आज मिति : २०८२ जेष्ठ ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भेरी अस्पतालमा नर्सिङ संघले स्वास्थ्यकर्मी माथी आक्रमण भएको भन्दै प्रदर्शनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 28, 2021
in News
A A
3
भेरी अस्पतालमा नर्सिङ संघले स्वास्थ्यकर्मी माथी आक्रमण भएको भन्दै प्रदर्शनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके , १४ जेठ २०७८

नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटना प्रति नर्सिङ संघ बाँकेले दोषीलाई कारबाही र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन्।

कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।

उनीहरुको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्र प्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाउनुभएको थियो ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नर्सिङ संघ बाँकेले निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

FB IMG 1622178272938

संघका बाँके अध्यक्ष लक्षमी केसी ओलीले आज विहान विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा भनिएको छ-‘बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको नेपाल नर्सिङ संघ बाँँके भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ। निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्बाहि गर्न र आगामी दिनमा शान्ति पुर्ण बाताबरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन नेपाल सरकार र स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गर्दछौं ।’

भेरी अस्पतालमा बिरामीको सेवामा यो कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत जनस्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूतिका लागि राती अबेर सम्म भएको छलफल टुंगोमा नपुगेको भन्दै बांँके जिल्लाभरका नर्सिङकर्मीहरु, आम स्वास्थ्यकर्मी र चिकित्सकलाई आज विहान ८ बजे भेरी अस्पतालको प्राङ्गणमा भेला भएका थिए ।

कोभिड संक्रमित दाङका डिल्ली रावतको उपचारका क्रममा विहीबारराती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यहीँ आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र एकजना भाइ रहेको खुलेको छ ।

Tags: Bheri hospitalCorona Virus #Covid19Nursing association
Nisarga hospital Dhangadhi
Previous Post

बेलायत सरकारले दियो नेपाललाई २६० भेन्टिलेटर सहित स्वास्थ्य सामग्रीहरु

Next Post

तौल घटाउने ८ टिप्सहरु जानी राखौं

Related articles

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

3 hours ago
816
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

17 hours ago
801
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

17 hours ago
800
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1 day ago
792
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

1 day ago
794
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

1 day ago
1.5k
Next Post
Weight loss measure

तौल घटाउने ८ टिप्सहरु जानी राखौं

Comments 3

  1. Pingback: सरकार अध्यादेश त ल्यायौ तर स्वास्थ्यकर्मीको सुरक्षा खोई ?? • Health News Nepal
  2. Pingback: स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्छ : ट्रेड युनियन कांग्रेस • Health News Nepal
  3. Pingback: अझै सेतो कोट लगाउने सपना देख्ने ??? • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,030)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...