Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

HNN Staff by HNN Staff
August 12, 2023
in Health
Reading Time: 2 mins read
A A
1
थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth
638
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

घॅाटीको अगाडी भागमा हुने थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनमा कमी वा बढी भयो भने थाइराइडको समस्या भएको भनिन्छ। यसको काम शरीरको क्रियाकलापलाई (Metabolism) नियन्त्रण गर्नु हो। संसारमा १०% भन्दा बढी बयस्कहरूमा थाइराइडको समस्या रहेको जनाइन्छ। थाइराइडको समस्या नेपालमा उच्च जनस्वास्थ सरोकारको विषय हो।

पहिले आयोडिनको कमिले हुने थाइराइडको समस्या हिमाली र पहाडी भागमा उच्च रहेको थियो। अहिले यो समस्या ‌आत्म प्रतिरोधात्मक प्रणालीमा (autoimmune system) हुने गडबडिले गर्दा हुन्छ र २० देखि ४०बर्षका महिलाहरूमा बढी देखिन्छ। यो समस्या १५ देखि २० प्रतिशत वयस्क नेपालीहरूमा भएको अनुमान गरिएको छ। त्यसमध्ये कमि हुने समस्या लगभग (हाइपोथारोइडिजम) १३% मा र बढी हुने समस्या (हाइपरथाइरोइडिजम) ४-५% मानिसहरूलाई देखिन्छ।। यसले मुटु र रक्तनलीहरूको रोगले (cardiovascular diseases) हुने मृत्युदरलाई २० देखि ८०% बढाउने गरेको छ।

जोखिम समूहहरू

  1. पारिबारीक पृष्ठभूमि भएका मानिसहरू
  2. महिलाहरू : पुरूषभन्दा ५ देखि ८ गुणा बढी
  3. बयस्क र बृद्दअबस्था
  4. गोरा जातीका मानिसहरू
  5. अन्य अटोइम्युन रोग भएका मानिसहरू जस्तै: टाइप १ मधमेह, बाथरोग, दुबी, पर्निसियस एनिमिया इत्यादी
  6. अत्याधिक आयोडिनयुक्त खाना वा औषधि प्रयोग गरेमा
  7. गलगॅाड भएका मानिसहरू

यसको कारणले मुटु र रक्तनलीहरूमा (cardiovascular) हुने समस्याहरू

  1. उच्च रक्तचाप
  2. उच्च कोलेस्ट्रोल
  3. मुटु मांशपेशीमा कमजोरी ( मुटु फेल गराउने)
  4. मुटुको चालमा गडबडी जस्तै: अतिरिक्त धडकन, अनियमित र अनियन्त्रित चाल ( Atrial Fibrillation)
  5. रक्तनलीहरुको  भित्री तहमा हुने क्षती
  6. मुटुको बाहिरी झिल्लीमा पानी जम्ने

हाइपोथाइरोइडिजम (थाइरोइड हर्मोन कम हुने समस्या) र मुटुरोग

  1. यसले रक्तनलीको लचकतालाई कम गरेर कडा बनाउने र रक्तचाप बढाउने काम गर्छ।
  2. मुटुको खुम्चने र फुल्ने क्षमतामा कमी ल्याउॅछ ।
  3. मांशपेशी कमजोर हुन गई मुटु फेल हुने समस्या बढाउॅछ।
  4. शरिरमा कोलेस्ट्रोल मात्रा बढाउने र रक्तनलीको भित्री तहमा क्षती हुन गई चिल्लो पदार्थ जम्ने ( आथेरोस्क्लेरोसिस) र हार्ट अट्याकको समस्या बढने गर्छ।

हाइपरथाइरोइडिजम (थाइराइड हर्मोन बढी हुने समस्या) र मुटुरोग

थाइरोइड हर्मोन बढी भएमा शरिरमा मेटाबोलिज्म बढ्छ र फलस्वरूप मुटुमा भार पर्ने, बिस्तारै मुटुको कोठाहरू फुल्ने, मांशपेशी कमजोर हुने र मुटु फेल हुने समस्या बढ्छ। त्यस्तै फोक्सोको रक्तनलीहरूमा चाप बढ्न जाने (pulmonary hypertension) र स्वॅास्वॅा बढ्दै जाने हुन्छ।

मुटुको चाल बढ्ने, अनियमित र अनियन्त्रित (एट्रियल फिब्रिलेसन) हुन गई मुटुको माथिल्लो देब्रे कोठामा रगतको ढिक्का जम्ने र मस्तिस्कमा गई प्यारालाइसिसको संभाबना बढाउॅछ। बिश्राम अवस्थामा पनि मुटु ढुकढुक हुने, शरिर हल्लिएको महसुस हुने, पसिना आइरहने समस्या हुन्छ। यसले शरिरमा रगतलाई जमाउने तत्वहरूको उत्पादन बढाएर मुटुमा रगतको ढिक्का बन्ने संभाबना बढाउॅछ।

मुटुको चालको गडबडीमा प्रयोग हुने औषधी एमियोड्यारोन र थाइरोइडको समस्या

एमियोड्यारोन मुटुको एरिद्मियाको (अत्यधिक मुटुको चाल बढने) समस्यामा प्रयोग हुने औषधि हो। धेरै प्रभाबकारी भएकोले सामान्यतया यस्को प्रयोग संसारभर गरिन्छ। एमियोड्यारोन मा हुने अत्याधिक आयोडिनले गर्दा १५ देखि २० % मानिसहरूमा थाइरोइडको समस्या देखिन्छ। यसको कारण थाइरोइड हर्मोन कम हुने वा थाइराइड हर्मोन बढी हुने दुबै समस्या हुन सक्छ।यसको समाधान भनेको यो औषधिको प्रयोगलाई बन्द गर्ने र थाइरोइडको समस्या अनुसार औषधि सेबन गर्नु हो।

Tags: Dr. Sahadeb DhunganaHeart HealthThyroid
SummarizeShare285ScanTweet147

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    838 shares
    Share 335 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    681 shares
    Share 293 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,
  • ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.