आज मिति : २०८२ मंसिर ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु हुने #AltrasoundTraining

Nam Raj Bhatta by Nam Raj Bhatta
December 6, 2020
in News, Research & Study
A A
1
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु हुने #AltrasoundTraining
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

महेन्द्रनगर , २१ मङ्सिर , २०७७

सुदूरपश्चिम प्रदेश , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेश भित्र रहेका १८ वटा पालिकामा काम गर्ने नर्सिङ कर्मीहरुलाई २१ दिने अल्ट्रासाउण्ड सम्बन्धि तालिम संचालन भएको छ ।

मङ्सिर २१ देखि महाकाली अस्पताल महेन्द्रनगर कंचनपुरमा आयोजना भएको ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धि तालिमको संयोजन स्वास्थ्य निर्देशनालय राजपुर डोटीले गरेको छ भने तालिममा प्राबिधिक रुपमा सहजिकरणको काम सोलुखुम्बु टेक्निकल इन्स्टिच्युटका अध्यक्ष एबम स्वास्थ्य सेवा बिभागका पुर्ब महानिर्देशक डा. मिङ्ग्मार ग्याल्जेन शेर्पाले गरिरहनु भएको छ । सुदूरपश्चिम प्रदेशका कुल ८८ वटा स्थानीय तह मध्ये ७० वटामा पहिला नै तालिम र अल्ट्रासाउण्ड मेशिन दिइसकेको र अहिले १८ वटा पालिकाका सहभागीहरुलाई तालिम प्रदान गरे पछी सबै स्थानीय तह सम्म ग्रामीण अल्ट्रासाउण्डको सेवा पुग्ने जनाइएको छ । ग्रामीण अल्ट्रासाउण्ड तालिम कार्यक्रमको उद्घाटन एक समारोह बीच महाकाली अस्पताल महेन्द्रनगरमा सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्का ज्यूको सम्बोधन
प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्का ज्यूको सम्बोधन

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभाका माननीय लाल बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता महाकाली अस्पताल बिकास समितिका अध्यक्ष श्री कृष्ण दत्त जोशी ‘बक्सर’ ले गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भीमदत्त नगर पालिका प्रमुख श्री सुरेन्द्र बिस्ट, जिल्ला प्रशासन् कार्यालय कंचनपुरका प्रमुख श्री राम कुमार महतो , स्वास्थ्य सेवा बिभाग , ब्यबस्थापन महाशाखाका बरिष्ठ जन स्वास्थ्य प्रशाषक श्री कृष्ण चन्द , स्वास्थ्य सेवा बिभागका भुतपूर्व महानिर्देशक डा. मिङ्ग्मार ग्याल्जेन शेर्पा , नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष श्री अर्जुन शाह , लगायत अन्य संचारकर्मी , स्वास्थ्यकर्मी र बिभिन्न पालिकाका १८ जना तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।

दिगो बिकास लक्ष्य हासिल गर्नको नेपालमा उच्च रहेको आमा र बालबालिकाको मृत्युदर घटाउन अत्यन्त महत्वपुर्ण भूमिका निर्वाह गर्ने ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुदूरपश्चिम प्रदेशले नेपाल मै पहिलो पटक सबै स्थानीय तहमा एक एक थान Portable अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएर शुरु गरेको हो । बिगत आर्थिक वर्ष २०७६ ।०७७ मा ७० वटा पालिकाहरु बाट सहभागी छनौट गरि अल्ट्रासाउण्डको २१ दिने तालिम संचालन गरि तालिम प्राप्त नर्सिंग कर्मचारीहरुलाई अल्ट्रासाउण्ड मेशिन समेत प्रदान गरिसकेको र ति पालिकाहरु बाट हाल ग्रामीण स्तरमा बसोबास गर्ने गर्भवती महिलाहरुको स्वास्थ्य जाँच भैरहेको तालिम उद्घाटन सत्रमा जानकारी दिइएको छ । आर्थिक वर्ष २०७६। ०७७ मा शुरु भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमबाट हाल सम्म कुल १६ हजार जति गर्भवती महिला हरुको स्वास्थ्य परीक्षण भएको र त्यस मध्ये ५०० जटिल प्रकारको गर्भ समेत पहिचान गरि ति ज्यान जोखिममा रहेका महिलाहरुलाई समयमै सम्बन्धित अस्पताल सम्म प्रेषण गरि आमा र बच्चाको ज्यान जोगाउन सकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्युको सम्बोधन
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्युको सम्बोधन

कार्यक्रममा भीमदत्त नगर पालिकाका प्रमुख श्री सुरेन्द्र बिष्टले भीमदत्त नगरपालिकाले मानब जीवन र मानब स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी काम गरि रहेको र बिभिन्न निकाय संग समन्वय , सहाकार्य र साझेदारी सहितका लागि नगरपालिका पछी नरहने कुरा व्यक्त गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्काले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुदूरपश्चिम प्रदेशको गौरबको कार्यक्रम रहेको र यस बाट प्रदेशबासी निकै लाभान्वित हुने र प्रदेशको उच्च मातृ तथा बाल मृत्युदर घट्ने कुरामा यो कार्यक्रम सहायक सिद्ध हुने कुरा बताउनु भएको छ । साथै उहाँले स्वास्थ्य क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुले पुर्याएको योगदान पनि भुल्न नहुने कुरा समेत व्यक्त गर्नु भएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख श्री सुरेन्द्र बिष्ट ज्यूको सम्बोधन
भीमदत्त नगरपालिकाका प्रमुख श्री सुरेन्द्र बिष्ट ज्यूको सम्बोधन

नेपालमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको जन्म दाता तथा स्वास्थ्य सेवा बिभागका पुर्ब महानिर्देशक डा. मिन्ग्मार ग्याल्जेन शेर्पाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको शुरुवात गर्दा अल्ट्रासाउण्ड गर्ने चिकित्सकहरुको खुब अवरोध खेप्नु परेको र उहाँहरुलाई जानकारी नहुने गरि अत्यन्त बिकट ठाउँ सोलुखम्बुमा सहभागी बोलाइ तालिम सम्पादन गरेको तितो यथार्थ बताउनु भएको छ । उहाँले केहि समुह तालिम उतै सोलिखुम्बुबाट नै संचालन गरेको र पछी यस तालिमको महत्व माथिल्लो निकायले समेत बुझे पछी अहिले सबै तिर माग रहेको र सहज तरिकाले तालिमहरु सम्पन्न भैरहेको र नर्सिंग कर्मचारी हरुले ग्रामीण स्तरमा अल्ट्रासाउण्ड सेवा प्रदान गरि गर्भमा रहेको बच्चाको अवस्था पत्ता पहिचान गर्न सकेको कुरा र जटिल अवस्थाको गर्भवती महिला हरुलाई सम्बन्धित स्थान सम्म पुग्न सजिलो भएको कुरा बताउनु छ ।

उद्घाटन समारोहका अध्यक्ष तथा बिकास समितिका अध्यक्ष श्री कृष्ण दत्त जोशी बक्सरले महाकाली अस्पतालमामाहाकाली अस्पतालमा ६ दशक पछि आइसियु संचालनमा यस प्रकारको तालिम आयोजना गरेकोमा स्वास्थ्य निर्देशनालय लाइ धन्यबाद दिनु भएको छ । तालिम सहजता पुर्बक संचालनमा कुनै कमि हुन् नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

Tags: Altrasound TrainingCorona Virus #Covid19DipayalFarwestrn-nepalMahakali hospitalMahendranagar
Nisarga hospital Dhangadhi
Previous Post

कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन साझेदारी #Karnali

Next Post

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्रा.डा. बिष्णु दत्त पौडेल नियुक्त #CancerHosital

Related articles

Bhaktapur hospital best hospital award
News

बागमती प्रदेशका अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट #BhaktapurHospital

19 hours ago
791
Dr Keshar Bahadur Dhakal
News

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशर ढकाल नियुक्त #DoHS

4 days ago
789
Nepal Medical Council News
News

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको उम्मेदवारी #NMC

5 days ago
831
dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

1 week ago
791
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 week ago
809
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

1 week ago
796
Next Post
प्रा.डा. बिष्णु दत्त पौडेल

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्रा.डा. बिष्णु दत्त पौडेल नियुक्त #CancerHosital

Comments 1

  1. Pingback: खानेपानीको गुणस्तरीयता जाँच सम्बन्धि तालिम #Waterquality • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,300)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...