✍️ डा. सम्बन्ध तण्डुकार, ड्राई नीडलिंग बिशेषज्ञ
ड्राई नीडलिंग के हो ? ( यो लेख यहाबाट सुन्न सकिन्छ)
ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन। शरिरको कुनै अंग वा मांशपेशी दुखिरहेको छ, एक्स-रे लगायतको परीक्षणमा केहि देखिएको छैन भने उपचारको सबैभन्दा उत्तम बिकल्प ड्राई नीडीलिङ् हो।
आज संसारका ठुला ठुला हस्पीटल अनि नेपालकै धेरै हस्पिटलले ड्राई नीडीलिङ् अबलम्बन गरेकाछन्। यसको प्रभावकारीता दीनानुदिन बढ्दै गएको अनुसन्धानले देखाएको छ।
यो विधीको प्रयोग किन गर्ने ?
यो बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन।
छोटो समयमा उपचार गर्न सकिन्छ ।
अकुपन्चर लगयतको बिधीबाट उपचार गर्दा महिनौं सम्म हस्पिटल धाउनुपर्ने हुन सक्छ तर यो बिधी बाट १/२ दिनमै रोग कमी हुन्छ । साथै, शारीरिक पीडा न्युन हुन्छ।
समय, आर्थिक स्रोतको बचत गर्न सकिन्छ ।
आफ्नो दुखाई निको भएको छैन / रोग पत्ता लागेको छैन तर आफुलाई पीडा भईरहेको छ भने यो बिधी बरदान साबीत हुन सक्छ। न्युन शुल्कमा उपचार गर्न सकिन्छ ।

यो विधीबाट कस्ता-कस्ता रोगको उपचार गरिन्छ ?
– हड्डि खिएको,
-नसा च्यापिएको,
– हाडजोर्नीको समस्या
-मांशपेशीको समस्या
-गर्दन दुखाई,
-प्यारालाइसिस, (स्पास्टिक)
-रिङगटा लाग्ने,
-पाइताला पोल्ने,
-माईग्रेन वा टाउको दुख्ने लगायतको रोगको लागी रामबाण साबीत हुन्छ।
कहाँबाट यो सेवा लिन सकिन्छ ?
खासगरी नेपालको एकदम नाम चलेका केहि हस्पिटलमा ड्राई नीडीलिङको सेवा पाउन सकिन्छ, जुन सबै सर्बसाधारणको पहुंचमा छैन। म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टरले सबै जनतालाई यो सेवा सहजै पुग्ने गरी सेवा बिस्तार गरेको छ । यदि तपाईलाई शरीरको कुनै( अंगमा दुखाईको अनुभब भएको छ भने यो सेवा लिन सक्नुहुनेछ। हामीले छिटो, छरीतो, सस्तो एबम् गुणस्तरीय तरिकाबाट सेवा दिएका छौं।
( डा तण्डुकार काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा कार्यरत हुनुहुन्छ।)