Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ २०
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मानसिक रुपमा फ्रेस हुने १० उपायहरु #MentalFreshness

HNN Staff by HNN Staff
May 4, 2022
in Health
A A
0
Mental freshness is key to happiness

Mental Freshness is key to happiness

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

१. कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ। यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन। बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पुर्‍याउँछ। शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ। त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने।

२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने। हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो। तर हामीमा केही गलत धारणा पनि रहन सक्छ। अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो। त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु हुदैन। धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन्। जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामीलाई मनोरोग लाग्न सक्छ। हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई अबमूल्यन गर्ने होईन।

Mental health illustration
Mental health illustration

३. पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन। बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ। त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैन, मन ढुक्क पार्नुपर्छ। किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन। राशिफल हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य भइसक्यो। त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद गर्नुहुँदैंन। बरु सफा पानी, ताजा खानेकुरा खाने, राती बाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छन्। त्यसैले पूराना गलत चलन पनि हटाउनुपर्छ।

४. हरेक काममा खुसी, सुखी तथा सन्तुष्ट बन्ने, दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल। असफल हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ। निराश हुनुहुँदैन। अरुसंग पनि सरसल्लाह लिनुपर्छ। कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन्। यस्तो अवस्थामा आत्तिनु हुँदैंन। कतिपय समस्या आफै पनि समाधान भएर जान्छन्। ३, ४ महिनापछि आउने समस्यालाई लिएर पहिल्यै चिन्तित हुनुहुँदैन। बरू देखिएका समस्यालाई एउटा योजना बनाई यो पछि यो गर्छु भनी योजना बनाई अघि बढ्नुपर्छ। कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन् जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ। तर वास्तविकता त्यस्तो हुँदैन। त्यसैले धेरै टिभी, रेडियो हेर्न सुन्न हुँदैन।

Truederma 1

५. जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने। धेरै मानिस आफू कहाँबाट आएको भन्ने कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष भईरहन्छन्। विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगे भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ। धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ। तर मिहिनेत गर्न छाड्नु हँुदैन। पूराना असफलता केलाउँदै लक्ष्यमा पुग्नुपर्छ।

६. लागूपदार्थ तथा दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यस्ता वस्तुबाट टाढा रहने।

७. दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ। समाजमा ठूलाले सानालाई हेप्ने, आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने प्रवृत्ति पनि पाइन्छ। यस्तो प्रवृत्ति आपराधिक मानिन्छ र यसलाई अन्त्य गर्नुपर्छ। समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसले उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ। कसैलाई डर हुदैन, सबैको कल्याण हुन्छ।

के हो माइग्रेन ? यसको उपचार तथा निदान #Migraine

८. अति नैतिकवान नबन्ने तथा अरूबाट पनि त्यस्तो आशा नगर्ने। समाजमा कोही मानिस अति नै नैतिक हुन्छन्। यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन्। अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पुर्‍याउछन्। तर समाज त्यस्तो छैन। समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन। सोहीकारण मनोरोग लाग्न पुग्छ। त्यसैले हामी केही हदसम्म तलमाथि हुनैपर्छ। केही मानिसलाई आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन। त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन्। यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ। त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ। समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ।

९. मनका कुरा अरूलाई भन्ने बानी गर्ने। हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ। हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ। काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ। आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त हुन जान्छ।

१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ। मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ। अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन्। डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन। त्यसैले आत्तिन हुँदैन। सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन।

कोरोना संक्रमण, यसको मनोसामाजिक पक्ष र समय ब्यवस्थापन

Tags: Mental HealthPsychosocial
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

आईतबार ओपिडी बन्द हुनुपर्ने सरकारी चिकित्सकको माग

Next Post

कोरोनाको खोप लगाउन छुटेकोलाई मतदानस्थलमै लगाइने

Related articles

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर
News

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर

2 weeks ago
775
गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट
News

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट

2 weeks ago
775
Healthy pregnancy tips
Health

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

3 months ago
775
Nepali khana thaali set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

4 months ago
775
Fruits for healthy winter
Health

🍎🍐🥬 Healthy fruits to eat during winter season #WinterHealth

5 months ago
775
✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन dr satish niraula senior family physician
Health

मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes

7 months ago
775
Next Post
Covid vaccine

कोरोनाको खोप लगाउन छुटेकोलाई मतदानस्थलमै लगाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...