Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2026
in News
Reading Time: 1 min read
A A
0
रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

रुपन्देहीमा ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ हुने भएको छ ।

नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २७ र २८ गते मणिग्राममा सम्मेलन हुन लागेको हो ।

उक्त सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने, ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने शनिबार आयोजित  पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष डा. केदार सुबेदीले बताए । सम्मेलनमा १५ भन्दा बढी अन्तर्राष्ट्रियस्तरबाट आमन्त्रित वक्ताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको डा. सुबेदीले जानकारी दिए ।

सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागर गर्ने लक्ष्य राखेको डा. सुवेदीको भनाइ छ ।

यस सम्मेलनमा पशु सेवा विभागका तर्फबाट समग्र पशुपन्छी क्षेत्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी बृहत् नीतिगत प्रस्तुति रहने र विभिन्न क्षेत्र तथा थिम अनुसारका कार्यपत्रहरू प्रस्तुत गरिने सुवेदीले बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित विज्ञहरूद्वारा विशेष प्रस्तुतिहरू राखिने कार्यक्रम छ’, अध्यक्ष डा. सुवेदीले भने, ‘विभिन्न देशका प्रतिष्ठित विज्ञहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा नवीन प्रविधि सम्बन्धी विषयहरूमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनका प्रमुख आकर्षणहरूमा प्राविधिक सत्रहरू, अनुसन्धान प्रस्तुतिहरू, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमहरू समावेश गरिएको नेपाल भेटनरी एसोसिएसन लुम्बिनी शाखाका अध्यक्ष डा. भरत काफ्लेले बताए

डा. काफ्लेले सम्मेलनमा पशुपन्छी क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्राविधिक क्षेत्रमा गर्नुपर्ने सुधार, नीतिगत सुदृढीकरण तथा नयाँ सरकारलाई आवश्यक नीतिगत सुझाब प्रदान गर्ने विषयमा व्यापक छलफल हुने व्यवस्था गरिएको छ बताए।

अर्थतन्त्र र रोजगारीको प्रमुख आधारको रूपमा रहेको पशुपन्छी क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा सुधारका उपायहरूबारे विस्तृत बहस समेत गरिने उनलेे बताए।

विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ आयोजना गरिएको । साथै, पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान पुर्‍याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान तथा राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरू प्रदान गरिने कार्यक्रम रहेको नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले बताए ।

सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह र सम्बन्धित निकायहरूका साथै खाद्य र कृषि संगठन (एफएओ), अमेरिकी भटमास निर्यात परिषद्, नेपाल भेटेरिनरी काउन्सिल, हेफर इन्टरनेशनल, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कृषि तथा वन विज्ञान विश्वविद्याल, हिकास्ट कलेज काठमाडौं तथा एनपीआई कलेज चितवन लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

सम्मेलनमा करिब ५ सय जना पशु चिकित्सकहरूको उपस्थिति रहने अनुमान गरिएको डा. न्यौपानेले बताए । सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान तथा नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

यस्तै एक स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने विश्वास लिइएको छ । ५५ वर्ष अघि स्थापना भएको संस्थामा दुई हजार ५ सय बढी भेटेरिनरी चिकित्सकहरु आबद्ध छन् ।

Tags: Dr. Kedar SubediNepal veterinary association
SummarizeShare237ScanTweet148

Related articles

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    876 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    646 shares
    Share 258 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.