आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या

Nam Raj Bhatta by Nam Raj Bhatta
June 2, 2022
in News
A A
0
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली, १९ जेठ २०७९

टीकापुर अस्पतालमा क्षयरोगका बिरामी उपचार गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ ।

चिकित्सकका अनुसार खकार परीक्षण गर्दा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामी निदानमा समस्या हुने भएकाले जिन एक्सपर्ट गर्नुपर्ने हुन्छ ।

मेसिन बिग्रिएपछि यहाँका क्षयरोग शङ्का लागेको बिरामीलाई अस्पतालले धनगढी वा नेपालगञ्ज पठाउने गरेको टीकापुर अस्पतालका क्षय कुष्ठरोग सहायक रामप्रसाद ज्ञवालीले बताउनु भयो । ‘‘मेसिन बिग्रिएको छ । मेसिन मर्मतका लागि मानिस बोलाएका छौँ, तर अझै भएको छैन’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै यहाँ छाती रोग विशेषज्ञ नभएका कारण पनि क्षयरोगका केही बिरामीलाई उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता छ ।’’

क्षय कुष्ठरोग सहायक ज्ञवाली मेसिन बिग्रिएका कारण उपचारमा आउने ५० प्रतिशत बिरामीले रोग निदानका लागि टीकापुर बाहिर जानुपरेको बताउनुभयो ।

औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको यहाँ उपचार त हुन्छ तर निदानमै समस्या छ । टीकापुरमा गत वर्ष ११९ जना क्षयरोगका बिरामी उपचारमा आएका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म ११४ जना उपचार गरिरहेका छन् । टीकापुर नगरपालिकाका क्षयरोग अधिकृत सुस्मिता रावल यसवर्ष क्षयरोगका बिरामीको सङ्ख्या बढ्ने सक्ने बताउनुभयो ।

‘‘हामीले खोजपड्ताल कार्यक्रमसमेत गरिरहेका छौँ, यसका साथै नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विभिन्न गतिविधि भइरहेका छन्’’, उहाँले भन्नुभयो, ‘‘समुदायमा क्षयरोगी छन्, जति उपचारमा आउनुपर्ने थियो त्यति मानिस आएको देखिँदैन । अब हामी सबै मिलेर क्षयरोगी निदानका लागि काम गरेमा सङ्ख्या बढ्छ ।’’

क्षयरोग अधिकृत रावलले कैलालीमा क्षयरोग निदानका लागि ५१ डट्स केन्द्र, ३४ माइक्रोस्कोपी केन्द्र, तीन जिन एक्सपर्ट केन्द्र, दुई डीआर केन्द्र, एक डीआर सब सेन्टर र एक डीआर होम रहेको जानकारी दिनुभयो । ‘‘टीकापुरमा हाल तीन स्थानमा क्षयरोगीको निदानका लागि परीक्षणको व्यवस्था भएको बताउँदै थप तीन स्वास्थ्य संस्थामा परीक्षणका लागि ल्याब स्थापना गरिनेछ’’, उहाँले भन्नुभयो, ‘‘क्षयरोग सरुवा रोग भएकाले लक्षण देखिएकाहरुलाई समयमै उपचारमा लैजानुपर्छ । यो जिम्मेवारी परिवार, छिमेकी सबैको हो ।’’
टीकापुर नगरपालिकाले क्षयरोगी पत्ता लगाउन हरेक वडामा वडास्तरीय सूक्ष्म योजना बनाउन थालेको छ । वडामा रहेका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक, बडघर तथा विभिन्न सङ्घसंस्थालाई जिम्मेवार बनाउन योजना बनाएरै काम थालेका सिनियर अनमी हेमा ज्ञवाली बताउनुहुन्छ ।

‘‘समुदायमा अझै क्षयरोगका बिरामी रहेकाले तिनको निदानका लागि स्वास्थ्यकर्मी मात्रले सम्भव नहुने भएकाले सबैलाई सक्रिय बनाउन योजनासहित काम गर्ने तयारी भएको हो’’, क्षय

कुष्ठरोग सहायक ज्ञवालीले भन्नुभयो, ‘‘अब समुदायमा लक्षण देखिएका बिरामीलाई अस्पताल प्रेषण गर्ने काम समुदायका नागरिकले गर्ने हो ।’’

कैलाली जिल्ला क्षयरोगको जोखिममा रहेको जिल्ला हो । सरकारले यसवर्ष देशभरका २२ जिल्लालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु गरेको छ । कैलालीको टीकापुर क्षयरोगको जोखिममा रहेकाले सुदूरपश्चिमका तीन पालिका त्यसमा टीकापुर पनि छनोटमा परेर अभियान सुरु गरेको छ ।
क्षयरोगको उपचारमा आउनेहरुले नियमित औषधि सेवन नगर्दा पनि क्षयरोग निवारणमा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘‘घरमुलीलाई क्षयरोग भएमा उसको परिवार नै समस्यामा पर्छ । नियमित औषधि सेवन गर्दा उसको रोजीरोटी चल्दैन’’, भन्नुभयो, ‘‘त्यसैले कतिपयले २/३ महिना नियमित औषधि सेवन गर्ने अलि आराम भएपछि रोजगारीका लागि बाहिर जाने गर्नाले रोग निवारणमा समस्या हुन्छ । यो औषधि नियमित सेवन गर्नुपर्छ ।’ (रासस)

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19National tuberculosis centerTikapur hospital kailali
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. बैद्यद्वारा अल्फा हेल्थ केयरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी नि:शुल्क जनचेतनामुलक कार्यक्रम हुँदै

Next Post

५ देखि ११ वर्ष सम्मका बालबालिकालाई असार ९ देखि फाइजर खोप दिइने

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

3 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

6 hours ago
807
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

10 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
Covid vaccine

५ देखि ११ वर्ष सम्मका बालबालिकालाई असार ९ देखि फाइजर खोप दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In