१४, बैशाख २०७७
चितवन । नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । निबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनए ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् । एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एकरएकजनाको मृत्यु भएको छ । अमेरिका र बेलायतमा रहेका एक÷एक हजार नेपालीमा संक्रमण देखिएको छ । त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२र२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४र४, मलेसिया र क्यानाडामा ३र३, माल्टा, जापान र हङकङमा २र२, टर्की, म्यानमार र फ्रान्समा १र१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ । यो तथ्यांकभन्दा पनि धेरै नेपालीमा संक्रमण भएको अनुमान अध्यक्ष पन्तको छ । ‘विशेषगरी खाडी मुलुकमा धेरै नेपालीमा संक्रमण भएको हुन सक्छ, कतिले लुकाएको समेत अनुमान गरेका छौँ,’ उनले भने । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ।
तर, प्रशान्तले त्यो वचन पूरा गर्न पाएनन् । लन्डन फर्किएको एक महिनामै कोरोनाले उनको निधन भयो । उपचारका क्रममा १० चैतमा उनको ज्यान गयो, तर अस्पतालले भने २९ चैतमा कोरोनाका कारण मृत्यु भएको प्रमाणित गरेर शव दिएको काका हीरालालले बताए । ‘ऊ परिवारसहित लन्डनमा थियो । दुई महिनाअघि मात्रै बिदामा घर आएर फर्किएको हो । परिवारसमेत लिएर दसैँमा फेरि आउँछु काका भनेको थियो,’ हीरालालले भने, ‘तर, उ, गएको महिना दिनमै अप्रिय खबर सुन्नुपर्यो । ९ चैतमा बिरामी भएको भन्ने खबर पाएको थिएँ, १० गते त हामी सबैलाई छाडेर गएछ । पीडाले धेरै बोल्न मन पनि छैन ।’ प्रशान्त मधुमेहका बिरामी थिए । लन्डनमा उनकी श्रीमती, १३ वर्षीया छोरी र १० वर्षीय छोरा छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको खबर परिवारलाई छ । प्रशान्तका आमा र दिदी भने काठमाडौंमा छन् । यहाँ पनि परिवारले धर्म संस्कारअनुसार काजकिरिया गरिसकेको हीरालालले बताए ।