डडेल्धुरा , १९
सुदूरपश्चिम प्रदेशमा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जितेका हुन्।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।
डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी दिए।सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन्। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए।
हाल सम्म सुदुरपश्चिममा २५ जनमा कोरोनाको संक्रमण देखिएको छ। नेपाल भरी २२१ जनाले कोरोनाको लडाइँ जितेर घर फर्किसकेका छ्न। कोरोना सन्क्रमितको संख्या १५६७ पुगेको छ।