Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बालबालिकामा बढ्दो कोभिड संक्रमण: अवस्था र सावधानी

Nam Raj Bhatta by Nam Raj Bhatta
May 8, 2021
in Articles
Reading Time: 2 mins read
A A
3
Covid in Kids - facts, cautions and treatment by Dr Dharmagat Bhattarai

Covid in Kids - facts, cautions and treatment by Dr Dharmagat Bhattarai

634
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. धर्मागत भट्टराई
बालरोग तथा रोग प्रतिरक्षा विशेषज्ञ (इम्युनोलोजिष्ट)

विश्व महामारी कोभिड-१९ (कोरोना भाइरस डिजिज-१९) अहिले विश्वभर पुन: बदलिएको संरचनासहितको उत्परिवर्तित (म्युटेशन भएको) प्रकारको भाइरसको कारण दोस्रो तेस्रो लहरको रुपमा फैलिएको छ । बदलिएको प्रकारको भाइरस मूलरुपको भाइरसभन्दा बढी संक्रामक अनि बढी लाक्षणिक देखिएको छ ।

संक्रमण दर बढी र त्यसको लाक्षणिक रुप पनि विस्तृत हुँदा यो बिरामी देखिने उमेरको तथ्यांक पनि भिन्न छ । मूलरुपको भाइरस वयस्कमा बढी देखिएको थियो । तर अहिलेको भेरियन्ट (प्रकार) ले बालबालिकामा पनि बढ्दो दरमा संक्रमण गरेको छ । तसर्थ, अब बालबालिकालाई पनि कोविड हुन सक्छ र यो गम्भीर पनि हुन सक्छ भन्ने मनन गरी सावधानी अपनाउन जरुरी छ ।

के–के हुन् त फेरिएका रुपका भेरियन्ट प्रकार ?

चमेरो र सालकबाट अन्तरजातीय प्रसारणमार्फत् भएको भनिएको मूल कोरोना भाइरसमा अहिलेसम्म थुप्रै उत्परिवर्तन रिपोर्ट भैसकेका छन् ।

सुरुमा देखिएको B.१.१.७ नामको युके भेरियन्ट देखिएपछि जानिएका B.१.३५१ (दक्षिण अफ्रिकी), P१, P२ (ब्राजिल), P३ (फिलिपिन्स), B.१.५२६, B.१.५२५ (न्युयोर्क) आदि हुँदै A.२३.१+E४८४K, B.१.१.७+E४८४K (युके) जस्ता दोब्बर उत्परिवर्तित तथा B..१.६१८ जस्ता तीन ठाउँ उत्परिवर्तन भएका प्रकार पनि देखा परिसकेका छन् । यसको प्रमुख चासो भनेको यिनीहरुको बढी दरको संक्रमण, बढी लक्षण, बढी सघनता, र प्राकृतिक प्रतिरोध नाघ्न सक्नु हो ।

अझ बच्चामा त यी चासो सँगसँगै नयाँ प्रकारद्वारा कम हुने तर गम्भीर बनाउन सक्ने कोभिडको इम्युन-प्रतिक्रियात्मक रोग मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएससी (MIS-C) हुने दर पनि बढी देखिएको छ ।

कति बढेको छ त कोभिड बच्चामा ?

पहिलेको मूलरुपको कोरोनाभाइरसले बच्चामा संक्रमण भए पनि लक्षण धेरै नदेखिने, र लक्षण देखिए पनि सामान्य लक्षण देखिने बच्चा बढी थिए ।

अहिले बदलिएको भाइरसको प्रकारसँगै संसारभर बच्चामा संक्रमण, लक्षण र रोगको गम्भीरता बढेको देखिएको छ । हाम्रो देशको तथ्यांकअनुसार दोस्रो लहरअघि कुल ८ प्रतिशतभन्दा कम संक्रमित रहेकामा अहिले हालको महिनामा कुल संक्रमितको १० प्रतिशतभन्दा बढी बच्चा र किशोर छन् । र दिनानुदिन यो डर बढ्दो छ । भयावह रुपमा फैलिएको छिमेकी देश भारतका पनि विभिन्न राज्यमा १५ देखि ३० प्रतिशत बच्चामा संक्रमण देखिएको पाइएको छ भने अमेरिकन अकाडेमी अफ पेडियाट्रिक्स्अनुसार अमेरिकामा मार्च महिनासम्मको बाल-किशोर कोविड संक्रमण १३.६ प्रतिशतबाट अप्रिलमा बढेर २१ प्रतिशतसम्म पुगेको छ ।

किन बढेको हुन सक्छ बालसंक्रमण दर ?

बच्चामा भएको फरक एसीई-२ रेसेप्टरको संख्या र प्रस्तुति, चुस्त प्राकृतिक र नवीनतम इम्युनिटी अनि थुप्रै उस्तै भाइरससँग संक्रमण भैसकेको हुनेजस्ता कारणले पहिले मूल कोरोनासँग बढी संक्रमण नदेखिएको भए पनि परिवर्तित प्रकारको कोरोना अत्यधिक फैलिएको र त्यसको वंशानुगत उत्परिवर्तन भैसकेकोले यसले हाल बालबालिका र किशोरमा पनि बढ्दो आक्रमण गरेको छ । साथै बढ्दो संक्रमण दरसँगै अस्पताल भर्ना गर्नुपर्ने अवस्था र मृत्युदरमा पनि बढाव देखिएको छ ।

उत्परिवर्तित भाइरसको सम्पूर्ण व्यहोरा अध्ययन हुनुअघि नै यसले ठुलू क्षति गर्न सक्ने हुँदा हामीले बालबालिकालाई साविकभन्दा बढी सावधानी अपनाउनु पर्ने देखिन्छ ।

अहिले बदलिएको कोरोना प्रकारले बढी बच्चालाई आघात पुर्याउनसक्नुमा धेरै कुराको भूमिका हुन सक्छ । एक त बच्चालाई उत्परिवर्तित भाइरस भेरियन्ट स्वभावैले बढी टाँसिन सक्ने र बढी कोष असर पार्न सक्ने भएको छ भने अर्कोतिर कोविडले बच्चालाई केही गर्दैन भन्दै अभिभावकहरु बढी ढुक्क भै सावधानीमा कमी ल्याएको प्रष्ट देखिएको थियो ।

अर्कोतिर बयस्कमा संसारभर खोप लगाइएका कारण सुरक्षित भए भने बच्चाहरु पूर्णरुपमा खोप नलगाइएका समूहमा पर्छन् ।

सामाजिक दुरी र बचाउ सामग्री (मास्क, स्यानीटाईजर) बिना स्कुल, बस्तीका भेला, सडक, मन्दिर, पार्कजस्ता उच्च जोखिमका क्षेत्रमा बच्चाहरु बढी सम्मिलित हुँदा पनि यो समूहमा बिमार धेरै फैलन पायो ।

बच्चामा कोविडका के–के लक्षण देखिन्छन् ?

सामान्य अवस्था

सामान्य अवस्थामा ज्वरो आउने, घाँटी दुख्ने, खाना कम खाने, रुघा, खोकी, पेट दुख्ने, वान्ता आउने, पखाला लाग्ने, शरीरमा राता दाग देखिने, खेल्न कम रुचि राख्ने, जिउ दुख्ने हुन सक्छ ।

जटिल (भर्ना गर्नुपर्ने) अवस्था

सामान्य अवस्थाका लक्षणहरु बढ्दै गएमा बच्चा झनझन सुस्त हुँदै जान्छ । विशेषगरी आलस्य हुने, कम संवाद गर्ने, चाँडो चाँडो सास लिने, कोखा हान्ने, शरीरबाट पानी र लवण सकिएर शिथिल हुने, पानी कम पिउने, पिसाब नआउने, आँखा भित्र गढ्ने, छालाको तेज हराएर फुस्रो हुने आदि हुन्छ ।

घरमा थाहा पाउनको लागि चाँडो सास-गति भन्नाले दुई महिनासम्म उमेरको बच्चामा प्रतिमिनेट ६० भन्दा बढी, २ देखि १२ महिना उमेरमा ५० भन्दा बढी, १ देखि ५ वर्षसमूहमा ४० भन्दा बढी अनि ५ वर्षमाथि ३० भन्दा बढी सासको गति भन्ने बुझ्नुपर्छ । स्वास गन्दा पुरा एक मिनेट गन्नुपर्छ । यो अवस्थामा घरमा पल्स-अक्सिमिटरले नाप्दा बच्चामा अक्सिजनको प्रतिशत (SPO2) ९४ प्रतिशतभन्दा कम आउन सक्छ ।

गम्भीर (सघन उपचार जरुरी हुने) अवस्था

यो अवस्था बच्चा अति ग्रसित भैसकेको अवस्था हो । यस अवस्थामा बच्चामा सास फेर्दा सुनिने गरी अप्ठेरोको आवाज आउने, पूरा वाक्य बोल्न गाह्रो हुने, स्वास लिन अति मिहेनत पर्ने, जिब्रो, ओठ, औंलाका टुप्पा निलो हुने, अक्सिजनको प्रतिशत (SPO2) ९० प्रतिशतभन्दा कम हुने, बच्चामा जलबिनियोजन (डिहाईड्रेशन) हुने, अति सुस्त या बेहोस हुने, छारेरोगझैं काँप्ने हुन सक्छ । यस अवस्थामा डाक्टरको पूर्ण निगरानीमा सघन उपचार कक्षमा उपचार गर्नुपर्ने हुन्छ ।

एमआईएससी (MISC) भएको अवस्था

एमआईएससी (MISC) कोविडको इम्युन प्रतिक्रियात्मक रोग हो । यसको विशेषता के हो भने यो सक्रिय कोविड भएका तथा लक्षणहीन या लक्षणसहितको कोविड भै सन्चो भैसकेका बच्चा र किशोरमा देखिन सक्छ ।

तसर्थ कुनै बच्चा कोभिडबाट सन्चो भैसकेर पनि केही हप्ताभित्र पुन: लगातार ज्वरो आउने भएमा एमआईएससी पनि एक सम्भावना सोचिनुपर्छ । एक दिन भन्दा बढी लगातार उच्च ज्वरसंगै यो अवस्थामा थकान, आलस्य, स्वास समस्या, राता दाना डाबर आउने, आँखा,

जिब्रो, ओठ रातो हुने, लिम्फ तथा हात खुट्टाका कुनैपनि भाग सुन्निने, घाँटी दुख्ने, झाडापखाला, पेट दुख्ने, असह्य टाउको दुख्ने, काम गर्न गाह्रो हुने, खोकी, र अक्सिजन कमी हुने अनि फोक्सो, मृगौला र मुटुका बिमार लक्षण देखिने (अरु प्रत्यक्ष कारण नभएको बेला) जस्ता बहुआंगिक समस्या देखिने गर्छन् ।

विमारी अघि नै के-के सावधानी अपनाउने ?

हामी सबैलाई थाहै छ, कोविडबाट बच्ने सबैभन्दा अचुक उपाय भनेकै आफुलाई अलग्गै राख्ने, सामाजिक दुरी कायम गर्ने र दुषित सतहको सफाई नै हो । जतिसुकै चर्चा गरेपनि सावधानीका कुरा यिनै वरिपरीका कुरा हुन्छन् ।

बच्चाहरु स्वभावैले बढी मिसिन खोज्ने, खेल्न खोज्ने, साथीभाईमा घुल्ने हुँदा यी क्रियाकलापले बच्चालाई संक्रमणको जोखिम बढ्छ ।

घरमै बस्ने र संक्रमित व्यक्ति घरमा भए उसलाई अलग्गै राखेर बच्चालाई संक्रमित व्यक्तिको संसर्ग र सामग्रीबाट बचाउनु बान्छनीय हुन्छ । मास्कको प्रयोग, प्रदुषित समान या सतह स्पर्शपछि हात धुने, स्यनिटाईजर प्रयोग आदि ब्यबहारत: पालना गराइनुपर्छ ।

यो बाहेक यस्तो भयानक महामारीको स्थितिमा बच्चालाई शारीरिक, मानसिक, र सामाजिक तनाव हुन नदिने, पर्याप्त निदाउन दिने र पोषण दिने, कुनै शरीरलाई गाह्रो पर्ने क्रियाकलाप गर्न नदिने र प्रशस्त झोल पदार्थ पिलाउने गर्नुपर्छ ।

विमारी भैसकेको सामान्य अवस्थाको कोविड बिमारी बच्चामा के गर्ने ?

जटिल या गम्भीर अवस्था समुहमा उल्लेख गरेका कुनै पनि लक्षण नभएमा कोविड संक्रमण पुष्टि भएका बच्चालाई पनि स्याहार गर्ने को निगरानीमा घरमा अलग्गै राख्न सकिन्छ । यसो गरिएमा हरेक ज्वरो आएपिच्छे ज्वरोको औषधि (प्यारासिटामोल) (स्वास्थ्य सहयोगीको अप्रत्यक्ष परामर्शमा) दिने, पर्याप्त झोल पदार्थ र पौष्टिक आहार दिने गर्नुपर्छ ।

बान्ता र पखाला पनि भएको भएमा बान्ताको औषधिसँगै पुनर्जलीय झोल (जस्तै, जीवनजल) र जिङ्क चक्की दिइनुपर्छ । घरमा राखे पनि तापक्रमसँगै बच्चाको अक्सिजन प्रतिशत नापिरहनुपर्छ । अरु कुनै लक्षण भएमा लाक्षणिक र मद्दत गर्ने औषधि सल्लाह बमोजिम दिनुपर्छ । कुनै पनि बेला हेर्दा र जाँच्दा माथि भनिएका जटिल र गम्भीर समूहका कुनै पनि लक्षण देखिएमा नजिकको स्वास्थ्यसंस्थामा गइहाल्नु पर्छ । सही तरिकाले अक्सिमिटर लगाई हेर्दा अक्सिजन प्रतिशत कम देखिएको अवस्थामा कमसेकम तुरुन्त अक्सिजन सुविधा भएको स्थानमा लागि अक्सिजन सुरु गरी छातीको जाँच गरी आवस्यक उपचार सुरु गरिनुपर्छ ।

बच्चाको रोगप्रतिरक्षा शक्ति (इम्युनिटी) बढाउन के गर्न सकिन्छ ?

हामीले के कुरा बुझ्नुपर्छ भने रोगप्रतिरक्षा शक्ति (इम्युनिटी) आजको भोलि तुरुन्त बदल्न सकिने कुरा होइन । जसरि आजको भोलि मोटोपना या दुब्लोपना बदल्न सकिन्न, त्यसैगरी कमजोर भएकोभए इम्युनिटी सामर्थ्य पनि चुस्त बनाउन महिनौँ या वर्षौं लाग्न सक्छ । हाम्रो रोग प्रतिरक्षा शक्ति कस्तो हुने र त्यसले कसरी मुलभूत रुपमा प्रतिक्रिया देखाउने भन्ने मुख्य निर्देशक कडी हाम्रो वंशाणुमा जन्मिँदा नै निर्धारित भैसकेको हुन्छ, जुन बदल्न सकिन्न ।

तर त्यो प्रणालीका सम्पूर्ण अङ्ग-प्रत्यङ्ग, तन्तु तथा कोषको सही ढंगले विकास हुन, कोषसंख्या बढ्न, प्राकृतिक र अनुकूलित प्रतिरक्षा प्रक्रिया सुरु गर्न, दिनानुदिन हुने चोटपटक र किटाणु आक्रमणमा भूमिका निभाउन, सन्देश प्रवाह गर्न, तथा लड्ने तत्व (जस्तै एन्टिबडी) बन्न र निर्दिष्ट अङ्गमा पठाउन हाम्रो शरीरलाई निरन्तर थुप्रै तत्व र परिवेशको जरुरी हुन्छ ।

यिनै कुरालाई इम्युनिटी चुस्त राख्न मद्दत गर्ने तत्व भनिन्छ । फेरि पनि के बुझिनुपर्छ भने यी सबै पालना गर्दैमा रोग नै लाग्दैन भन्ने चाहिँ होइन । इम्युनिटी शक्ति चुस्त रहेमा हामी सहज तरिकाले बाहिरी किटाणुसँग लड्न सक्छौं ।

यसका लागि सबभन्दा पहिलो पाटो भनेको पोषण हो । छ महिनासम्मको बच्चालाई दिइने आमाको दुधले बच्चाको भोकतिर्खा मेटी बढ्न मद्दत त गर्छ नै, त्यसले थुप्रै इम्युनिटी प्रदान गर्ने तत्व पनि प्रदान गर्छ । त्यसपछिको उमेरमा पोषणभित्र कार्बोहाईड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन, खनिज, तरलपदार्थ र रेशायुक्त खाना सम्मिलित सन्तुलित भोजन दिइनुपर्छ । केही निर्दिष्ट खनिज र भिटामिन जस्तै जिङ्क, आइरन, सेलेनियम, क्याल्सियम, भिटामिन सी, ए, डी, ई आदिले सही इम्युन प्रक्रिया राख्न थुप्रै क्षेत्रमा उत्प्रेरकको भूमिका खेल्छन् ।

हाम्रो इम्युनिटी दिने प्रणालीमा गडबड आएको भए त्यसलाई चुस्त बनाउन एकदिनको प्रयासले होइन महिनौंको सही कदमले सच्याउन सकिन्छ । त्यसकारण हरेक दिन यी कदमलाई निरन्तरता दिनुपर्छ ।

पोषणपछि अर्को अहम् भूमिका भएको इम्युनिटी चुस्त राख्न जरुरी कुरा हो निद्रा । निद्राको अभावमा इम्युन-प्रदायक कोषको प्रसारण र काम सुचारु हुनसक्दैन । त्यस्तै अर्को प्रमुख पाटो हो- शारीरिक अभ्यास । निष्क्रिय शरीरमा इम्युनिटीका काम सुचारु हुन बाधा पुग्छन् ।

शारीरिक अभ्यासको प्रसंगमा यो पनि महत्वपूर्ण छ कि हाम्रो शरीरमा अत्यधिक काम, चोटपटक लागेको अवस्थामा, जीवाणुले संक्रमण गरेको बेला पनि प्रतिरक्षा प्रणाली गडबड हुनपुग्छ । तसर्थ ती अवस्थामा बच्चालाई अझ चुस्त स्याहार र आहारको जरुरी हुन्छ ।

अर्को कडी हो- तनावरहित अवस्था । तनावको स्थितिमा कुनैपनि कोष या तन्तु उत्कृष्ट काम गर्ने स्थितिमा हुन्न । साथै हाम्रो स्ट्रेस ग्रंथिरसको सन्तुलन पनि बिग्रन्छ ।

अहिले लामो महामारीको बन्दाबन्दीले होस् या आँफुसँगैका सँग खेल्न घुल्न नपाएर होस् या घुमघाम र स्कुले जीवनबाट अलग्गिन परेर होस्, बालबालिकाको मानसिक स्थितिमा प्रभाव पार्न सक्ने थुप्रै सम्भावना छन् । संयमपूर्वक बच्चालाई यसको नकारात्मक असर हुन नदिन घरमै उत्साहजनक साथको जरुरी देखिन्छ ।

हामीले कोरोनाको बेला पनि यी सबै इम्युनिटी चुस्त राख्ने सम्पूर्ण कुराहरुलाई मनन गरी बालबालिकाको स्याहार गर्नु जरुरी हुन्छ ।
के कोरोनाविरुद्धका भ्याक्सिन लगाउँदैमा कोरोना नै हुन्न त ?

कोरोनाविरुद्धका खोपहरु प्रभावकारी देखिएका छन् । तर कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुन्न । अर्को कुरा खोपले मूलत: लाक्षणिक रोग रोक्ने र गम्भीर बिमारी हुनबाट बचाउने हो ।

एकबाट अर्कोमा सार्ने दर कम गराए पनि कोरोना खोपले एकबाट अर्कोमा सार्ने दर निर्मुल गर्ने होइन । तसर्थ खोप लगाएपनि कोरोना संक्रमित हुन सकिन्छ तर जटिल या गम्भीर रोग हुनबाट ठुलो हदसम्म बचिन्छ । तसर्थ खोप लगाएको व्यक्तिले पनि सामाजिक दुरी र सरसफाईलाई उत्तिकै र सदाझैं अपनाउन जरुरी छ। (बाह्रखरी डटकमबाट साभार)

 

Tags: #Health and population ministryChild HealthCorona Virus #Covid19Dr.Dharmagat Bhattarai
SummarizeShare282ScanTweet147

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.