महत्वपूर्ण ८ टिप्सहरु
१) प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुहोस्।
२) प्रतिदिनको हिँडाइमा १० देखि २५ प्रतिशत सम्म बढाएर बढी क्यालोरी खर्च गर्नुहोस्।
३) तपाईंको वर्तमान तौल र चाहिने तौल पत्ता लगाउनुहोस्।
४) मोटोपना भएमा प्रतिमहिना एक किलोको दरले तौल घटाउने योजना बनाउनुहोस।
५) वर्षमा १० किलो भन्दा बढी तौल घटाउनु हुँदैन।
![Weight loss ways healthnewsnepal - तौल घटाउने ८ टिप्सहरु जानी राखौं Weight loss ways](https://i0.wp.com/healthnewsnepal.com/static/Weight-loss-ways-healthnewsnepal.png?resize=2240%2C1260&ssl=1)
६) चिल्लो र गुलियो खाना कम खानुहोस् र फलफुल सागसब्जी बढि खानुहोस्।
७) सुगर, रक्तचाप र कोलेस्ट्रोलको नियमित जाँच गर्नुहोस् ।
८) प्रयास गरेपनि तौल घटेन भने निराश नहुनुहोस्। शुरुको १/२ महिनामा तौल नघट्न सक्छ र पछि निरन्तर प्रयास गर्दा घट्न थाल्छ।