आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

यी १५ देशका जनताले खानपानमा सबैभन्दा धेरै समय बिताउँछन्। #Eatingtime

फ्रान्सको खानपान लामो समयदेखि स्वस्थ खानपानको रुपमा रहेको छ । फ्रान्सेली जनताहरुले हरेक दिन खानपिनमा औषतमा २ घण्टा १३ मिनेट समय बिताउँदछन् ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 17, 2020
in Nutrition
A A
1
Good diabetes food

Good diabetes food

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०२ पौष २०७७

डिसेम्बर महिनामा पश्चिमा मुलुकहरुमा सबैभन्दा धेरै भोज, पार्टी तथा खानपिनको माहौल हुन्छ । भलै कोरोना महामारीका कारण यो वर्ष पहिलेका वर्षहरुमा जस्तो पार्टीहरु नहोलान् तर मानिसहरु आफ्नै घरभित्र मस्त खानपान गर्न छाड्दैनन् ।

खानपिनको यो मामिलामा संसारको कुन देश सबैभन्दा अगाडि होला ? पछिल्लो एक तथ्यांकले युरोपेली मुलुक फ्रान्स खानपिनमा सबैभन्दा धेरै समय बिताउने मुलुक बनेको छ ।

हालै आर्थिक सहयोग तथा विकास संगठन ओईसीडीले संसारका विभिन्न देशका मानिसहरुको प्रवृत्ति तथा जिवनशैलीसँग सम्बन्धित आँकडाहरु पेस गरेको छ ।

ती आँकडाहरुका अनुसार फ्रान्सको खानपान लामो समयदेखि स्वस्थ खानपानको रुपमा रहेको छ । फ्रान्सेली जनताहरुले हरेक दिन खानपिनमा औषतमा २ घण्टा १३ मिनेट समय बिताउँदछन् ।

फ्रान्सेलीहरु सन्तुलित.  भोजन गर्दछन्, जसमा हरिया सागपात तथा फलफूलसँगै गोलभेँडा, ओलिभ जस्ता चिजहरु निकै खान्छन् । आमरुपमा फ्रान्समा परिवारका हरेक सदस्यहरुको अलग अलग प्रकारको खानेकुरा हुन्छ, जसले उनीहरुको शारीरिक तथा मानसिक आवश्यकतालाई ध्यानमा राखेर बनाइन्छ ।

खानपिनमा धेरै समय बिताउने मुलुकको दोश्रो नम्बरमा अर्को युरोपेली मुलुक इटाली परेको छ । फ्रान्समा वर्षभरी नै कुनै न कुनै किसिमका खाना महोत्सव चलेकै हुन्छन् । इटालियनहरु औसतमा हरेक दिन खाना खानका लागि २ घण्टा ७ मिनेट समय बिताउँछन् ।

खानपिनमा धेरै समय बिताउनेहरुमा स्पेनिसहरु तेश्रो नम्बरमा छन् । उसो त स्पेनिसहरुले खानालाई ईश्वरको बरदान नै मान्दछन् । खानेकुरा फ्याँक्ने मामिलामा स्पेनिसहरु निकै संवेदनशील छन् र सितिमिति खानेकुरा फ्याल्दैनन् पनि । स्पेनिसहरु हरेक दिन खानपिनमा २ घण्टा ६ मिनेट बिताउँछन् ।

चौथो नम्बरमा दक्षिण कोरिया रहेको छ । कोरियालीहरु दिनमा पौने २ घण्टा खानपिनमा बिताउने गरेका छन् ।

यो सूचीको पाँचौँ नम्बरमा छिमेकी मुलुक चीन रहेको छ । चिनियाँहरु खानपिनका लागि औसतमा हरेक दिन १ घण्टा ४० मिनेट बिताउँछन् ।

खानपिनमा धेरै समय बिताउनेहरुको सूचीमा जर्मनहरु छैटौँ स्थानमा पर्दछन् । जर्मनहरुले दिनहुँ खानपिनमा औसतमा १ घण्टा ३५ मिनेट खर्चिन्छन् ।

सातौँ स्थानमा जापानिजहरु छन् । अरु विकसित देशभन्दा फरक जापानीहरुको खानपिनको विशेषता के छ भने उनीहरुको भोजन अत्यन्तै स्वस्थकर हुन्छ र बाहिरको खानेकुरा कम खान्छन्, अर्थात् घरमै पकाएर/बनाएर खान्छन् । हरेक जापानीले खानपिनका लागि दिनहुँ औसतमा १ घण्टा ३३ मिनेटको समय खर्चिने गरेका छन् ।

खाना खानका लागि दिनहुँ १ घण्टा २९ मिनेट छुट्टाउने अस्ट्रेलियनहरु यो सूचीमा आठौँ नम्बरमा रहेका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतका मानिसहरु खानपिनमा धेरै समय बिताउनेहरुको सूचीमा नबौँ नम्बरमा छन् । भारतीयहरु औसतमा दिनहुँ खानपिनका लागि १ घण्टा २४ मिनेट खर्च गर्दछन् ।

१०औँ नम्बरमा १ घण्टा २९ मिनेटसहित बेलायतीहरु छन् भने ११औँ नम्बरमा मेक्सिकोका मानिसहरु रहेका छन् । मेक्सिकनहरुले खानपिनका लागि दिनहुँ १ घण्टा १६ मिनेट खर्चिन्छन् ।

स्विडिसहरु १ घण्टा १४ मिनेटसहित १२औँ स्थानमा रहँदा दक्षिण अफ्रिकीहरु १ घण्टा १२ मिनेटसहित १३औँ स्थानमा रहेका छन् ।

खानपिनका लागि सबैभन्दा धेरै समय खर्चिने जनता रहेका मुलुकहरुको सूचीमा क्यानडा १४ औँ स्थानमा रहेको छ । हरेक क्यानडालीले खानपिनमा दिनहुँ १ घण्टा ५ मिनट छुट्टाउँदछन् ।

उता अमेरिका चाहिँ यो सूचीमा पन्ध्रौँ स्थानमा परेको छ । तथ्यांकअनुसार अमेरिकीहरुले खानपिनका लागि हरेक दिन औसतमा १ घण्टा २ मिनेट समय बिताउँदछन् ।

Tags: Cold seasonCorona Virus #Covid19Countrynutrition
Nisarga hospital Dhangadhi
Previous Post

पिसिआरको शुल्क बढि लिने दुई अस्पताल कारबाहीमा‌ #pcr-test

Next Post

भक्तपुर क्यान्सर अस्पताल बिकास समिति गठन , अध्यक्ष र दुई सदस्य नियुक्त #bhaktapurhospital

Related articles

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

6 months ago
924
तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने
News

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

12 months ago
785
दसैँमा सागसब्जी कम, माछा बढी खपत
Nutrition

दसैँमा सागसब्जी कम, माछा बढी खपत

2 years ago
805
जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ
Nutrition

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

2 years ago
821
स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी
Nutrition

स्वास्थ्यमन्त्री पदम गिरी पदबाट ४२ दिनपछि बाहिरिए

2 years ago
778
Nepali Khana Thaali Set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

2 years ago
828
Next Post
भक्तपुर क्यान्सर अस्पताल बिकास समिति गठन , अध्यक्ष र दुई सदस्य नियुक्त #bhaktapurhospital

भक्तपुर क्यान्सर अस्पताल बिकास समिति गठन , अध्यक्ष र दुई सदस्य नियुक्त #bhaktapurhospital

Comments 1

  1. Pingback: जनता ठूलो कि सत्ता ? • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.