चितवन ,७ जेठ २०७८
भरतपुर अस्पतालले २४ घण्टै कोभिड हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।
कोभिडका बिरामीको उपचारमा सहज पुर्याउन आवश्यक परामर्श र जानकारी दिने उदेश्यले अस्पतालको आकस्मिक कक्ष नजिकै कोभिड हेल्थ डेस्क २४ घण्टा सञ्चालनमा ल्याइएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार कोभिड हेल्थ डेस्कमा निम्न सेवाहरु दिइने छन्।
- प्रारम्भिक सोधपुछ
- कोभिड बारे आकश्मिक परामर्श
- बेड खाली भएनभएको बुझ्न कल गर्दा
०५६५९६१९०,०५६५९६३९० नम्बर मार्फत जानकारी गराईने । - कोभिड आइसियु, एचडियु लगायत विरामीको अवस्थाको जानकारी र स्वास्थ्यकर्मी माझ समन्वयको काम ।
- कोभिड ओपिडि औपचारिक रुपमा सुरु नगरिएकाहरुको पनि पिसिआर, छातीको एक्सरे सिटि स्क्यान आदकिो रिर्पोटमा भएका जिज्ञासा मेटाउन र गम्भीर प्रकृतिका कोभिडका विरामी आइपुगे उनिहरुको परामर्श सहितको सेवाका लागि चिकित्सकहरु तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ ।
Comments 1