काठमाडौं, २२ श्राबण २०७७
लकडाउनअन्त्यपछि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि सरकारले नयाँ मापदण्डहरु लागु गरेको छ ।
काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि सवारी साधनमा जोर बिजोर लागु हुने भएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको हो ।
यस्तै दुई सयभन्दा बढी कोरोना केस सक्रिय रहेका जिल्लाहरुमा पनि जोर बिजोर नियम लागु हुनेछ । मन्त्रालयका अनुसार जोर बिजोर लागु भएका जिल्लाका सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने पनि निर्णय भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार उपत्यकाबाहेक पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । ती जिल्लामा पनि जोर बिजोर नियम लागु हुनेछ