आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?

HNN Staff by HNN Staff
March 13, 2020
in Health
A A
3
Self quarantine self isolation

Self Quarantine Self Isolation

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सेल्फ क्वारेन्टाइन

क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो। अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो। कोरोना भाइरसको सवालमा अन्तर्राष्ट्रिय स्तरमा हालसम्म भएका खोज तथा अनुसन्धानहरुले १४ दिनको अवधिसम्म सेल्फ क्वारेन्टाइन गर्नुपर्ने हुन्छ।

सेल्फ आइसोलेसन

रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन भनिन्छ। अनि रोगी व्यक्ति अस्पताल नगई आफैं छुट्टै बस्ने प्रक्रिया सेल्फ आइसोलेसन हो। कोभिड-१९ प्रमाणित भएका बिरामी जो सामान्य अवस्थामा छन्, घरमै आराम गरेर बस्नुलाई यहाँ सेल्फ आइसोलेसन भनिएको हो। जसको कारणले अस्पतालमा हुने अनावश्यक जोखिमबाट आफू पनि बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ।

बुझ्नुपर्ने कुरा के हो भने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनको मुख्य उद्देश्य अरुलाई रोग सर्न नदिनु हो।

कसरी गर्ने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइन?

  • यदि तपाईं सम्भावित संक्रमित हुनुहुन्छ भने आफ्नो बालबच्चा, श्रीमान्, श्रीमती वा बुढापाका अनि आफन्तहरुबाट सम्भव भएसम्म छुट्टै बस्नुहोस्।
  • यदि सम्भव छ भने छुट्टै कोठमा मा बस्नुहोस्। अन्य मानिसबाट करिब ६ फिट जतिको दूरी कायम राख्नुहोस्।
  • सकेसम्म छुट्टै बाथरुमको प्रयोग गर्नुहोस् तर नेपालको सन्दर्भमा यो व्यावहारिक नहुन सक्छ।
  • तपाईंले छोएका वा खोक्दा छिट्टा परेका सतहहरुमा समेत भाइरस हुन सक्छन्, त्यसैले विचार पुर्यारउनुहोस्।
  • तपाईंले यदि घरपालुवा जनावर पाल्नुभएको छ भने त्यसको सम्पर्कबाट टाढै रहनुहोस्। तपाईंलाई उपचार जरुरी छ भन्ने लागेमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुहोस्।
  • साबुन पानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धोऔं।
  • बिरामी वा संकास्पद लक्षण भएकाहरुले मास्कको सही तरिकाले प्रयोग गरौं।

संसारमा कुनै पनि राष्ट्र कोभिड-१९ को महामारी तथा अन्य महामरीको लागि तयारी अवस्थामा छैनन्। नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देश त तयारी अवस्थामा हुने कुरै भएन। त्यसैले त अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरु थलिएका छन् कोरोनाले।

हामी कोरियाको जस्तो सबै जनतालाई टेस्ट गराउन सक्दैनौं। न हाम्रो क्षमताले सबै बिरामीलाई भर्ना गर्न सक्छ न त सबै बिरामी भर्ना गर्नैपर्ने अवस्थामा हुन्छन्। त्यसैले सरकारबाट भनिएका कुराहरुको पालना गरौं। सरकारको आलोचना गर्नेभन्दा आफूले जानेको कुरा सबैलाई सिकाऔं, अफवाह नफैलाऔं।

मास्क जस्ता चिजहरुको स्वस्थ मानिसहरुले प्रयोग गरेर कृतिम अभाव नबनाऔं, जसले गर्दा आवश्यक व्यक्तिहरुले नपाउन सक्छन्। यसका साथै सरकारलाई आफ्ना कार्यहरु गर्न हौसला प्रदान गरौं, स्वास्थ्यकर्मीको मनोबल बढाऔं। धेरै मानिसको ज्यानमाथि अनावश्यक राजनीति नगरौं। समग्रमा हामीसँग एकजुट हुनेभन्दा अर्को विकल्प छैन।


के हो क्वारेन्टाईन ? के हो लकडाउन ?

Tags: Corona Virus #Covid19Self IsolationSelf Quarantine
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

क्यान्सर रोगमा रेडियोथेरापीको भूमिका

Next Post

गर्मीयाममा लाग्ने रोगहरु र यसबाट बच्ने उपायहरु

Related articles

Cervical cancer awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)
Health

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय

1 month ago
852
Family welfare division digital library
Health

परिवार कल्याण महाशाखाको डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र परिचय #digitallibrary

1 month ago
813
थाइरोइड र मुटुबिचको सम्बन्ध #thyroid #hearthealth
Health

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

2 months ago
1.1k
सामान्य विज्ञान विज्ञलाई चिकित्साशास्त्रचार्यको उपाधी दिने प्रपञ्च
Health

सामान्य विज्ञान विज्ञलाई चिकित्साशास्त्रचार्यको उपाधी दिने प्रपञ्च

2 months ago
3.7k
Cholesterol& tg knowledge by dr sahdev dhungana
Health

कोलेस्ट्रोल र टी.जि. (ट्राइग्ल्राइसेराइड्स) सम्बन्धि जान्नुपर्ने कुराहरू

2 months ago
1.6k
High blood pressure control dr amrit bogati
Health

उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु #HighBloodPressure

2 months ago
1.2k
Next Post
✍️ डा. दिपेन्द्र कार्की

गर्मीयाममा लाग्ने रोगहरु र यसबाट बच्ने उपायहरु

Comments 3

  1. Pingback: के हो क्वारेन्टाईन ? के हो लकडाउन ? – Health News Nepal
  2. Pingback: चिकित्सक संघले बनायो कोभिड संक्रमितको उपचारमा खटिने डाक्टरको लागि १०० बेडको क्वारेन्टाइन • Healt
  3. Pingback: के हो पल्स अक्सिमिटर ! कसरी प्रयोग गर्ने ? #Oximeter • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,137)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In