मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future ” नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।
क्याम्पसको फार्मेसी बिभाग तथा मनमोहन फार्मेसी विद्यार्थी एशोसियसन र विद्यार्थी क्वालिटी सर्कलको संयुक्त आयोजना कार्यक्रम सम्पन्न गरिएको हो ।
फार्मेसी विभागका प्रमुख दीप्ती पिया बानियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार डा. हरिस सिंह थापा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिले उद्घाटन कार्यक्रमको क्रममा फर्मासिष्टहरु र देशको बर्तमान फार्मेसी सेवाको बिषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले फर्मासिष्टहरुको कर्तव्य, आचरण र विश्व फर्मासिष्ट दिवसको सफलताको शुभकामना दिनुभएको थियो ।
आदि रिमेडिज प्रा.लिका कार्यकारी निर्देशक श्री प्रकाश बिष्ट, औषधी व्यवस्था विभागका व्यवस्थापक, किरण सुन्दर बज्राचार्य, काठमाण्डौ मोडल अस्पतालका अस्पताल तथा फार्मेसी व्यवस्थापक चैन कुमार बज्राचार्य, नेपाल फार्मेसी संधका उपाध्यक्ष श्री मिना भट्ट, सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र, जनमैत्री फाउण्डेसनका फार्मेसी विभागका प्रमुख फुल्गेन शाह, मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सका विभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा.खड्ग बहादुर श्रेष्ठ, सोमा कान्त बराल, मनमोहन अल्मुनाई एशोसियसनका कोषाध्यक्ष ऋणु श्रेष्ठ, बिद्यार्थी क्वालिटी सर्कलका अध्यक्ष तुलसी थापा, मनमोहन फार्मेसी विद्यार्थी एशोसियसनका सचिव रुजु दुलाल, फार्मेसी फयाकल्टी बेचन राउत, मिजला बज्राचार्य , फर्सुराम अधिकारी, उषा गिरी, सविन श्रेष्ठ र सह प्रशासक सचित कुइकेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आदि रिमेडिज प्रा.लिका कार्यकारी निर्देशक श्री प्रकाश बिष्टले औषधी उद्ध्योगको सम्भावनाका बारेमा प्रकाश पार्नु भयो भने औषधी व्यवस्था बिभागका व्यवस्थापक किरण सुन्दर बज्राचार्यले औषधी व्यवस्था बिभागले हाल प्रवाह गरेको सेवा, डिजिटलाइजेशन गरेको प्रगति, सुधारका बारेमा प्रकाश पार्नु भएको थियो ।
काठमाण्डौ मोडल अस्पतालका व्यवस्थापक चैन कुमार बज्राचार्यले अस्पताल फार्मेसीको दायरा, फार्मेसीको भविष्यका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भयो । नेपाल फार्मेसी संधका उपाध्यक्ष श्री मिना भट्टले बिरामी, फर्मासिष्ट, व्यवसायी र उधोगीहरु सम्पूर्णको हक अधिकार सु्निश्चित गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, बिभिन्न खेलहरु तथा “आफूखुसी औषधि प्रयोग नगरौँ” विषयमा सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । नाटक मार्फत चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि प्रयोग गर्दा हुन सक्ने जोखिम तथा औषधिको सुरक्षित र जिम्मेवार प्रयोगबारे प्रभावकारी सन्देश प्रवाह गरिएको थियो । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल र बिभागिय प्रमुख दीप्ति पिया बानियाद्वारा आमन्त्रित अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।






