आज मिति : २०८० आश्विन ९
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

भेटेरिनरी अस्पताल खुलाउन सर्वोच्चमा रिट

HNN Staff by HNN Staff
May 12, 2020
in News
A A
0
भेटेरिनरी अस्पताल खुलाउन सर्वोच्चमा रिट
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 काठमाडौं ,३० बैशाख 

कोभिड १९ रोकथाम तथा नियन्त्रणका क्रममा सरकारले भेटेरिनरी अस्पताल समेत बन्द गरेकोले सो कदमका विरुद्ध नेपाल भेटेरिनरी एशोसिएसनले सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । सरकारले लकडाउनमा सरकारी तथा गैर सरकारी भेटेरिनरी अस्पताल, प्रयोगशालाहरु लगायत भेटेरिनरी सेवालाई अत्यावश्यक सेवा अन्तर्गत नराखेको भन्दै एशोसिएसनका तर्फबाट एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले सर्वोच्च अदालतमा उत्प्रेषण सहित उपयुक्त आदेशको माग गर्दै मुद्दा दायर गरेका हुन । नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले “हामीले सरकारलाई मौखिक अनुरोध गर्यौंथ, लिखित ज्ञापनपत्र पनि बुझायौं, तर सरकारले यस विषयलाई संवेदनशिल तथा गम्भिरतापूर्वक नलिदा आज हामीले कृषक, पशुपन्छी एवम आमउपभोक्तको हक हितका लागि बाध्य भएर न्यायका लागि सर्वोच्चको ढोका ढकढकाउनु परेको हो ।”

नेपाल सरकारले गत चैत्र ११ गतेबाट लकडाउनको घोषणा गरेको छ । लकडाउनका समयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा (१) र (२) ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको छ । भेटेरिनरी अस्पताल, भेटेरिनरी प्रयोगशा, भेटेरिनरी एम्बुलेन्स लगायतका विषय समेतलाई सरकारले सञ्चालनमा रोक लगाएको छ । २४ घण्टा नै आकस्मिक सेवा दिनु पर्नेमा सरकारी भेटेरिनरी अस्पताल समेत सरकारले बन्द गरेको छ ।
यसबाट गम्भिर प्रकृतिका विरामी परेका पशु पन्छीहरुको मर्नुको विकल्प देखिदैन् । यसबाट एकातिर पशुहरुको कल्याणको हनन् हुन्छ भने अर्को तर्फ कृषकले ठूलो धनराशी गुमाउनु परेको छ । हाल पशुहरु ब्याउन नसक्ने, हाड भाचिएका लगायतका रोगब्यधीको समेत उपचारबाट बञ्चित भएको पाइन्छ ।

यस अघि नै बि.सं. २०७० मै नेपाल सरकारबाट माननीय काशिराज दाहालज्यूको संयोजकत्वमा गठित उच्च स्तरिय प्रशासन सुधार सुझाव समितिले पशु स्वास्थ्य सेवालाई अत्यावश्यक सेवामा राख्न सुझाव दिएको थियो ।
नेपाल समेत पक्ष राष्ट्र रहेको विश्व पशु स्वास्थ्य संगठनले समेत कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरुले लकडाउनको घोषणा गरेको सन्दर्भमा भेटेरिनरी सेवालाई आवश्यक सेवामा राखी कार्य गर्न सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुक भारत लगायत थुप्रै देशहरुले समेत भेटेरिनरी सेवालाई आवश्यक सेवामा राखी सेवा सञ्चालन गरिराखेको पाइन्छ ।

यस सार्वजनिक सरोकारको विषयले आम नागरिकको खाद्य अधिकार, उपभोक्ता हक लगायत संवैधानिक हकहरुको समेत संरक्षण गर्ने दाबी नेपाल भेटेरिनरी एशोसिएसनको रहेको छ ।
मंगलबार एशोसिएसनका तर्फबाट विद्धान अधिवक्ताहरु श्री टिकाराम भट्टराई, श्री रमेश बडाल श्री मुकुन्द अधिकारी श्री अम्मबर बहादुर राउत श्री कमल कोइराला श्री महेश्वर श्रेष्ठ श्री विष्णुप्रसाद तिवारी श्री सन्तोष भण्डारी र श्री लक्ष्मी (नानी) थापा समेतले सर्वोच्चमा बहश गर्नु भएको थियो । माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठज्यूको एकल इजलाशले विपक्षी सरकारलाई यही जेष्ठ ५ गते अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न झिकाएको छ ।

Tags: Veterinary
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा पहिलो पटक २ पत्रकार र १ नर्समा कोरोना संक्रमण #Covid19

Next Post

काठमाडौं,भक्तपुर र अन्य जिल्ला गरि थप २६ जनामा कोरोनाको पुष्टि, सन्क्रमितको संख्या २१७ पुग्यो #Covid19

Related articles

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

10 hours ago
779
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

1 day ago
846
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

2 days ago
918
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

3 days ago
825
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

4 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

5 days ago
1k
Next Post
Dr. Samir kumar adhikari

काठमाडौं,भक्तपुर र अन्य जिल्ला गरि थप २६ जनामा कोरोनाको पुष्टि, सन्क्रमितको संख्या २१७ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,133)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In