✍️ डा.दिपेन्द्र कार्की
मधुमेह , थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ
बि एण्ड बि अस्पताल
जाडो मौसम सकिएर गर्मीयामको समय सुरु भएको भएको छ।यस बेला मौसम परिवर्तन हुँदै गइरहेको छ।यो समयमा मौसम सुख्खा हुने गर्दछ।समान्यतया यस समयमा गाउँघरतिर खानेपानीको समस्या हुन्छ। जसले गर्दा विभिन्न कारणले गर्दा रोगहरु लाग्न सक्छ्न। जस्तो सरसफाइको कमिले , प्रदुषित खानेकुराहरु खानाले इत्यादी ।
सधारणतया गर्मीयाम हुँदा लाग्ने रोगहरु:
१. झाडापखाला
२. रुघाखोकी
३.टाइफाइड
यी रोगहरुमा प्राय जस्तो दूषित हावा,दूषित खानेकुरा अथवा दूषित पानी खानाले हुन्छ।
यी रोगहरुबाट गर्मीयामबाट बच्ने उपायहरु :
१.खानपिनमा ध्यान दिने,
२.सरसफाइमा ध्यान पुर्याउने ,
३.खाना खानुअघी साबुन- पानीले हात पखाल्ने, वातावरण प्रदुषणबाट बच्ने जस्तैः ( धुवाँधुलो भएको ठाउँमा नजाने यदि जानैपर्ने भएमा मास्क लगाएर जाने।
४ .पानीलाई उमालेर खाने ।
यी निम्न कुराहरु बाट सजग भयो भने गर्मीयाम बाट बच्न सकिन्छ।