Magnus pharma
आज: २०८२ चैत्र १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा निःसन्तानपन

निःसन्तानपनको समस्या नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ।

HNN Staff by HNN Staff
April 13, 2021
in Articles
Reading Time: 23 mins read
A A
1
नेपालमा घट्दै प्रजनन क्षमता, समस्याको रुपमा  निःसन्तानपन
595
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

विवाहपछि अधिकांशको सन्तान जन्माउने चाहना हुन्छ। तर सबै दम्पतीका लागि सन्तानको जन्म सामान्य हुँदैन। निकै प्रयासका बाबजुद पनि केही दम्पतीले सन्तानको सुख पाउन सकिरहेका हुँदैनन्।

अहिले नेपालमा पनि निःसन्तानपन ठूलै समस्याका रुपमा छ। यो समस्या वर्षेनी बढ्दो देखिन्छ। सामान्यताः कुनै पनि दम्पतीले प्राकृतिक रुपमा एक वर्षसम्म सन्तानको प्रयास गर्दागर्दै पनि नभए त्यसलाई निःसन्तानपन भनिन्छ।

उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ। कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन। यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ।

प्राकृतिक रुपमा गर्भवती हुन आधारभूत यी चार वटा कुरा सामान्य हुन आवश्यक छ। एक, श्रीमानको वीर्य। दोस्रो, श्रीमतीको पाठेघर स्वस्थ हुनुपर्छ। तेस्रो, महिलाको अन्डा उत्पादन गर्ने शक्ति राम्रो हुनुपर्छ र चौंथो, ट्युब खुलेको हुनुपर्छ।

हामीले चार वटा कुरालाई आधार मानेर हेरेपछि मात्र समस्या के हो भनेर पत्ता लगाउन सक्छौं। महिलामा मधुमेह, थाइरोइड, रक्तचाप, महिनावारी गडबडी छ कि भनी हेर्छौं। पहिले सन्तान खेर गएको छ या सेतो पानी बग्ने समस्या छ कि भनेर पनि हेर्नुपर्छ।

पुरुषमा पनि यौन समस्या भए नभएको, योनीमा चोटपटक लागेको, लागुपदार्थको प्रयोग गर्ने–नगर्ने दुवै हेर्न आवश्यक छ।

विश्वभर निःसन्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ। निःसन्तानपनको समस्या हुनुमा महिला र पुरुष दुवै कारण हुन्।

वैदेशिक रोजगारीमा जाने पुरुषमा झन् निःसन्तानपनको समस्या बढी भेटिन्छ। पुरुषमा हुने निःसन्तानपनको समस्याका कारण विशेषगरी विर्यको कमी, उमेर, वंशाणुगत या अन्य कुनै रोग हुनसक्छ।

महिलामा भने ट्युब ब्लक हुँदा, अन्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अन्डा उत्पादनमा समस्या हुन्छ। पाठेघरमा ट्युमर भए या संक्रमण भए, वंशाणुगत कारण, हर्मोनको गडबडी, पटकपटकको गर्भपतन र पाठेघरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ।

तर, अहिले धेरैमा देखिने आम कारण भनेको महिलामा ट्युब ब्लक, अन्डा उत्पादनमा समस्या, पुरुषमा विर्यको कमी र ढिलो विवाह नै देखिन्छ। समयमै निदान भए समस्या अनुसार उपचार पनि हुन्छ।

यसको विशेषगरी दुई वटा उपचार हुन्छ। एक, आइयुआई र दोस्रो, आइभिएफ अर्थात् टेस्टयुब बेबी।

आइयुआई उपचारमा श्रीमानको विर्य या डोनर स्पर्म महिलाको पाठेघरमा प्रोसेस गरेर हाल्ने प्रक्रियालाई इन्ट्रायुटाइन इन्सेमिनेसन अर्थात् आइयुआई भनिन्छ। डोनर स्पर्म श्रीमानको विर्य नभएको अवस्थामा दम्पतीको अनुमति अनुसार मात्र राखिन्छ।

आइभिएफ प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। अन्डा बनाउने, अन्डा झिक्ने, श्रीमानको विर्य या डोनरको स्पर्म मिलाएर गर्भाधान गर्नेदेखि लिएर श्रीमतीको पाठेघरमा हाल्ने सबै प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। त्यसैले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो।

प्रजनन क्षमता हुने उमेरमै सन्तानको योजना बनाउनु राम्रो हुन्छ। ३५ वर्षपछि महिलाको अन्डा बनाउने शक्ति घट्दै जान्छ। आमाको पेटबाटै महिला सीमित अन्डा लिएर जन्मेका हुन्छन्। जीवनभर महिलाले नयाँ अन्डा बनाउँदैनन्। हरेक पटक महिनावारी हुँदा ती अन्डा खेर जान्छन्।

४५ वर्षपछि कृत्रिम तरिकाबाट सन्तान जन्माउन पनि गाह्रो नै हुन्छ। हुन त आइभिएफ ४५-५० उमेरसम्म पनि गर्न मिल्छ। तर छिटो योजना बनाए राम्रो हुन्छ।

अहिले प्रजनन् क्षमता घट्दै गएको छ। अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषण लगायतले पनि महिला र पुरुष दुवैमा प्रजनन क्षमता घट्दै गएको पाइन्छ। ३० वर्षको उमेरका महिलामा अन्डा बनाउने शक्ति १० वर्षअघि ४० वर्षकी महिलामा तुलना गर्यौ भने कम पाउँछौं।

त्यसैले २५ देखि ३५ वर्षभित्र सन्तान जन्माएको राम्रो हुन्छ। निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनुपर्छ। अध्ययन र करिअर भनेर यसलाई धेरै पर सार्नु हुँदैन।

स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्छ। करिअर तथा अध्ययनको योजना बनाएजस्तै सन्तान जन्माउने पनि योजना बनाउनुपर्छ। प्राकृतिक रुपमा सन्तानको प्रयास गर्दा पनि नभए अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्छ। समस्या भए पनि अस्पताल ढिलो गए उपचार गरे पनि सफल हुने सम्भावना निकै कम हुन्छ।

 

बझोपन तब हुन्छ जब एक जोडीले नियमित असुरक्षित यौन सम्पर्क गरे पछि गर्भधारणगर्न सक्दैनन् |बझोपन समस्या महिला,पुरुष वा दुवैजनामा वा अज्ञात समस्याको कारण हुन सक्छ|

बझोपन२ प्रकारकोहुन्छ:

  • Primary infertility :जोडीहरु जो कम्तिमा १ वर्ष सम्म गर्बधरण गर्नु भएनभने
  • Secondary infertility: १ पटक गर्भवती हुने समता भएको, तर अब असमर्थ छ भने

 

महिलामा बाझोपनको समस्या हुने कारणहरु:

  • उमेर
  • थाइरोइड रोग
  • मधुमेह
  • डिम्बग्रंथि अल्सर र पॉलीसिस्टिक अंडाशय सिंड्रोम ( PCOS)
  • ट्यूब अवरोध
  • ओभुलेशन डिसअर्डर
  • गर्भाशय फाइब्रॉएडहरू
  • एन्डोमेट्रियोसिस
  • धुम्रपान/ मध्यपान
  • तौल
  • खानपिन
  • यौन इतिहास
  • हर्मोनल असन्तुलन

पुरुषमाबझोपनको समस्या हुने कारणहरु :

  • असमन्यताशुक्राणु उत्पादन वा कार्य
  • कमशुक्राणु गणना
  • वतावरणीय कारणहरुमा
  • नलिका / नलिका उल्टो असफलता
  • हर्मोन असन्तुलन
  • धुम्रपान/ मध्यपन
  • तौल
  • खानपिन
  • यौन इतिहास
  • यौनसंक्रमित सक्रमण , चोट, शल्यक्रिया

 

मध्य बानेश्वरमा रहेको भेनस अस्पतालमा निःसन्तानपन विशेषज्ञ डा. अनुपमा  सुवाल गुरुङ र वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. प्रदिप कोइरालाले लामो समय बाट निःसन्तान दम्पतिहरुको उपचार गरिरहनु भएको छ ।

(डा अनुपमा भेनस अस्पतालमा स्त्री रोग तथा आइभिएफ, निःसन्तानपन विशेषज्ञका रुपमा कार्यरत छिन्।)

Tags: Corona Virus #Covid19Dr. Anupama Siwal GurungFertilityVenus Hospital
SummarizeShare244ScanTweet146

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    654 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    667 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.