काठमाडौं, २६ चैत्र २०७७
नयाँ वर्ष २०७८ बैशाख ६ र ७ गते देशभर १ देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खूवाइने भएको छ।
६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा खुवाइने पनि स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका अनुसार कोरोना संक्रमणको जोखिम रहेकाले बालबालिकाको पाखुराको मध्य भागको परिधिको नाप भने यसपटक लिइने छैन । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड परिपालन गर्दै कार्यक्रम सञ्चालन गर्न विभागले सबै प्रदेशलाई पत्रचार गरिसकेको छ ।
भिटामिन ‘ए’ खुवाउने केन्द्रमा प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न सबै स्थानीय तहलाई विभागले निर्देशन दिएको छ ।
Comments 1