आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

बिदेशमा ४८ नेपालीको मृत्यु : चितवनका प्रशान्तको दशैंमा घर फर्किने वचन सधैंका लागि बिदा गर्यो #Covid19

HNN Staff by HNN Staff
April 26, 2020
in News
A A
0
बिदेशमा ४८ नेपालीको मृत्यु : चितवनका प्रशान्तको दशैंमा घर फर्किने वचन सधैंका लागि बिदा गर्यो #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

१४, बैशाख २०७७ 

चितवन ।  नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । निबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनए ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् । एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एकरएकजनाको मृत्यु भएको छ ।  अमेरिका र बेलायतमा रहेका एक÷एक हजार नेपालीमा संक्रमण देखिएको छ । त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२र२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४र४, मलेसिया र क्यानाडामा ३र३, माल्टा, जापान र हङकङमा २र२, टर्की, म्यानमार र फ्रान्समा १र१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ । यो तथ्यांकभन्दा पनि धेरै नेपालीमा संक्रमण भएको अनुमान अध्यक्ष पन्तको छ । ‘विशेषगरी खाडी मुलुकमा धेरै नेपालीमा संक्रमण भएको हुन सक्छ, कतिले लुकाएको समेत अनुमान गरेका छौँ,’ उनले भने ।  विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ।

 भरतपुर महानगरपालिका–११,बसेनीका ४० वर्षीय प्रशान्त अर्याल फागुनको दोस्रो साता नेपालमै थिए । १० फागुनमा बेलायत प्रस्थानका लागि  परिवार र काकाकाकीसँग बिदा हुँदा उनले आउँदो दसैँमा परिवारसहित घर आउने वचन छाडेका थिए ।

तर, प्रशान्तले त्यो वचन पूरा गर्न पाएनन् । लन्डन फर्किएको एक महिनामै कोरोनाले उनको निधन भयो । उपचारका क्रममा १० चैतमा उनको ज्यान गयो, तर अस्पतालले भने २९ चैतमा कोरोनाका कारण मृत्यु भएको प्रमाणित गरेर शव दिएको काका हीरालालले बताए । ‘ऊ परिवारसहित लन्डनमा थियो । दुई महिनाअघि मात्रै बिदामा घर आएर फर्किएको हो । परिवारसमेत लिएर दसैँमा फेरि आउँछु काका भनेको थियो,’ हीरालालले भने, ‘तर, उ, गएको महिना दिनमै अप्रिय खबर सुन्नुपर्यो । ९ चैतमा बिरामी भएको भन्ने खबर पाएको थिएँ, १० गते त हामी सबैलाई छाडेर गएछ । पीडाले धेरै बोल्न मन पनि छैन ।’ प्रशान्त मधुमेहका बिरामी थिए । लन्डनमा उनकी श्रीमती, १३ वर्षीया छोरी र १० वर्षीय छोरा छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको खबर परिवारलाई छ । प्रशान्तका आमा र दिदी भने काठमाडौंमा छन् । यहाँ पनि परिवारले धर्म संस्कारअनुसार काजकिरिया गरिसकेको हीरालालले बताए ।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बेलायतमा हाल सम्म कोरोनाले ३३ नेपालीको मृत्यु #Covid19

Next Post

बिरगंजमा ५० वर्षका २ पुरुषमा कोरोनाको पुष्टि , संक्रमितको संख्या ५१ पुग्यो #Covid19

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

17 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

1 day ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

4 days ago
471
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#covid19

बिरगंजमा ५० वर्षका २ पुरुषमा कोरोनाको पुष्टि , संक्रमितको संख्या ५१ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In