Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु हुने #AltrasoundTraining

Nam Raj Bhatta by Nam Raj Bhatta
December 6, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
1
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु हुने #AltrasoundTraining
619
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

महेन्द्रनगर , २१ मङ्सिर , २०७७

सुदूरपश्चिम प्रदेश , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेश भित्र रहेका १८ वटा पालिकामा काम गर्ने नर्सिङ कर्मीहरुलाई २१ दिने अल्ट्रासाउण्ड सम्बन्धि तालिम संचालन भएको छ ।

मङ्सिर २१ देखि महाकाली अस्पताल महेन्द्रनगर कंचनपुरमा आयोजना भएको ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धि तालिमको संयोजन स्वास्थ्य निर्देशनालय राजपुर डोटीले गरेको छ भने तालिममा प्राबिधिक रुपमा सहजिकरणको काम सोलुखुम्बु टेक्निकल इन्स्टिच्युटका अध्यक्ष एबम स्वास्थ्य सेवा बिभागका पुर्ब महानिर्देशक डा. मिङ्ग्मार ग्याल्जेन शेर्पाले गरिरहनु भएको छ । सुदूरपश्चिम प्रदेशका कुल ८८ वटा स्थानीय तह मध्ये ७० वटामा पहिला नै तालिम र अल्ट्रासाउण्ड मेशिन दिइसकेको र अहिले १८ वटा पालिकाका सहभागीहरुलाई तालिम प्रदान गरे पछी सबै स्थानीय तह सम्म ग्रामीण अल्ट्रासाउण्डको सेवा पुग्ने जनाइएको छ । ग्रामीण अल्ट्रासाउण्ड तालिम कार्यक्रमको उद्घाटन एक समारोह बीच महाकाली अस्पताल महेन्द्रनगरमा सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्का ज्यूको सम्बोधन
प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्का ज्यूको सम्बोधन

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभाका माननीय लाल बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता महाकाली अस्पताल बिकास समितिका अध्यक्ष श्री कृष्ण दत्त जोशी ‘बक्सर’ ले गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भीमदत्त नगर पालिका प्रमुख श्री सुरेन्द्र बिस्ट, जिल्ला प्रशासन् कार्यालय कंचनपुरका प्रमुख श्री राम कुमार महतो , स्वास्थ्य सेवा बिभाग , ब्यबस्थापन महाशाखाका बरिष्ठ जन स्वास्थ्य प्रशाषक श्री कृष्ण चन्द , स्वास्थ्य सेवा बिभागका भुतपूर्व महानिर्देशक डा. मिङ्ग्मार ग्याल्जेन शेर्पा , नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष श्री अर्जुन शाह , लगायत अन्य संचारकर्मी , स्वास्थ्यकर्मी र बिभिन्न पालिकाका १८ जना तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।

दिगो बिकास लक्ष्य हासिल गर्नको नेपालमा उच्च रहेको आमा र बालबालिकाको मृत्युदर घटाउन अत्यन्त महत्वपुर्ण भूमिका निर्वाह गर्ने ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुदूरपश्चिम प्रदेशले नेपाल मै पहिलो पटक सबै स्थानीय तहमा एक एक थान Portable अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएर शुरु गरेको हो । बिगत आर्थिक वर्ष २०७६ ।०७७ मा ७० वटा पालिकाहरु बाट सहभागी छनौट गरि अल्ट्रासाउण्डको २१ दिने तालिम संचालन गरि तालिम प्राप्त नर्सिंग कर्मचारीहरुलाई अल्ट्रासाउण्ड मेशिन समेत प्रदान गरिसकेको र ति पालिकाहरु बाट हाल ग्रामीण स्तरमा बसोबास गर्ने गर्भवती महिलाहरुको स्वास्थ्य जाँच भैरहेको तालिम उद्घाटन सत्रमा जानकारी दिइएको छ । आर्थिक वर्ष २०७६। ०७७ मा शुरु भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमबाट हाल सम्म कुल १६ हजार जति गर्भवती महिला हरुको स्वास्थ्य परीक्षण भएको र त्यस मध्ये ५०० जटिल प्रकारको गर्भ समेत पहिचान गरि ति ज्यान जोखिममा रहेका महिलाहरुलाई समयमै सम्बन्धित अस्पताल सम्म प्रेषण गरि आमा र बच्चाको ज्यान जोगाउन सकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्युको सम्बोधन
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्युको सम्बोधन

कार्यक्रममा भीमदत्त नगर पालिकाका प्रमुख श्री सुरेन्द्र बिष्टले भीमदत्त नगरपालिकाले मानब जीवन र मानब स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी काम गरि रहेको र बिभिन्न निकाय संग समन्वय , सहाकार्य र साझेदारी सहितका लागि नगरपालिका पछी नरहने कुरा व्यक्त गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्काले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुदूरपश्चिम प्रदेशको गौरबको कार्यक्रम रहेको र यस बाट प्रदेशबासी निकै लाभान्वित हुने र प्रदेशको उच्च मातृ तथा बाल मृत्युदर घट्ने कुरामा यो कार्यक्रम सहायक सिद्ध हुने कुरा बताउनु भएको छ । साथै उहाँले स्वास्थ्य क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुले पुर्याएको योगदान पनि भुल्न नहुने कुरा समेत व्यक्त गर्नु भएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख श्री सुरेन्द्र बिष्ट ज्यूको सम्बोधन
भीमदत्त नगरपालिकाका प्रमुख श्री सुरेन्द्र बिष्ट ज्यूको सम्बोधन

नेपालमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको जन्म दाता तथा स्वास्थ्य सेवा बिभागका पुर्ब महानिर्देशक डा. मिन्ग्मार ग्याल्जेन शेर्पाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको शुरुवात गर्दा अल्ट्रासाउण्ड गर्ने चिकित्सकहरुको खुब अवरोध खेप्नु परेको र उहाँहरुलाई जानकारी नहुने गरि अत्यन्त बिकट ठाउँ सोलुखम्बुमा सहभागी बोलाइ तालिम सम्पादन गरेको तितो यथार्थ बताउनु भएको छ । उहाँले केहि समुह तालिम उतै सोलिखुम्बुबाट नै संचालन गरेको र पछी यस तालिमको महत्व माथिल्लो निकायले समेत बुझे पछी अहिले सबै तिर माग रहेको र सहज तरिकाले तालिमहरु सम्पन्न भैरहेको र नर्सिंग कर्मचारी हरुले ग्रामीण स्तरमा अल्ट्रासाउण्ड सेवा प्रदान गरि गर्भमा रहेको बच्चाको अवस्था पत्ता पहिचान गर्न सकेको कुरा र जटिल अवस्थाको गर्भवती महिला हरुलाई सम्बन्धित स्थान सम्म पुग्न सजिलो भएको कुरा बताउनु छ ।

उद्घाटन समारोहका अध्यक्ष तथा बिकास समितिका अध्यक्ष श्री कृष्ण दत्त जोशी बक्सरले महाकाली अस्पतालमामाहाकाली अस्पतालमा ६ दशक पछि आइसियु संचालनमा यस प्रकारको तालिम आयोजना गरेकोमा स्वास्थ्य निर्देशनालय लाइ धन्यबाद दिनु भएको छ । तालिम सहजता पुर्बक संचालनमा कुनै कमि हुन् नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

Tags: Altrasound TrainingCorona Virus #Covid19DipayalFarwestrn-nepalMahakali hospitalMahendranagar
SummarizeShare268ScanTweet146

Related articles

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

by Nam Raj Bhatta
June 23, 2026
0

अन्तर्राष्ट्रिय योग दिवस (विश्व योग दिवस २०२६) को अवसरमा आइतबार देखि नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय नारा "Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका...

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

by Nam Raj Bhatta
June 22, 2026
0

काठमाडौंको धुम्बराहीस्थित रहेकोे ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी 'कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड' बाट सम्मानित भएका छन्। कर्पोरेट बिजनेस म्यागजिनको आयोजनामा सम्पन्न ‘१८औं कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    685 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ
  • २०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल
  • स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम
  • ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित
  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.