Magnus pharma IRGONOL cream Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu
आज: २०८३ बैशाख १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालको एकमात्र एलर्जी रोग विशेषज्ञहरुको छाता संगठन प्याप्सनको उत्कृष्ट पहिलो वर्ष

Nam Raj Bhatta by Nam Raj Bhatta
June 7, 2023
in News
Reading Time: 1 min read
A A
0
नेपालको एकमात्र एलर्जी रोग विशेषज्ञहरुको छाता संगठन प्याप्सनको उत्कृष्ट पहिलो वर्ष
627
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २४ जेठ २०८०

नेपालको एकमात्र एलर्जी रोग विशेषज्ञहरुको छाता संगठन प्याप्सनको उत्कृष्ट पहिलो वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ।

प्याप्सनको बार्षिकोत्सको उपलक्ष्यमा कार्यक्रम गरी गएको एक वर्षमा गरिएको कार्यक्रम‌ र भावी योजनाहरूको प्याप्सनका अध्यक्ष डा. महेश कुमार गौतम द्वारा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा डा. गौतमले नेपालमा एलर्जी रोग जताततै व्याप्त भएपनि त्यसको सही पहिचान हुन नसक्दा बिरामीहरुले सही उपचार पाउन नसकिएको अवस्थाको बारेमा ध्यानकर्षण गराउनु भयो। खानाको एलर्जी, नाकको एलर्जी, श्वास प्रश्वासको एलर्जी जे भएपनि औषधि पसलबाट खादै रोग पाल्दै बस्ने नेपालीको संख्या धेरै रहेको उहाँले जानकारी गराउनुभयो।

एलर्जी कानका लागि इम्युनोथेरापि बाइलोजिकल जस्ता औषधिको सम्भावना हुदा पनि सही समयमा रोग र एलर्ज गर्ने तत्वको खोज नै नगर्ने बानीले रोग जटिल बन्दै जाने सम्भावना रहेको डा. गौतमले बताए। One years

प्याप्सनका महासचिव डा. तेजसु सिंह मल्लले डा. महेशको नेतृत्वमा प्याप्सनले पहिलो वर्षमा धेरै जनचेतना बढाउने कार्यक्रमहरु गरेको जानकारी दिनुभयो।

त्यस्तैगरी प्याप्सनका नाक कान घाँटी रोग विशेषज्ञ डा. चन्दन बर्नवालले नाकको एलर्जी भएका बिरामीहरुलाई आस्थामा पनि हुने सम्भावना भएको र आस्थामा भएका झण्डै ८० प्रतिशत लाई नाकको एलर्जी हुने भएकाले नाकको एलर्जी समयमा सही उपचार हुनुपर्नेमा जोड दिनुभयो।

डा. चन्दनले इम्युनोथेरापिले नाकको एलर्जी रोक्ने मात्रै नभइ आस्थमाको बिकास पनि हुन बाट रोक्ने हुनाले त्यसको महत्व रहेको तर नेपालमा औषधि व्यवस्था विभागबाट स्वीकृति पाई नसकेको अवस्थामा बिरामीहरूको त्यो उपचार बाट अझै वञ्चित रहेको जानकारी दिनुभयो।

उनले भने, यस रोगको लागि उपचार खोज्दै भारत जानुपर्ने बाध्यता भएको बताउनुभयो।

प्याप्सनका छाला रोग विशेषज्ञ डा. एलिना कार्कीले छालामा हुने एलर्जी भएका मान्छेहरुमा शरीरको अन्य भागमा पनि एलर्जी हुन सक्ने कुरामा ध्यान दिनुपर्ने र त्यस्ता बिरामीलाई नाक कान घाँटी, छाती सम्बन्धि एलर्जी पनि हुने भएकोले सम्बन्धित सबै डाक्टरको निगरानीमा राख्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा प्याप्सनका अन्य सदस्यहरु डा. सुजिता भण्डारी, डा. रेश्मा ढकाल लामिछाने, डा. जोन सिंह डंगोल र श्रीराम शाहले पनि आ-आफ्नो भनाई राख्नुभएको थियो।

कार्यक्रमको अन्तमा अध्यक्ष डा. गौतमले आउने दिनमा पनि औषधि व्यवस्था विभाग र सरकारका विभिन्न निकायहरु संग एलर्जीको सही पहिचान र उपचार बिधिको लागि एन्टिजेन, इम्युनोथेरापि र बायोलोजिकल औषधिहरू छिट्टै कानुनी रुपमा लाइसेन्स प्रमाणित गरि सजिलो उपलब्ध गराउन पर्नेमा जोड दिने बताउनु भयो। यससँगै एलर्जी रोग बढ्नुको कारणहरु, त्यसबाट बच्ने उपायहरु र सही उपचारको लागि जनचेतनामूलक कार्यक्रम गर्दै जाने पनि उहाँले बताए।

Tags: AllergyCorona Virus #Covid19department of drug administrationDr. Mahesh Kumar gautamDr. Tejsu Singh Malla
SummarizeShare275ScanTweet147

Related articles

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको...

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

by Nam Raj Bhatta
April 26, 2026
0

 ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी...

यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने

नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने

by Nam Raj Bhatta
April 26, 2026
0

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अबदेखी शनिबार पनि अस्पतालको ओपीडी सहित प्रयोगशालाद लगायतका सेवा दिने भएको छ। थापाथलिस्थित नर्भिक हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हो। यसअघि शनिबार...

नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि व्यवसायी संघ बर्दियामा कृष्ण पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सातौ वार्षिकोत्सब तथा तेस्रो जिल्ला अधिवेशनले कृष्ण प्रसाद पौडेललाई अध्यक्षमा चयन गरेको हो ।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    689 shares
    Share 276 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    677 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै
  • नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने
  • नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा यशोदा अर्याल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.