फ्रान्सबाट नेपाल आएका एक नेपालीलाई कोरोना पुष्टि, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौं : चैत्र १० स्वास्थ्य मन्त्रालयल नै काठमाडौंमा एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो घटना फ्रान्सबाट आएकी युवतीमा देखिएको मन्त्रायले जनाएको छ। चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी दिएको हो।

2nd Corona patient Nepal
2nd Corona patient Nepal

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा राखिएकाे छ। विमानस्थल ओर्लिनासाथ उनलाई क्वारेन्टाइनमा राखिएकाे थियाे। अहिले उनकाे उपचार शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भइरहेकाे छ।

उनीसँगै आएका अरु सबैलाई क्वारेन्टाइनमै राखिएकाे सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले जानकारी दिए।

Next Post
ADVERTISEMENT