आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

Nam Raj Bhatta by Nam Raj Bhatta
August 13, 2023
in Weight Loss
A A
0
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडाैं, २८ साउन २०८०

शहरी वातावरणमा स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । शहर बजार तीर अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाकमा हिड्ने प्रचलन फेसन जस्तै भएको छ ।

गाउँमा घाँस दाउरा गर्दा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन धेरै बढेको छ । शारीरिक व्यायाम तथा याेगाले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ ।

शहरका हरेक स्थानमा व्यायामशाला भए पनि शुल्कका कारण सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि खुला चाैरमा दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । खानपानका कारण अस्वभाविक रुपले बढेको शरीरको तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिनेहरुको स‌ंख्या दिनानुदिन बढीरहेको छ ।

स्वास्थ्यका लागि धेरैले दौडिन चाहन्छन् । तर उनीहरुले दौडिंदा अपनाउनुपर्ने सावधानी नअपनाउँदा कहिलेकाही समस्या हुने गर्छ । जसका कारण शरीरका साथै मांसपेशी दुख्ने, खुट्टा दुख्ने, हड्डी तथा जोर्नीहरु दुख्ने र मांसपेशीमा समस्या आउने सम्भावना हुन्छ । तल दिइएका तरिकाहरु अपनाउनु भयाे भने यस्ता समस्याहरुबाट बच्न सकिन्छ ।

वार्मअप गर्ने: बिहान वा बेलुका दौडिने बानी छ भने वार्मअप गरेर मात्रै दौडिनुपर्छ । सिधै दौडिंदा मांसपेशीमा समस्या आउन सक्छ । वार्मअप विना दौडिंदा खुट्टा दुख्न सक्छन् भने मांसपेशीमा ऐठन हुन सक्छ । शरीर दौडिन तयार भएपछि मात्रै दौडिनु उपयुक्त हुन्छ । दौडिनका लागि वार्मअपका साथै आफू पनि मानसिक रुपमा तयार हुनुपर्छ ।

केही मात्रामा कार्ब्स खाने: अधिकांश सर्वसाधारणको दौडिनु पूर्व केही नखाएरै दौडिने बानी हुन्छ । तौल घटाउन लागेकाले झन् खाएर दौडियो भने तौल घट्दैन भन्ने सोच्छन् । तर त्यस्तो होइन । दौडिनुभन्दा पहिला केही खानेकुरा खाएमा त्यसले शरीरलाई वार्मअप गर्न र दौडिन ऊर्जा दिन्छ । जसले हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । यदि दौडका साथै मांसपेशी बढाउने चाहना छ भने व्यायाम गर्नु र दौडिनुभन्दा पहिले केही मात्रामा काब्र्स खानु शरीरका लागि फाइदाजनक मानिन्छ । यसले मांसपेशीलाई मजबुत बनाउने काम गर्छ ।

शरीरलाई सिधा राख्ने: दौडिंदा शरीरलाई सही तरिकाले राख्नुपर्छ वा सिधा राख्नुपर्छ । दौडिंदा हामीले मेरुदण्ड र हड्डीलाई सिधा राख्नुपर्छ । दौडिंदा टाउको नझुकाउने, छातीलाई सही आकारमा राख्ने, तीव्र गतिमा दौडिंदा ध्यान पुर्‍याउनुपर्छ । शरीरका लागि सिधा दौडिनुपर्छ ।

दौडिंदा बीचमा वाक गर्ने: दौडिंदा बीचबीचमा ब्रेक लिन पनि सकिन्छ । यसका लागि बीचमा बिस्तारै हिंडेर पनि अगाडि बढ्न सकिन्छ । पहिलोपटक दौडिनेहरुका लागि यो निकै उपयोगी हुन्छ । यसो गर्दा थकान कम लाग्नुका साथै सास फुल्नबाट बच्न सकिन्छ । बीचमा ब्रेक लिंदा शरीरलाई तनाव कम हुने र दौडिने शक्ति कायम रहिरहन्छ ।

बेलाबेला पानी पिउने: दौडिंदा शरीरमा पसिना निस्किन्छ, यस्तोमा शरीरमा पानीको कमी हुन्छ । शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीको अभाव भएमा डिहाइड्रेसनको समस्या हुन्छ । दौडिंदा बेलाबेला थोरै मात्रामा पानी पिइरहनुपर्छ । पानी खाएर दौडिन वा दौडिंदा पानी खान नसक्ने भए दौडिसकेपछि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ।

Tags: Corona Virus #Covid19Earling MorningMorning Walk
Nisarga hospital Dhangadhi
Previous Post

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

Next Post

नेपाल डेन्टल एसोसिएसनको मोरङ अध्यक्षमा डा. पवन मेहता निर्वाचित

Related articles

बर्दिया अस्पतालमा १२ सय ग्रामको बच्चा एक महिनाको उपचारपछि डिस्चार्ज
News

बर्दिया अस्पतालमा १२ सय ग्रामको बच्चा एक महिनाको उपचारपछि डिस्चार्ज

3 years ago
790
Fiber in healthy diet
Nutrition

Benefits of fiber in our food #HealthyDiet

3 years ago
807
Weight loss measure
Weight Loss

तौल घटाउने ८ टिप्सहरु जानी राखौं

4 years ago
898
तौल घटाउन पानी पिउनुपर्ने तरिका
Weight Loss

तौल घटाउन पानी पिउनुपर्ने तरिका

5 years ago
1.4k
fashion1
Weight Loss

How To Lose 10 Pounds Even If You Hate Vegetables

5 years ago
837
travel3
Fitness

A Trainer Answers: What’s the Best Workout For Losing Weight?

5 years ago
801
Next Post
नेपाल डेन्टल एसोसिएसनको मोरङ अध्यक्षमा डा. पवन मेहता निर्वाचित

नेपाल डेन्टल एसोसिएसनको मोरङ अध्यक्षमा डा. पवन मेहता निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.