जाडो र प्रदुषणले गर्दा दिनहुुँ तीन गुणा मस्तिष्कघात वा पक्षघातका बिरामी अस्पतालमा भर्ना भएको देखिन्छ। जसको कारण जाडोयाम र पदूषण हो।
प्रदुषणले र जाडोयाममा किन हुन्छ् मस्तिष्कघात ?
जाडोयाममा चाहिँ रगतको गाडापन बढ्छ। किन गाडापन हुन्छ भन्दा खेरी पानी कम पिउनाले। जाडोयामले गर्दा systemic activation हुन्छ जसमा Epinephrine, Non epinephrine जस्ता हर्मोन्हरु निस्किन्छ्न र रगतको नलीहरु खुम्चिने र मुटुको चालमा परिवर्तन हुदा Clot ( रगत जम्ने) सम्भावना बढछ र जसले गर्दा मस्तिष्क घात वा पक्षघात गराउछ ।
जाडो महिनामा मस्तिष्कघात (स्ट्रोक) का बिरामीको संख्या बढ्छ । जापानमा गरिएको जनरल अफ न्युरोलोजी रिसर्च अनुसार गर्मीयामको तुलनामा जाडोमा तीन गुणा बढी स्ट्रोकको जोखिम हुन्छ ।
स्ट्रोक दुई कारणले हुन्छ। पहिलोमा रक्तनलीमा ब्लक भएर (इस्केमिक स्ट्रोक) र दोस्रो रगतनली चुहिएर वा फुटेर (हेमोरेजिक स्ट्रोक) । यसमा ८५ प्रतिशत रक्तनली ब्लक भएर स्ट्रोक हुन्छ ।
स्ट्रोकको समस्या जाडोयाममै बढी हुन्छ किन ?
जाडोयाममा चिसोका कारण वृद्धवृद्धालाई मुटुको चालमा गडबडी हुन्छ र रगतको गाढापन बढेको हुन्छ र यसले गर्दा रक्तनली ब्लक हुन्छ। अर्को मुख्य कारण वायु प्रदूषण हो । जसले छाती तथा मुटुको स्थिति बिग्रिने गर्छ । रगत गाढा भएर, नसा साँघुरिएर रक्तनली ब्लक हुन्छ । साथै जाडोयाममा कम पानी पिउने कारण शरीरमा डिहाइड्रेसन हुन्छ।
लक्षणहरु:
शरीरको कुनै एक भाग लुलो हुनु वा नचल्नु नै स्ट्रोकको प्रमुख लक्षण मानिन्छ । यसैगरी शरीरको कुन भागमा स्ट्रोक भएको छ, त्यही अनुसार लक्षण देखापर्छ ।
स्ट्रोक भएमा बिरामीको शरीरको कुनै एक भाग नचल्ने, हात वा खुट्टा नचल्ने, बोल्न समस्या हुनुका साथै उनीहरुको सुन्ने क्षमता समेत कम हुने, मुख बांगिने र आँखा धमिलो हुनेसमेत समस्या हुन्छ । जुन स्ट्रोकको सामान्य लक्षणमा पर्छ ।
कसलाई हुन सक्छ स्ट्रोक ?
मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या, कोलेस्टोरोल भएका र क्यान्सरका बिरामीलाई स्ट्रोकको जोखिम धेरै हुन्छ । साथै, गर्भनिरोधक चक्कीको सेवन गर्ने महिलामा पनि यसको जोखिम उच्च हुने गर्छ । त्यसैगरी ५० वर्ष नाघेका, वृद्धवृद्धालाई र व्यायाम कम गर्ने खतरा हुन्छ । व्यक्तिलाई जुनसुकै उमेरमा पनि स्ट्रोकको खतरा बढी हुने गर्छ ।
स्ट्रोक भएमा के गर्ने ?
पहिलो त स्ट्रोकको शंका लाग्ने बित्तिकै न्युरोलोजिस्ट, न्युरोसर्जन वा नजिक अस्पतालमा जहाँ २४ सै घण्टा सिटी स्क्यान तथा एमआरआई सेवा उपलब्ध अस्पतालमा परीक्षण गराइहाल्नुपर्छ । किनकि सुरुवाती अवस्था (केही घण्टाभित्र) उपचार गरेको खण्डमा बिरामीको ज्यान समेत बचाउन सकिन्छ ।
स्ट्रोक भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याएर उपचार गर्न सकेमा समान्य अवस्था फर्काउन सकिन्छ र यस्ता बिरामीलाई २४ घण्टाभित्र उपचार गर्न सजिलो हुन्छ।
बच्ने उपाय ?
– डायबेटिज र उच्च रक्तचापका बिरामीले नियमित रुपमा औषधि सेवन गरि नियन्त्रणमा राख्ने।
– मस्तिष्कघात भएका बिरामीले डाक्टरको परामर्श अनुसार रगत पातलो बानाउने औषधि सेवन गर्ने।
– न्यानो लुगा लगाउने।
– पर्याप्त मात्रामा तातोपानी, चिया वा झोलिलो खानेकुराका साथै पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
– मद्यपान र धुम्रपानबाट टाढा रहनुपर्छ ।
– प्रत्येक दिन केही समयको लागि
नियमित व्यायाम गर्ने ।
यसैगरी जाडोयाममा स्ट्रोकको जोखिम भएका बिरामी वा दीर्घरोगी र स्ट्रोक भइसकेका बिरामीले सकेसम्म बिहान र बेलुका मर्निङ वाक नगर्ने । किनकि यसबेला प्रदूषणस्तर बढी हुने र स्ट्रोक हुने सम्भावना बढी हुन्छ । त्यस्तै गर्नै परेमा मास्क लगाएर मात्र गर्न सकिन्छ।
(न्युरो सर्जन डा. शाह भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार, आरोग्य मल्टिस्पेसयालिटी अस्पताल भक्तपुर र काठमाडौंको नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।)