डडेल्धुरा , ६ असार
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा र ह्युमिनिटी फाउन्डेसन सहयोगमा नेपालले खरिद गरेको कोरोना परिक्षण गर्ने पीसीआर मेसिन डडेल्धुरा ल्याउन लागिएको छ। शुक्रबार काठमाण्डौबाट ट्रकमार्फत पठाएको मेसीन सोमबार मात्र डडेल्धुरा पुग्ने डडेल्धुरा अस्पताल विकास समितीका अध्यक्ष करुणाकर ओझाले बताए ।
ओझाका अनुसार , ‘हिजो काठमाण्डौबाट पठाएको हो पहिरोले राकियो । आज राती धनगढी पुग्छ । भोली डडेल्धुरा पुगे पछि मात्रै पिसिआर परिक्षण कहिलेबाट हुन्छ भन्ने यकिन जानकारी भएको छैन। पहिला पिसिआर परिक्षण गुणस्तर हेर्छौ र अनी मात्रै पिसिआर परिक्षण सुरु हुने ओझाले बताउनु भयो।
फाउन्डेसनले सुदूरपश्चिम प्रदेश तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौँबाट ट्रक आईरहेको ओझाले जानकारी दिए।