Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes

HNN Staff by HNN Staff
November 14, 2020
in Disease, Health
Reading Time: 8 mins read
A A
1
Diabetes must know 15 facts by Health News Nepal

Diabetes must know 15 facts

731
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘नर्स र मधुमेह’, “मधुमेह: नर्सहरुले फरक पार्दछन” भन्ने नारासाथ आज विश्वभर मनाइँएको छ । नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले मधुमेह दिवस मनाएका छन् ।

Dr Bhojraj Adhikari, Consultant Physician
✍Dr Bhojraj Adhikari, Consultant Physician

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।

विश्वमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।

समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ ।

मधुमेहसम्बन्धी केही जानकारी :

१. विश्व मधुमेह दिवस सन् १९९१ बाट मनाउन शुरु गरिएको थियो ।

World Diabetes Day 2020
World Diabetes Day 2020

२. अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरमा ४२ करोड ५० लाख मानिस मधुमेहबाट प्रभावित छन् ।

३. सन् २०३५ सम्ममा १० प्रतिशत मानिसहरुमा मधुमेहको प्रभाव देखिने अनुमान छ ।

४. प्रत्येक दुई जना मधुमेह भएका व्यक्तिहरुमध्ये एकजनालाई आफूलाईलाई मधुमेह लागेको थाहा हुँदैन । तसर्थ प्रभावित संख्या अहिलेको आँकडाभन्दा धेरै बढी हुन सक्छ ।

५. सन् २०१६ को आइडीएफमा बुझाइएको डाइबिटिज प्रोफाइल अनुसार नेपालमा कूल जनसंख्याको ९.१ प्रतिशत मानिसहरुमा मधुमेह भएको देखिन्छ । एकिन तथ्यांकको कमी र रोगको राजधानी मानिने भारत र चीनबीचको भौगोलिक अवस्थित र जीवनशैलीको सामिप्यता हेर्दा यो संख्या अझै भयावह हुन सक्ने देखिन्छ ।

http://4.188.83.218/static/3592.jpgnutrition/diet-per-diseases/

६. अमेरिका जस्तो विकसित राष्ट्रमा प्रतिव्यक्ति करिव २ हजार डलर प्रति वर्ष मधुमेह लाग्दा खर्च हुने देखिन्छ भने १ हजार डलर प्रतिव्यक्ति प्रतिवर्ष आय भएको हाम्रो मुलुकको एउटै परिवारमा मधुमेह हुँदा हुने आर्थिक भार सजिलै बुझ्न सकिन्छ । नेपालको यो वर्षको मूल नारा : ‘नर्स र मधुमेह‘ हो ।

यो नारा छनोटमा पर्नुको मुख्य कारणहरु यसप्रकार छन् :

  • परिवारमा कुनै एक जना रोगी भए पनि त्यसको प्रत्यक्ष असर पूरा परिवारमा पर्छ ।
  • रोगबाट पीडित पनि र राहत दिने स्रोत पनि परिवार नै हो ।
  • आर्थिक व्ययभार धेरै बढेर जान्छ
  • रोगको अनुभव र रोगसम्बन्धी शिक्षाको आदानप्रदान परिवारमा प्रत्यक्ष रुपमा हुने गर्दछ ।
  • खानपान र जीवनशैलीको जोखिम र वंशाणुगत असर सबै सदस्यहरुमा उस्तै हुने हुनाले यो विषय शिक्षित हुनु जरुरी छ ।

७. मधुमेह शरीरमा प्याङक्रियाज नामको ग्रन्थीले उत्पादन गर्ने इन्सुलिन हर्मोनमा कमी भएर अथवा उत्पादन भएर पनि काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी हुनाले देखिने रोगहरुको संक्रमण हो ।

http://4.188.83.218/static/3592.jpgnews/30-percent-nepalese-high-blood-pressure/

८. यदि कसैलाई ३० वर्षभन्दा कम उमेरमा मधुमेह देखा पर्‍यो भने त्यसलाई Type 1 मधुमेह भनिन्छ भने ३० वर्षभन्दा बढी उमेरमा लागेमा त्यसलाई Type 2 मधुमेह भनिन्छ । विश्वभरमा Type 1 DM कूल प्रभावित मध्येको लगभग १० प्रतिशतलाई भएको तथ्यांक छ भने Type DM 2 लगभग ९० प्रतिशतलाई भएको तथ्यांक छ ।

९. अन्य मानिसको तुलनामा मधुमेहलाई मुटु र रक्त नलीहरूमा देखिने असर ३६ प्रतिशतले बढी हुन्छ भने मधुमेहमा मोटोपन, उच्च रक्तचाप, कोलेस्ट्रोल पारिवारिक सुगर रहेमा त्यो जोखिम ५० प्रतिशत हुनजान्छ ।

१०. मधुमेहले विशेषगरी मुटु, मस्तिष्क, मृगौला, आँखाको रेटिना, स्नायु प्रणालीमा असर गर्दछ र शरीरको रोगप्ररोधात्मक क्षमतामा ह्रास ल्याउँछ ।

११. मधुमेहको जटिलताबाट बच्नु यसको उपयुक्त उपचार हो ।

१२. मधुमेहमा खानपान, जीवनशैलीको व्यवस्थापन र विज्ञचिकित्सकको राय अनुसारको उपचार नै उपयुक्त त्रिकोणात्मक समाधान हो ।

http://4.188.83.218/static/3592.jpghealth/diabetes-patient-meal/

१३. नेपालीहरको अक्सर खानामा करिव ६० प्रतिशत कार्बोहाइड्रेटको हिस्सा हुन्छ जुन मधुमेह हुन जोखिम र भइसकेकालाई सुगर नियन्त्रणमा अवरोध हो । ३० प्रतिशतभन्दा कम कार्बोहाइड्रेड फलफूल र फाइबरयुक्त खाना (सागसब्जी) मा जोड प्रोटिन, माछा, सेतोमासु) को मात्रामा बृद्धि १० प्रतिशतभन्दा कम बोसोको मात्रा पटकपटकको कम क्यालोरिजन्य खाना (दैनिक १६००–१८०० KCL) र बेलुकाको खानाको मात्रामा कटौती र धुम्रमापन र मध्यपान नगर्नु नै उपयुक्त आहारहु्न्छ ।

१४. तनाव मुक्त जीवन दैनिक ३० मिटेनको फटाफाट हिँडाई (हप्तामा कम्तिमा १२० मिनेट) मोटोपन र उच्च रक्तचाप, नियन्त्रण खेलकुद र ब्यायम उचित जीवनशैलीका आधारहरु हुन् ।

१५. चिकित्सकको परामर्शद्वारा निर्देशित नियमित औषधि सेवन गर्ने, अवैज्ञानिक वस्तुहरू, जडीबूटी, जमराको जुस, आदि) सेवन नगर्ने, शरीरमा जटिलता उत्पन्न भई इन्सुलिन सुई प्रयोग भएको भए उचित प्रयोग र नियमित चेक जाँचको होसियारी मेधुमेहीले गर्नु जरुरी छ ।

http://4.188.83.218/static/3592.jpgnews/diabetes/

Tags: Blood PressureDiabetesDr.Bhojraj AdhikariFeatured
SummarizeShare376ScanTweet148

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    831 shares
    Share 332 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    694 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    673 shares
    Share 290 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    690 shares
    Share 307 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल
  • काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा
  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.