मुख तथा दाँतको x-ray गर्ने

शल्यक्रिया विधि

१)शल्यक्रियाको एक घन्टाअघि एन्टिबायोटिक सेवन गर्ने
२) बिटाडिन सोलुसन इरिगेसन गर्ने।
३) दात तथा गिजालाई लठ्याउने इन्जेक्सन लगाउने
४) किराले खाएको दाँत निकाल्ने तथा प्रत्यारोपण गर्नुपर्ने ठाउँ तयार गर्ने
५) बुद्धि बङ्गाराको शल्यक्रिया गरी हातले नछोई तथा ड्यामेज नगरी उपकरणको सहायताले रोप्न तयार गरिएको ठाउँमा प्रत्यारोपण गर्ने।
६) कहिलेकाहीँ दातँको आकार पूर्ण रुपमा नमिल्ने हुँदा लगातार try गर्दै प्रत्यारोपण ठाउँ आवश्यकता अनुरूप ठूलो बनाउँदै जाने र प्रत्यारोपण गर्ने।
७) यदि प्रत्यारोपण समय लम्बिने अनुमान भए बुद्धि बङ्गारालाइ HBSS वा Normal saline मा‌ राख्ने यद्यपि यो समय छोटो पार्न कोसिस गर्ने।
८) प्रत्यारोपण पछि एन्टिबायोटिक सोलुसनले सफा गर्ने
९) टाका लगाउने
१०) दाँत हल्लिएमा‌ तारले बाँध्ने
११) चपाउने सर्फेसमा घटाउने
१२) शल्यक्रिया पश्चात बिरामीलाई केही समय रिकोभरी कक्षमा‌ अवलोकन गर्ने।

IMG a45ef703e259577900f68240db5b4c3e V

प्रत्यारोपण पश्चात पालन गर्नुपर्ने कुराहरु

१)बिरामीलाई एन्टिबायोटिक तथा नदुख्ने औषधि दिने
२) गर्न हुने वा नहुने क्रियाकलापको पूर्ण जानकारी गराउने
३)नरम तथा झोल पदार्थ कम्तिमा १० दिन सम्म खाने
४) मुख कुल्ला तथा ब्रस २४ घण्टा पछि दिनमा कम्तीमा ३-५ पटक गर्ने
५) एक हप्तापछि टाका काट्न आउने।काट्नु पर्ने टाका भएमा।
६) २ हप्ता पछि दाँत मरे नमरेको जाँच गर्ने
७) यदि दात मरेको अवस्थामा दुई हप्तापछि RCT गर्ने
८) दात जीवित भएमा तीन महिना-छ महिना पछि x-ray परीक्षण गर्ने
९) यसरी एक वर्षसम्म नियमित परीक्षण गराउने।

[हाल डा.सुरेन्द्र आचार्य
फ्याकल्टी किस्ट मेडिकल कलेज एंड शिक्षण अस्पताल, ललितपुर नेपाल
सिनियर कन्सल्ट्यान्ट @ओम समाज मुख तथा अनुहार अस्पताल, चाबहिल, काठमाडौंमा कार्यरत हुनुहुन्छ।]

Tags: Apical foremenAutotransplantationElectric pulp testNormal salineOral and maxillofacial surgeonSpliotingSurgical techniquesTumorX-ray
SummarizeShare270ScanTweet147

Related articles

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    697 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.