नोबल कोरोना भाईरस (कोभिड १९) चीनको वुहान शहरबाट शुरुवात भई विश्वभरि माहामारीको रुपमा विश्वको २०८ देशमा फैलिसकेको र हालसम्म ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाईरसका मुख्य लक्षणहरुमा १००.४ डिग्री भन्दा बढि ज्वरो, छाति दुख्ने, स्वास प्रश्वासमा गाह्रो हुने, सुख्खा खोकी लाग्ने, माँसपेशी दुख्ने, र कमजोरी महसुस हुने ।
अस्पतालका चुनौतिहरुः
१) पर्याप्त मात्रामा विशेषज्ञ स्वास्थ्यकर्मीको अभाव
२) आईसोलेसन वार्डको कमी
३) भेन्टिलेटर मसिनको कमी (उपत्यकामा जम्मा २०० वटा मात्र रहेको)
४) स्वास्थ्यकर्मीको सुरक्षाको चिन्ता
५) पर्याप्त मात्रामा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (PPE) को अभाव
६) ज्वरो आएका बिरामीहरुलाई ज्वरो क्लिनिकको अभाव
७) फोहोर मैला व्यवस्थापनमा चुनौति (बिरामीबाट निस्किएको फोहोर मैला व्यवस्थापन डबल जिप लकरमा प्याक गरी निश्चित ठाँउमा १४दिनसम्म राख्ने र बिरामीको रिपोर्ट अनुसार डिस्पोज गर्ने)
८) अस्पतालमा कार्यरत सुरक्षाकर्मी र सरसफाईमा कार्यरत कर्मचारीहरु, डाक्टर, नर्स, पारामेडिक्स लगायतका सबै कर्मचारीलाई कोरोना भाईरस सम्बन्धमा सचेत र जानकारी गराउने

कसरी सचेत हुनेः
१) विदेशबाट आएका सबैको पहिचान गरेर प्रत्यक्ष निगरानिमा राख्नुपर्ने
२) आधिकारिक श्रोत बाट आएको समाचारलाई मात्र विश्वास गर्ने (जस्तै WHO, MOHP)
३) जथाभावी हिडडुल नगर्ने, सबैसँग सम्पर्कमा नआउने, भिडभाडमा नजाने
४) संक्रमित बिरामीको फोहोर मैलाको उचित व्यवस्थापन गर्ने
५) ६० वर्ष भन्दा माथिको मानिसलाई बिरामीको कुरुवा नराख्ने
६) रुघा खोकी लागेको बिरामिको सम्पर्कमा नआउने
सुरक्षित कसरि रहने ?
१) नियमित रुपमा सरसफाईमा ध्यान दिने (अल्कोहल बेस्ड स्यानिटाईजरले हात धुने)
२) नाक मुख रामोसँग छोप्ने (मास्कको प्रयोग गर्ने)
३ सामाजिक दुरी कायम गर्ने
४) रुघा खोकी ज्वरो फ्लु जस्तो लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने
Comments 1