भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) को निदान भएपछि आवश्यक मूल्याङ्कन तथा तयारीपश्चात् Right-sided Burr Hole and Evacuation of Hematoma शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त शल्यक्रिया न्यूरोसर्जन डा. मणिक कुमार लामाको नेतृत्वमा सम्पन्न भएको हो।
भक्तपुर अस्पतालमै यस्तो जटिल न्यूरोसर्जिकल सेवा सुरु हुनु अस्पतालको सेवा विस्तारसँगै भक्तपुर तथा आसपासका नागरिकलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम हो।
अस्पतालले यस महत्वपूर्ण उपलब्धिका लागि डा. मणिकुमार लामा लगायत सम्पूर्ण शल्यक्रिया टोली, एनेस्थेसिया, नर्सिङ तथा सहयोगी स्वास्थ्यकर्मीहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिएको छ।






