10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food

HNN Staff by HNN Staff
November 5, 2020
in Health, Nutrition
Reading Time: 2 mins read
A A
3
Food per diseases healthy foods

Food per diseases healthy foods

682
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो कुरा अझ त्यसबेला महत्वपूर्ण हुन्छ, जतिबेला हामीलाई कुनै न कुनै रोगले च्यापिसकेको हुन्छ ।

जस्तो उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम । यस्तो अवस्थामा कस्तो खानपान उचित र कस्तो खानपान अनुचित हुन्छ ? जान्नुपर्छ ।

कब्जियतको समस्यामा

के खाने ?
फाइबरयुक्त सागसब्जी सेवन गर्ने । सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ ।

मौसमी फलफूल खाने । आलुबखडामा फाइबर धेरै हुने भएकोले कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।

किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ । ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।

के नखाने ?

अत्याधिक मासुजन्य परिकार, चिल्लोचाप्लो, तारेको, दुधजन्य परिकार, वोसो बढी भएको खानेकुरा, प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा खान उचित हुँदैन । कालो दाल, भन्टा, मुसुरो लगायत धेरै चिसो खानेकुरा खानु हुँदैन ।


उच्च रक्तचापमा

के खाने ?

लौकाको जुस, ताजा फलफूल, सागसब्जी, मकै, ग्रीन टि सेवन गर्ने । संभव भएसम्म शाकाहारी भोजन अपनाउने । कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुपर्छ ।

के नखाने ?

खानामा सोडियमको मात्रा घटाउने । प्रशोधित खानेकुरा, रातो मासु, मदिराजन्य पेय नियन्त्रण गर्नुपर्छ । त्यसैगरी कफी, चिया पनि कम पिउनुपर्छ । उच्च रक्तचापमा चुरोट अरु बढी हानिकारक हुन्छ । त्यसैले धुमपान त्याग्नुपर्छ ।

http://4.188.83.218/static/3592.jpghealth/health-benefits-fish/


मधुमेह

के खाने ?

–हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग खानुपर्छ । प्रोटिन तथा फाइबरयुक्त खानेकुरा । फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा र सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रा उपयुक्त हुन्छ । कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।

के नखाने ?

गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा उचित हुँदैन । मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने । तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा । आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।


आस्थमा

के खाने ?

कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा खाने । चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल खाने । प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी उचित हुन्छ । भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।

के नखाने ?

तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना उचित हुँदैन । दुधजन्य उत्पादन तथा अमिलो र चिसो खानेकुरा खानु हुँदैन । केरा, पाकेको चुकन्दर, कटर पनि लाभदायक हुँदैन ।


पखलामा

के खाने ?

केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा उचित हुन्छ । यसैगरी काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा लाभदायक हुन्छ । मेवा, अनार लगायतका फलले फाइदा गर्छ । नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूसका साथै दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।

के नखाने ?

आलू, इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार, तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा उचित हुँदैन ।


रुघाखोकी

के खाने ?

स्याउ, मेवा, अंजीर, अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा लाभदायक हुन्छ । यसैगरी पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम, शलगम , गाँजर लगायतका सागसब्जीले फाइदा गर्छ ।

के नखाने ?

दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने । तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता , नुडल्स नखाने ।

http://4.188.83.218/static/3592.jpghealth/diabetes-patient-meal/

Tags: Diet TipsFeaturedJunk foodPublic Health
SummarizeShare330ScanTweet147

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
November 13, 2025
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
November 27, 2024
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.