Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

न्याम्सको सिनेट(सभा)सम्पन्न कर्मचारी वृद्धि बिकास सम्बन्धमा केही निर्णय भएन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 5, 2021
in News
Reading Time: 1 min read
A A
0
Bir hospital

Bir hospital

597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २३ चैत्र २०७७

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल को सर्वच्च निकाय सिनेट (सभा) को २६औं बैठक हिजो चैत्र २२ गते सभा अध्यक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्री एव प्रतिष्ठान सहकुलपतिको अध्यक्षतामा वीर अस्पतालको नवनिर्मीत सर्जिकल भवनमा आइतवार सम्पन्न भएको छ। पुर्ण तयारी गरी पुनः अर्को सिनेट बस्नु पर्ने निर्णय सहित सम्पन्न भएको हो ।

प्रतिष्ठान कार्यकारी परिषदको चैत्र १३ गते शुक्रवार अज्ञात स्थानमा बसेको परिषद बैठकले सिनेट २२गते बस्ने निर्णय गरेको थियो । परिषद बैठक न्याम्स कार्यलयमै बस्ने गरेको भए पनि कर्मचारी युनियन र चिकित्सकहरुले राखेको अस्पताल सुधार,अनियमितता छानबीन र कर्मचारी वृद्धि बिकास समन्धमा माग देखि डराएर न्याम्स पदाधिकारीहरुले कार्यलय बाहिर बैठक बसि सभा बस्ने निर्णय गरेको थियो‌।

कर्मचारीहरुले आफ्नो माग परिषद बैठकबाट पारित गरि सभामा लैजान माग गरेका थिए, सो माग सम्वोधनलाई कर्मचारी युनियनले सभा अध्यक्ष , सहकुलपति एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री , स्वास्थ राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पनि आफ्नो मागहरु सभा मार्फत पुरा गरी दिन ज्ञापनपत्र पेश गरेको थियो।

प्रतिष्ठान अघि नबढनुमा र धरासायी हुनुमा रेक्टर डा. सुवोध अधिकारी, डिन डा. पियुष दाहल, पुर्व निर्देशक डा.केदार सेन्चुरी र आफुलाई स्वास्थ्य सचिवको ऐजेन्ट हु भन्ने ट्रमा सेन्टरका नि मे सु डा .सन्तोष पौडैल ,करारका डा. गौरव ढकालका साथै उनिहरुका आसेपासे अरिङ्गाल समुह र बिगत ६ बर्ष देखी मेडिकल माफियाको आर्शीवादले वीर अस्पतालको खरिद एकाईमा बसि ब्यापक अनियमितता गर्दै आइरहेको समुहका भगवती थपलिया, अरुण महत्तो लगायतका कारण वीर अस्पताल धराशायी भएको स्वास्थ्यकर्मी संघको निश्कर्ष थियो । युनियनले विरामीलाई सहज र छिटो छरिटो तथा गुणस्तरिय सेवा दिन आवश्यक पहल गर्नुपर्ने , आइसियु बेड थप गर्नुपर्ने ,समय सापेक्ष ऐन तथा नियमावली संसोधन, अदालतको आदेश कार्यन्वयन गर्दै कर्मचारी वृद्धि बिकास ,ट्रमा सेन्टर वीर अस्पताल मातहत सन्चालन हुनुपर्ने , ट्रमा सेन्टरमा अनियमित कर्मचारी भर्ना, क्यान्टिन टेन्डर दिदा अनियमितता भएकाले छानविन, ऐम्वुलेन्स खरिद, सि-आर्म, ओटी लाइट, बेड,माइस्कोप, हेलोजिन डिएक्स ऐक्सरे खरिद,आर्थोपेडिक शल्यक्रिया सामान खरिदमा समन्धित बिभागको राय सुझाव बिना खरिद गरेकाले सो छानविन ,सेवा आयोग गठन, ओ एन एम सर्वे,उपदान कोष स्थापना,सेवा अवधि गणना, दुवाकोट परियोजना सुरु गर्ने , नयाँ सर्जिकल भवन सन्चालन, बिग्रिएको उपकरण(२ बटा सिटी स्याक्यन, मेमोग्राम, स्पेशल ऐक्सरे, सि -आर्म,इन्डोस्कोपी, गामा क्यामरा, अक्सिजन मेसिन, फाइबर स्याक्यन,१२बटा भेन्टिलेटर, युरोफ्रोले मिटर लगायत) तत्काल मर्मत र सन्चालन, महँगोमा किनिएको इन्टा अप सिटी र टोमोथोपारी सन्चालन ( यि उपकरण मर्मत र सन्चानल नहुनुमा कम कमिसन आउने हुँदा नयाँ किन्न आफुनिकट संग स्फेपिकेसन माग गरि उसैलाई हुने गरी खरिदको भष्ट्राचारी समुहले टेन्डर आव्हानको तयारी पनि गरेको छ। उपकरण खरिदको रू १५ करोड बजेट हाल सम्म खर्च भयको छैन।) तलव भत्ता समयमै दिनु पर्ने ,करार तथा ज्यालादारी कर्मचारी लाई समान सेवा सुविधा दिनु पर्ने निजहरू लाई सेवा आयोग बाट लोकसेवाको नियम अनुसार स्यायी गर्नु पर्ने अस्पताल हुने चुवाहट रोक्नु पर्ने ,वीर र ट्रमा सेन्टरमा भयको अनियमितताको समन्धमा छानविन हुनु पर्ने,सर्तकता केन्द्रको सिफारिश अनुसार भष्ट्राचारीलाई कारवाही हुनुपर्ने ,६ बर्ष देखि १० औँ जनाको खरिद एकाई भएकाले नयाँ सानो र सक्षम खरिद एकाई गठन गर्नुपर्ने तत्काल योग्य र सक्षम निर्देशक नियुक्ति हुनु पर्ने लगायत माग राखेका थिए। उनिहरुले वीर अस्पताल र ट्रमा सेन्टर सुधार र चलाउन सक्ने ब्यक्ति भनेको डा. भुपेन्द्र बहादुर बस्नेत ,डा. दिपेद्र श्रेष्ठ, डा. दिपक दत्ता, र डा. रूद्र मरासनि हुन।
यि मध्येबाट निर्देशक नियुक्ति हुनुपर्ने माग थियो ।

सभा बैठकमा वीर अस्पतालका लेखा प्रमुख र न्याम्स रजिष्टार ले २०७४/२०७५/२०७६/२०७७ को आय व्याय प्रस्तुत गरेर सो पास गर्ने ऐजेन्डा पेश गरेकामा सभा अध्यक्ष स्वास्थ्य मन्त्रीले हचुवामा र तयारी विना सो प्रस्ताव आएको भन्दै सम्पूर्ण रुपमा र पारदर्सी रुपमा अध्ययन गरी कार्यकारी परिषदबाट पून छलफल गरी अर्को सिनेट बैठकमा पेश गर्नुपर्ने भनी सो प्रस्ताव फिर्ता पठाईदिए र न्याम्स पदाधिकारीको चर्को आलोचना समेत गरे।
त्यसमा वीर र ट्रमामा उपकरण खरिद र मर्मत मा अनियमितता ,कोभिड उपकरण खरिदमामा अनियमितता भएकाले स्वास्थ्यमन्त्रीले सो प्रस्ताव फिर्ता गरिदिएका हुन ।

सभामा मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र चिकित्सा शिक्षा आयोगका डा. श्रीकृष्ण गिरीले न्याम्स पुर्ण रुपमा स्वायत रुपमा सन्चालन हुनु पर्ने धारणा राखेका थिए भने अन्य सदस्य हरूले वीर र ट्रमा निर्देशकको आलोचना गरेका थिए ।
सभामा अध्यक्ष मन्त्रीले देशमा धेरै प्रतिष्ठान र प्रतिष्ठान पिच्छे पदाधिकारी भएको हुँदा अव प्रतिष्ठान छाता ऐन ल्याउन पर्ने धारणा राखे । उनले दुवाकोट परियोजना को डिपिआर सुरु गर्ने प्रतिष्ठान उपकुलपतिलाई मन्त्रालय संग सहकार्य गरी काम अघि बढाउन अक्तियारी पनि दिए भने नयाँ सर्जिकल भवन संगै नयाँ नर्सिङ्ग कलेजको भवन बनाउन आएको बजेट पनि पास गरि सैद्धान्तिक सहमति दिएका छन।

यही बैशाखमा प्रतिष्ठानमा अध्ययन गरी पास भएका विद्यार्थीको दिक्षान्त सभा गर्ने निर्यण गरे । उनले भने, ट्रमा सेन्टरका बिवादित अस्थायी डा. गौरव ढकाललाई सिनेट सदस्यमा नियुक्ति गर्ने पनि निर्णय गरेको छ। उनि ट्रमा सेन्टरमा बिरामी लाई ढाडको अपरेशन गर्दा उपकरण र औषधि किन्न निजिमा पठाएर कमिसन खाने डाक्टरमा पर्छन र सभाले केही शैक्षिक दरवन्दी पनि सिर्जना गरेको छ ।

बिगत दुइ बर्षमा वीर अस्पताल जिल्ला अस्पताल भन्दा पनि तल्लो स्तरमा खस्केको ,अस्पताल तथा प्रतिष्ठान सुधार लाई कर्मचारी युनियनले राखेका २४ बुँदे मा प्रतिष्ठान कार्यकारीमा आवश्यक छलफल गरी माग पुरा गर्ने निर्देशन दिए भने समग्र प्रतिष्ठान सुधारको कार्य योजना बनाई आवश्यक रकम नेपाल सरकार सँग माग निर्दशन दिए ।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19Dr. Bhagwan koieralaDr.santosh paudelHirdàyes tripathiNational Trama center
SummarizeShare245ScanTweet147

Related articles

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

by Nam Raj Bhatta
October 14, 2026
0

नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्‍याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

by Nam Raj Bhatta
October 13, 2026
0

आत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरिएको छ।...

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

by Nam Raj Bhatta
October 13, 2026
0

विश्व बाथरोग दिवस २०२६ को अवसरमा र्‍युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्‍याली सम्पन्न भएको छ। ‘Achieve Your Dreams – आफ्ना सपनाहरू...

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

by Nam Raj Bhatta
October 13, 2026
0

पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। स्ट्यानफोर्ड–एल्सेभियर सूची...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित
  • आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.