सेल्फ क्वारेन्टाइन
क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो। अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो। कोरोना भाइरसको सवालमा अन्तर्राष्ट्रिय स्तरमा हालसम्म भएका खोज तथा अनुसन्धानहरुले १४ दिनको अवधिसम्म सेल्फ क्वारेन्टाइन गर्नुपर्ने हुन्छ।
सेल्फ आइसोलेसन
रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन भनिन्छ। अनि रोगी व्यक्ति अस्पताल नगई आफैं छुट्टै बस्ने प्रक्रिया सेल्फ आइसोलेसन हो। कोभिड-१९ प्रमाणित भएका बिरामी जो सामान्य अवस्थामा छन्, घरमै आराम गरेर बस्नुलाई यहाँ सेल्फ आइसोलेसन भनिएको हो। जसको कारणले अस्पतालमा हुने अनावश्यक जोखिमबाट आफू पनि बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ।
बुझ्नुपर्ने कुरा के हो भने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनको मुख्य उद्देश्य अरुलाई रोग सर्न नदिनु हो।
कसरी गर्ने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइन?
- यदि तपाईं सम्भावित संक्रमित हुनुहुन्छ भने आफ्नो बालबच्चा, श्रीमान्, श्रीमती वा बुढापाका अनि आफन्तहरुबाट सम्भव भएसम्म छुट्टै बस्नुहोस्।
- यदि सम्भव छ भने छुट्टै कोठमा मा बस्नुहोस्। अन्य मानिसबाट करिब ६ फिट जतिको दूरी कायम राख्नुहोस्।
- सकेसम्म छुट्टै बाथरुमको प्रयोग गर्नुहोस् तर नेपालको सन्दर्भमा यो व्यावहारिक नहुन सक्छ।
- तपाईंले छोएका वा खोक्दा छिट्टा परेका सतहहरुमा समेत भाइरस हुन सक्छन्, त्यसैले विचार पुर्यारउनुहोस्।
- तपाईंले यदि घरपालुवा जनावर पाल्नुभएको छ भने त्यसको सम्पर्कबाट टाढै रहनुहोस्। तपाईंलाई उपचार जरुरी छ भन्ने लागेमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुहोस्।
- साबुन पानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धोऔं।
- बिरामी वा संकास्पद लक्षण भएकाहरुले मास्कको सही तरिकाले प्रयोग गरौं।
संसारमा कुनै पनि राष्ट्र कोभिड-१९ को महामारी तथा अन्य महामरीको लागि तयारी अवस्थामा छैनन्। नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देश त तयारी अवस्थामा हुने कुरै भएन। त्यसैले त अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरु थलिएका छन् कोरोनाले।
हामी कोरियाको जस्तो सबै जनतालाई टेस्ट गराउन सक्दैनौं। न हाम्रो क्षमताले सबै बिरामीलाई भर्ना गर्न सक्छ न त सबै बिरामी भर्ना गर्नैपर्ने अवस्थामा हुन्छन्। त्यसैले सरकारबाट भनिएका कुराहरुको पालना गरौं। सरकारको आलोचना गर्नेभन्दा आफूले जानेको कुरा सबैलाई सिकाऔं, अफवाह नफैलाऔं।
मास्क जस्ता चिजहरुको स्वस्थ मानिसहरुले प्रयोग गरेर कृतिम अभाव नबनाऔं, जसले गर्दा आवश्यक व्यक्तिहरुले नपाउन सक्छन्। यसका साथै सरकारलाई आफ्ना कार्यहरु गर्न हौसला प्रदान गरौं, स्वास्थ्यकर्मीको मनोबल बढाऔं। धेरै मानिसको ज्यानमाथि अनावश्यक राजनीति नगरौं। समग्रमा हामीसँग एकजुट हुनेभन्दा अर्को विकल्प छैन।
http://4.188.83.218/static/3592.jpghealth/quarantine-lockdown-explained/





