आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

HNN Staff by HNN Staff
January 25, 2026
in Articles
A A
0
Antibiotics-care-children-dr-sandeep-kc
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. सन्दिप के.सी.
बालरोग विभाग, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ

नमस्कार। म डा. सन्दिप के.सी. धौलागिरी प्रादेशिक अस्पताल बागलुङको बालरोग विभागमा विगत २ वर्षदेखि मेडिकल अधिकृतको रूपमा सेवा गर्दै आएको छु। दैनिक उपचारका क्रममा हामीलाई बारम्बार एकै प्रकारका समस्याको सामना गर्नुपर्दछ — त्यो हो बालबालिकामा चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (Antibiotic) र स्टेरोइडको (Steroids) अनियन्त्रित प्रयोग।

यो समस्या अब एउटा परिवार, गाउँ वा शहरको मात्र समस्या होइन — यो हाम्रो देशकै सार्वजनिक स्वास्थ्यको लागि खतरा बन्दै गएको छ।

अभिभावकहरूको साझा कथा

म बागलुङकै स्थानीय डाक्टर भएको नाताले पनि होला, ओ.पि.डि. बाहेक पनि बाहिर सल्लाहको लागि हरेक दिन अभिभावकहरू आफ्ना नानीबाबुलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै प्रत्यक्ष वा फोन/म्यासेजमा सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एक समान पृष्ठभूमि हुन्छ:

“डाक्टर साहेब, हामीले पहिले नै फलानो फार्मेसीबाट/पसलबाट औषधि खुवाएका छौं, तर काम भएन।”

“हजुरले केही महिना अघि चलाएको औषधि घरमा रहेको थियो, सोही औषधीले विचार गरेको, अहिले आफ्नो बच्चालाई निको नै भएन।”

Antibiotics resistance misuse

किन हुन्छ यस्तो?

यसका कारणहरू बुझ्न सजिलो छ: ओ.पी.डी.मा लामो लाइन र ढिलाइ हुने, छिटो र सजिलो उपचारको चाहना, बागलुङको ग्रामीण भेगको जीप/बसहरू छिटो छुट्ने र घर पुग्न अबेर हुने, अघिल्लो पटक “यही औषधीले ठिक गरेको” भन्ने विश्वास, र बजारमा अरू थप काम भएको हुँदा देखाउन नभ्याउने।

तर म सधैं दोहर्‍याउँछु — “सजिलो र छिटो” उपचारको चाहनाले हामी भोलि ठूलो स्वास्थ्य संकटतर्फ लाग्दैछौं।

भाइरल संक्रमणमा एन्टिबायोटिक किन बेकार?

मुख्य कुरा यो बुझ्नु जरुरी छ कि ६०-७०% बालबालिकाको ज्वरो र खोकीको कारण भाइरल हुन्छ जसमा एन्टिबायोटिकले कुनै काम गर्दैन। तर बिना जाँच नै एजिथ्रोमाइसिन, सेफिक्सिम, एमोक्सिसिलिन लगायतका विभिन्न एन्टिबायोटिक लिइएको पाइन्छ।

भाइरल इन्फेक्सनमा एन्टिबायोटिक खानु भनेको पूर्व जान हिँडेको मान्छे पश्चिमको बसमा चढे जस्तै हैन र?

अनावश्यक एन्टिबायोटिकका खतराहरू

अनावश्यक एन्टिबायोटिक सेवनले पखाला, बान्ता, पेट दुखाइ गर्छ। शरीरमा हुने राम्रो ब्याक्टेरिया नष्ट गर्छ। रोग भित्रभित्रै लुकाउँछ (Masked infection)। सबैभन्दा गम्भीर कुरा त एन्टिबायोटिक प्रतिरोध (Antibiotic Resistance) बढाउँछ जसले निकट भविष्यमा एन्टिबायोटिक आवश्यक परेको खण्डमा कामै नगर्ने हुन सक्छ।

साधारण भाषामा भन्नुपर्दा — आज अनावश्यक रूपमा खाइएको एन्टिबायोटिकले भोलि साँच्चै जीवन बचाउन आवश्यक पर्दा काम नै नगर्न सक्छ।

स्टेरोइड मिसिएको औषधि: थप चिन्ताजनक

यति मात्र नभएर केही केसमा त अझ चिन्ताजनक अवस्था देख्छु। अभिभावकले फार्मेसीबाट ल्याएको “ज्वरो-खोकीको औषधि”मा डेक्सामेथासोन/प्रेडनिसोलोन जस्ता स्टेरोइड मिसिएका हुन्छन्।

यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर बनाउँछ, संक्रमण भित्रभित्रै बढ्दै जाने हुन्छ, र भविष्यमा क्षयरोग, निमोनिया जस्ता रोग लुक्ने खतरा हुन्छ।

फार्मासिस्टहरूको भूमिका

यहाँ म एकदम स्पष्ट पार्न चाहन्छु। हाम्रो जस्तो हिमाली, दुर्गम जिल्लामा फार्मेसी र फार्मासिस्टहरू स्वास्थ्य सेवाको आधारस्तम्भ हुन्। दशकौंदेखि उहाँहरूले सामुदायिक स्वास्थ्यको सेवा गर्दै आउनुभएको छ। डाक्टर नपुगेको ठाउँमा उहाँहरू नै पहिलो सहारा हुनुहुन्छ। यो सेवालाई म व्यक्तिगत रूपमा राम्रो दृष्टिले नै हेर्छु र सम्मान गर्छु।

तर, जस्तै हरेक क्षेत्रमा अपवादहरू हुन्छन्, यहाँ पनि केही अपवादहरू छन्। केही फार्मेसीहरूमा यी गलत अभ्यासहरू देखिन्छन्: चिकित्सकीय जाँच बिना एन्टिबायोटिक/स्टेरोइड दिने, अभिभावकको दबाबमा परेर आवश्यकताभन्दा बढी डोजका औषधि प्रदान गर्ने, “पहिले खाएको” भनेर नै त्यही दवाइ फेरि थपिदिने, र चिकित्सकको सिफारिश नभएको औषधी समेत थप दिने।

यी कुराहरू सम्पूर्ण फार्मासिस्ट समुदायमाथि दोष लगाउने होइन, तर यी गलत अभ्यास गर्ने केही व्यक्तिहरूले सम्पूर्ण पेशाको मानसम्मानमाथि नै प्रश्नचिन्ह उब्जाएको छ। हामी अब सजग रहनुपर्छ।

Post-Antibiotic Era: भविष्यको खतरा

यदि हामी आज सचेत भएनौं भने हामी बिस्तारै Post-Antibiotic Era (एन्टिबायोटिक पछिको युग) तिर लाग्दैछौं, जहाँ सानो संक्रमणले पनि ज्यान लिन सक्ने अवस्था आउन सक्छ।

सर्वप्रथम त यो दायित्व कुनै निश्चित व्यक्ति/फर्म/संस्था नभनेर हामी सबैको हो भनेर मनन गर्नुछ।

अभिभावकहरूका लागि सुझाव

सुरुमै ज्वरो आयो भने डराउनु हुँदैन। सरकारी अस्पतालमा प्यारासिटामोल निशुल्क हुने हुँदा घरमा राख्ने र आवश्यक सल्लाह अनुरूप प्रयोग गर्ने। धेरै तरल पदार्थ पिउने र आराम गर्ने। फार्मेसीमा गएर आफै एन्टिबायोटिक माग नगर्नुहोस्। २-३ दिनभन्दा बढी ज्वरो रहेमा अस्पतालमा नै चिकित्सकलाई देखाउनुहोस्।

सम्मानित फार्मासिस्ट साथीहरूलाई अनुरोध

हामी साथी हौं, विपक्षी होइनौं। बालबालिकाको स्वास्थ्यसँग जोखिम नलिनुहोस्। शंकास्पद केसहरू डाक्टरकहाँ नै पठाउनुहोस्। बिना सिफारिश एन्टिबायोटिक र स्टेरोइड बिरामीलाई प्रदान नगर्नुहोस्। तपाईँहरूको सेवाले सम्पूर्ण समुदायको विश्वास कायम रहोस्।

स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूलाई

औषधि व्यवस्था विभागद्वारा नियमित अनुगमन गर्नुपर्छ। नीति कार्यान्वयनमा पारदर्शिता ल्याउनुपर्छ। जनचेतना कार्यक्रमहरू सघन रूपमा सञ्चालन गर्नुपर्छ।

सामूहिक जिम्मेवारी

बागलुङका साना बालबालिकाहरूको भविष्य तपाईं-हामी सबैको हातमा छ। फार्मासिस्ट, स्वास्थ्यकर्मी/चिकित्सक र अभिभावक — सबैको सहकार्य नै यसको समाधान हो। हामी एक अर्काको विरोधी होइन। हामी आजैदेखि सचेत भएर बालबालिकाको भविष्य स्वस्थ र सुरक्षित बनाऔं।

धन्यवाद।

डा. सन्दिप के.सी.
बालरोग विभाग
धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ


डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue

Tags: AntibioticsChild HealthDhaulagiri hospital
Previous Post

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

Related articles

NHPC Act 2053 Amendment Suraj Sah
Articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

2 weeks ago
1.6k
ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

2 months ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

4 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

8 months ago
1.7k
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

8 months ago
1.7k

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...