10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना भाइरस: आयुर्वेदको आँखाले हेर्दा डा. सविता भण्डारी

HNN Staff by HNN Staff
March 24, 2020
in Health
Reading Time: 2 mins read
A A
4
Dr Sabita Bhandari

Dr Sabita Bhandari

773
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
हाल सारा संसार कोरोना भाइरसको संक्रमणबाट त्रस्त एवं ग्रस्त छ । संसार नै यसबाट पीडित भइरहेको अवस्था छ । संसारभरका चिकित्सक, वैज्ञानिकहरू यो बिल्कुलै नौलो रोग भएकाले यसको शोध र अनुसन्धानमा लागिरहेका छन् । यस भाइरससँग लड्नको लागि अनेकौँ राष्ट्रहरूले अरबौँ रकमको घोषणा गरे । केही देशले त संकटकालको समेत घोषणा गरिसकेका छन् । आखिर यस्ता समस्या पैदा कसरी भइरहेको छ ? यसको आयुर्वेद चिकित्साको माध्यमबाट स्थायी समाधान के हुनसक्छ त ? यो आजको चर्चाको विषय हो ।

आयुर्वेद पद्धति चिकित्सामध्येको सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो भनेर सबैले मानेजस्तो गरेतापनि जब जब यस्तो भयानक परिस्थिति आउँछ तब कसैको ध्यान यसतर्फ जादैँन । यस्तो जटिल परिस्थितिलाई पनि आयुर्वेद चिकित्सा पद्धतिद्वारा अति सरल र सहज तरिकाले निवारण गर्न सकिन्छ भन्ने कसैलाई विश्वासै हुँदैन । किनकि मानिस जति जटिल समस्या छ त्यतिनै जटिल निवारणको खोजीमा हुन्छ ।

के आयुर्वेदमा हाल देखिने रोगहरुको वर्णन पाइन्छ त ?
आयुर्वेदको कुरा उठ्ने बित्तिकै उब्जिने पहिलो प्रश्न नै यही हो र यसको सहज जवाफ हो – ‘हुन्छ’ ।

तर कसरी त?
किनकि आयुर्वेद एक पूर्ण चिकित्सा पद्धति हो र यसमा हालका कुनै पनि रोगको तुलना गरेर त्यसको कारण बुझी समाधान गर्न सकिन्छ । आयुर्वेद ग्रंथ संस्कृतमा भएको र आम मानिसमा भाषाको असहजताका कारण केही दुविधा भएतापनि हरेक स्वास्थ्य समस्याको समाधान भने अवश्य गरेकै हुन्छ । अङ्ग्रेजी नाम वा हाल पत्ता लागेको हो भन्ने बित्तिकै त्यो रोग बिल्कुलै नयाँ हो भन्ने पनि हुँदैन ।
उदाहरणको लागि , आयुर्वेदको सुश्रुत संहितामा रोग सर्ने तरिकाको बारेमा दिइएको एउटा श्लोक हेर्दा त्यो समयमा र हालको समयमा रोग सर्ने तरिकाको वर्णनमा केही भिन्नता भएको देखिदैन ।

प्रसंगाद्गात्रसंस्पर्शान्निःश्वासात् सहभोजनात् ।

सहशय्यासनाच्चापि वस्त्रमाल्यानुलेपनात् ।।

कुष्ठं ज्वरश्च शोषश्च नेत्राभिष्यन्द एव च ।

औपसर्गिकरोगाश्च संक्रामन्ति नरान्तरम् ।। 

सुनि५–३२्३३
अर्थात् रोगीसँग संसर्गबाट, शरीरमा स्पर्श गर्नाले , श्वासप्रश्वासबाट, एकैसाथ भोजन गर्नाले, एकै ओच्छ्यानमा सुत्नाले तथा रोगीको कपडा, माला र अन्य सामाग्रीको प्रयोगबाट कुष्ठ, ज्वरो, राजयक्ष्मा, नेत्र रोग आदि रोग एक मानिसबाट अरुमा संक्रमण हुनसक्छ ।
यस्तो समस्यालाई आयुर्वेदमा जनपदोद्ध्वंससँग दाजेर त्यसै अनुरूपको व्यवहार र नियमको पालना गर्नाले यसबाट बच्न सकिन्छ । साथै यदि आयुर्वेदमा बताइएका अति सरल र सुलभ कर्महरू गर्नाले सारा संसार सुख र खुसीका साथ जीवन व्यतीत गर्न सक्छ भन्ने मेरो विश्वास छ ।

के हो जनपदोद्ध्वंस ?

भिन्दाभिन्दै आहारको सेवन गर्ने, भिन्दाभिन्दै खाने–पचाउने, काम गर्ने क्षमता भएका, विभिन्न उमेरसमूह र प्रकृतिका मानिसहरूमा हावा, पानी, देश (भूमि) र समय यी चार कुराको विकृति भएर एकैप्रकारको रोग लाग्दछ भने त्यो नै जनपदोद्ध्वंस हो ।

यसबाट बच्ने उपाय के छ त ?
क) कारणको परित्यागः कुनै पनि रोगको केही न केही कारणबाट लागेको हुन्छ र सोको त्याग गर्नाले त्यो रोगको निवारण हुन्छ वा थप कष्टदायक हुन पाउँदैन ।

ख) शरीर शोधन गर्नको लागि पञ्चकर्म र पञ्चकर्मपश्चात् रसायन औषधिको सेवन,

के हो पञ्चकर्म? : यो आयुर्वेद चिकित्साको बलियो पक्ष हो, जसमा वमन, विरेचन, शिरोविरेचन, वस्ति र रक्तमोक्षण पर्दछ, जसद्वारा शरीरमा रहेका विकार पदार्थ सम्पूर्णरूपमा नष्ट हुन्छन् ।

के हो रसायन ?
यज्जराव्याधिनाशनम् तत् रसायनम् । अर्थात् जसले रोगको नाश गर्दछ साथै शरीरको रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्दछ ।

ख) आहार–औषध संग्रहः
यस्तो भैपरि आउने समस्याको लागि पहिला नै खानेकुरा र आवश्यक औषधीहरूको संग्रह गर्नुपर्दछ जस्तैः तुलसी, गुडूची, अमला, भूइँअमला, बेसार, अदुवा, काँचो बेल, ज्वानो, मरिच, पिप्ला, कुरिलोआदि सम्भावित रोगमा आवश्यक पर्ने औषधीहरू ।
ग) ब्रह्मचर्य अर्थात् ब्रह्म भन्नाले सत्य र चर्य भन्नाले कर्म, सत्कर्महरू; जसले आफ्नो र अरु कसैको हानि नहोस् ।
घ) दया, दान, सदाचारका कर्महरू एवं शान्ति कर्म ।

ङ) धार्मिक व्यवहार, वचन र आचरण ।

च) देवता, ऋषि र जितात्मा (चिकित्सक आदि) हरूसँग सत्संग, जसले गर्दा देवता, ऋषिहरुको संगत गर्नाले गलत आचरणको प्रवृत्तिमा ह्रास आउँदछ भने चिकित्सकहरुको संगत गर्नाले रोगको प्रतिकारको उपायहरु बुझ्न सरल हुन्छ ।

छ) विकृत भएको स्थान त्याग ।

ज) दैवव्यपाश्रय चिकित्सा अर्थात् मणिधारण, जप, हवन, दान, धर्म आदि कर्महरु ।

झ) यदि मौसममा विकृति छ भने मौसम अनुरूपकै आचरण ।
माथिका केही बुँदाहरू अति रूढीवादी, अन्धविश्वासी देखिने र त्यसको कुनै तत्कालै परिणाम देख्न नसकिएता पनि त्यसको असर भने अवश्य पर्दछ र यदि त्यस्ता कर्महरु गर्ने नै हो भने पनि आफू र अरूलाई कुनै पनि दुष्प्रभाव भने अवश्य पर्ने छैन । त्यसैले मनन र व्यवहार गरौँ । आफू बचौँ र अरूलाई पनि सहयोग गरौँ ।

✍️लेखक पतञ्जलि मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धूलिखेलमा प्राध्यापनरत हुनुहुन्छ ।

Tags: AyurvedaCorona Virus #Covid19
SummarizeShare422ScanTweet146

Related articles

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
November 27, 2024
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

2. TB Communicable Disease

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

by HNN Staff
June 12, 2024
0

TB is an infectious disease caused by the bacillus Mycobacterium tuberculosis. It particularly affects the lungs (pulmonary TB) but can affect other sites as well (extra pulmonary TB)....

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.